


ओमनमा अलपत्र २० नेपालीको अबस्था झनै नाजुक, ११ जनाको जङ्गलमा बास


-
खबरडबली संवाददाता
-
माघ १२ गते, २०७४ - १४:३२
ओमन । वैदेशिक रोजगारीका लागि ओमन पुगि अलपत्र परेका २० नेपालीको अबस्था अत्यन्तै नाजुक बनेको छ ।
काठमाडौको बसुन्धारा चोकमा रहेको होनेस्टी ओभरसिज प्राली बाट ओमनको मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा स्काफफोल्डिङको काम गर्न भनी नोबेम्बर २६ मा गएका उनीहरु अहिले ओमनको राजधानी मस्कटबाट झन्डै १ सय २० किलोमिटर टाढा जङ्गलमा अलपत्र अवस्थामा छन् ।
सुरुमा राखिएको ठाउँमा खानेपानी र सौचालय सम्म भएपनि बुधबार राति १२ बजे कम्पनी मालिकले एक्कसी २० जना मध्य ११ जनालाइ ठाउँ परिबर्तन गरि टाढाको जङ्गलमा भेडा बाख्राको खोर सङ्गै राखिदिए पछी उनिहरु झनै समस्यामा परेको जानकारी जन प्रगतिशील मन्च ओमनका प्रमुख संरक्षक मुन्नाबाबु परियारले दिएका छन ।
राति एक्कासि ठाउँ परिबर्तन गरि मोटरबाटो बाट झन्डै ३ किमि भित्र जङ्गलमा ल्यायो यहा बाट दूतावास जान १ सय २० किमि टाढा रहेछ बाकी ९ जना साथिलाइ पुरानै ठाउँमा राखेको छ ।
कम्पनी मालिकले सबै कागजात र एटीएम कार्ड समेत लिएर गयो यहाँ खाने पानी सौचालय केहि छैन सुत्नको लागि बाख्राको खोर सङ्गै अलिकति खाली ठाउँ रहेछ त्याही सबैजना कोचिएर बसेका छौ पीडिको भनाइ उदृत गर्दै परियारले बताएका छन ।
यस्तै ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले समस्या बारे कम्पनी मालिक सङ कुराकानी भएको बताए पनि राजदूतले झुट बोलेको भन्दै कम्पनी सङ कुनै कुरा नभएको र आफुहरुले लिखित निवेदन दिदा समेत कुनै वास्ता नगरेको पीडितको गुनासो छ ।
बैधानिक रूपमा बिदेश आएका हरुलाइ समस्या पर्दा समेत दूतावास मुखदर्सक बनी रहदा पीडितले झनै सास्ती खेप्नु परेको परियारको भनाइ छ ।
आफ्नो संगठनले पीडित लाई सक्दो सहयोग गरेपनि कम्पनीले कागजात सबै लिएर गए पछी उनिहरुलाइ उद्दार गर्न झनै अफ्ट्यारो भएको र यस्तो अबस्थामा दूतावासले नै अगाडि सरेर पीडित लाई न्याय दिनुपर्ने भन्दै अलपत्र परेका हरुको तत्काल उद्दारको लागि पहल गरिदिन सम्बन्धित सबैलाई परियारले अनुरोध समेत गरेका छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...

प्रतिकृया लेख्नुहोस्:
- अब चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन पर्ने छैन : मन्त्री श्रेष्ठ
- तङ्ग्रिदै पोखराको पर्यटन
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा
- प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै