Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सरकारी रकम दुरुपयोग: सेवा प्रवाह ठप्प पार्दै जम्बो जनप्रतिनिधिकाे टोली भारत भ्रमणमा

\"\"काठमाडाै । संघीयता अवलोकन तथा अध्ययन गर्नका लागि गुठिचौर गाउँपालिकाको २७ सदस्यीय जम्बो टोली भारत भ्रमणमा निस्किएकाे छ । अाजकाे नयाँ पत्रिकामा खबर छ- सरकारी पैसाको दुरुपयोग गर्दै तत्कालिन आवश्यकता विपरित गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीको नेतृत्वमा सरकारी कर्मचारीसहितको जनप्रतिनिधिको जम्बो टोली भारत भ्रमणमा निस्किएको हो । गाउँपालिकाको साढे ११ लाख रुपैयाँ लिएर जम्बो टोली संघीयता अवलोकन तथा अध्ययन गर्न भारतको सिक्किम र दार्जिलिङ्ग हिँडेको हो । भ्रमणका लागि नेपालको लुम्बिनी, इलाम, काठमाडौँ हुँदै भारतको सिक्किम र दार्जिलिङसम्मको यात्रा रहेको गाँउपालिका स्रोतले बताएको छ । सरकारी कर्मचारीसहित जनप्रतिनिधिको जम्बो टोली १० दिने भ्रमणमा हिँडेपछि गाँउपालिकाको दैनिक महत्वपूर्ण सेवा प्रवाहको कार्य रोकिएको स्थानीयले बताए । १० दिने संघीयता अवलोकन अध्ययन भ्रमण कार्ययोजना गाउँ कार्यपालिकाबाट पास भएको भ्रमण टोलीका सदस्य तथा ४ नं. वडाध्यक्ष जंगप्रसाद जैशीले बताए । भ्रमण टोली सिक्किम र दार्जिलिङमा मात्र करीब एकहप्ता घुम्ने छ । गाउँपालिकाको सबै विकासे काम ठप्प पार्दै जम्बो टोली भ्रमणमा जानु उपयुक्त नभएको भन्दै स्थानीयले आलोचना गरेका छन् । आफ्नो गाउँठाउँको आधारभुत विकासका लागि जम्बो टोलीको भ्रमण आवश्यक नरहेकाले भ्रमणले गाउँपालिकाको विकासे रकम दुरुपयोग भएको स्थानीय रामप्रसाद पाण्डेले बताए । संघीयता भ्रमण अध्ययनका नाममा गाउँपलिकाका जिम्मेवार पदमा रहेका सबै प्रमुखहरू स्थानीय तहको रकम लिएर घुम्न गएका हुन् ।यता, भ्रमण टोलीका नेतृत्वकर्ता तथा गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सिक्कीम र दार्जिलिङको विकास निर्माणका कार्यहरु हेरेर त्यहाँ भएका राम्रो कामलाई आफ्नो क्षेत्रको विकासमा कार्यान्वयन गर्ने तर्क गरे । भ्रमण टोलीमा अध्यक्ष भण्डारी, उपाअध्यक्ष जानदेवि ऐडी, कार्यकारी प्रमुख केशवराज शर्मा, गाँउपालिकाका ५ वटा वडाका वडाध्यक्ष, वडा सचिव र प्रत्येक वडाबाट २ जना निर्वाचित वडासदस्यलगायतको टोली रहेको छ । यसैबिच केहीदिन अघि मात्र कनकासुन्दरी गाँउपालिकाको जम्बो टोली पनि ८ लाख रकम खर्च गर्दै भारत भ्रमण गरेर फर्किएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies