Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बर्षेनी तीन हजार नयाँ कुष्ठरोगी

[caption id=\"attachment_173224\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

ललितपुर । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी करिब तीन हजार नयाँ बिरामी देखा परिरहेका छन् ।

यस वर्षमात्रै तीन हजार २१५ नयाँ रोगी पत्ता लागेका छन् । संगठनका सदस्य राष्ट्रले कुष्ठरोगी घटाउनुपर्नेमा झनै बढिरहेको छ । सन् २०१० (विसं २०५७ तिर) मा नेपाल सरकारले कुष्ठरोग उन्मूलनको घोषणा गरे पनि नयाँ बिरामीको संख्या बढ्नु चुनौतीको विषय बनेको यस क्षेत्रमा कार्यरत व्यक्ति बताउँछन् । महिला र बालबालिकामा यो रोग बढिरहेको आनन्द वन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । यस वर्ष मात्रै १४ वर्षमुनिका २२० नयाँ बिरामी फेला परेका छन् । उनले भने“रोग लागेर पनि औषधि नखाने व्यक्तिको श्वासबाट यो रोग अर्काेलाई सर्छ ।” बिरामीले चाँडो औषधि शुुरु गर्दा उसको रोग नफैलने र अरुलाई नसर्ने हुन्छ । प्रति १० हजार जनसंख्यामा एक प्रतिशतभन्दा कमलाई रोगको प्रभाव देखिएकाले सरकारले रोग निवारणको घोषणा गरेको थियो । सात वर्ष पहिले प्रति १० हजार जनामा ०.७९ रहेको स्वास्थ्य विभाग, कुष्ठरोग निवारण महाशाखाका रवीन्द्र बाँस्कोटा बताउछन् । यस वर्षको राष्ट्रिय तथ्याङ्क हेर्दा बिरामीको संख्या प्रति दश हजारमा ०.९७ छ । प्रति १० हजारमा एक ननाघेकाले अझै गर्न सकिने भए पनि ढुक्क हुने अवस्था छैन । उनी भन्छन् “संख्या माथि उक्लिरहेकाले ढुक्क हुने अवस्था छैन ।” तराईका बाँके, बर्दिया, नवलपरासीलगायत जिल्लामा कुष्ठरोग प्रभावितहरु बढी पाइएको छ । सबैभन्दा बढी बिरामीको चाप प्रदेश नं २ मा छ । यस प्रदेशमा आव २०७३/७४ मा प्रति दश हजारमा १९.७७ बिरामी थिए । द लेप्रासी मिसन नेपालका निर्देशक शोभाकर कँडेल कुष्ठरोग स्वास्थ्य मात्रै नभएर सामाजिक र आर्थिक समस्या भएको बताउछन् । उनी भन्छन् “यो समस्या समाधानका लागि सबै पक्ष मिलेर लाग्न खाँचो छ ।” नेपालमा कुष्ठरोगको समस्या कम नहुनु नेपालका लागि मात्रै नभएर विश्वका लागि समेत समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले रोग लाग्ने, सर्ने र अंगभंग हुने व्यक्तिको संख्या ‘शून्य’ सहित कुष्ठरोगरहित विश्वको कल्पना गरेको संयोजक पोखरेल बताउछन् । संगठनले कुष्ठरोग लागेका कारण तिरस्कार गरिने कानून हटाउन भनेको छ । नेपालको मुलुकी ऐनको विवाहसम्बन्धी महलमा कुष्ठरोग लागेकामा विवाह गर्न÷गराउन नहुने भनेर राखिएको छ । उनी भन्छन् “यसले गर्दा कुष्ठरोग प्रभावितलाई अन्याय भएको छ ।” माइक्रोब्याक्टेरियम लेप्रे नामक कीटाणुका कारण यो रोग लाग्छ । कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि रोग निरोधक शक्तिले कीटाणु मार्न सकेन भने यो रोग लाग्छ । विभिन्न अध्ययनले कुष्ठरोगका कीटाणु शरीरमा प्रवेश गरेपछि एक प्रतिशतलाई मात्र रोग लाग्छ । बाँकी ९९ प्रतिशत व्यक्तिको शरीरमा भएको रोग निरोधक शक्तिले काम गर्ने अध्ययनमा देखिएको छ । कुष्ठरोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ । कुष्ठरोगको शुरुआती चरणमा उपचार हुँदा क्षति हुँदैन । उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुग्न गएर अंगभंगको अवस्था आउँछ । कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार यो आवमा प्रतिलाखमा ११.२३ बिरामी थप भएका छन् । लेप्रोसी मिसन अस्पतालमा सन् २०१७(विसं २०७३ तिर) मा सात हजार ८०५ बिरामीले उपचार गराए । अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीको संख्या एक हजार ५४० थियो । अन्य संस्थाले ८३ बिरामीलाई विशेष उपचारका लागि आनन्द वन अस्पतालमा सिफारिस गरी पठाएका थिए । अस्पतालले कुष्ठ प्रभावित व्यक्तिको पुनःस्थापना र सन्तानको शिक्षामा समेत सहयोग पु¥याउँदै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies