


वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दै


-
-
माघ १४ गते, २०७४ - १०:५४
काठमाडौं । ६ मुख्यमन्त्री र प्रदेश संसदका सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउन वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएको कार्यदलले प्रदेश सरकारमा कुल सांसद संख्याका १० प्रतिशतमात्र मन्त्री बनाउने सहमति गरिसकेको छ ।
कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरुको बाँडफाँट टुंगो लगाउनुअघि कार्यदलका संयोजक सुवास नेम्वाङ र रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली र प्रचण्डसँग छलफल गरेका थिए । शुक्रवार साँझ ओली निवास बालकोटमा कार्यदलको बि्रफिङ सुनेपछि गोप्य वार्ता गर्ने भन्दै ओली र प्रचण्ड बालकोटबाट अन्यत्रै गएका थिए ।
कार्यदल बैठकमा वामपन्थी गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये माओवादीले २ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख मागेको छ । माओवादीले जसको मुख्यमन्त्री हुन्छ सो प्रदेशको सभामुख अर्को पार्टीको हुनुपर्ने प्रस्ताव गरेको छ । यसमा छलफल हुन बाँकी रहेको नेम्वाङले बताए ।
एमालेले भने सिट संख्याका आधारमा प्रदेशको मुख्यमन्त्री बाँडफाँट गर्ने प्रस्ताव राखेको छ । कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री कुन दलले पाउने भन्ने टुंग्याउन सकस परेको छ ।
माओवादीले प्रदेश नम्बर ६ आफ्नो आधार क्षेत्र भएको र सातैवटा प्रदेशसभामध्ये सबैभन्दा बढी ३३ प्रतिशत जितेकाले सो प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषदमा पनि ६०/४० को अनुपातमा दुवै दलको प्रतिनिधित्व हुनुपर्ने माओवादीको प्रस्ताव छ । यी सबै विषयमा छलफल गरेर सहमतिमा टुंगो लगाइने कार्यदलका संयोजक नेम्वाङले बताए । वाम कार्यदलको बैठक आइतबार बिहान ११ बजे एमाले दलको कार्यालय सिंहदरवारमा बस्ने तयारी भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित
काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै
काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित
काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित
काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने
काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल
भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय
काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...
