Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

वाम एकताका आधार र अड्चन

\"\"काठमाडौँ  नेकपा एमाले र माओवादीजस्ता आपसमा संघर्षरत राजनीतिक दलहरूको चुनावी गठबन्धन र पार्टी एकताको झट्काले अहिले पनि नेपाली राजनीति तरंगित हुन छाडेको छैन । चुनावी गठबन्धन नै असफल होला भन्ने अनुमान धेरैतिर थियो । अाजकाे कान्तिपुर दैनिकमा खवर छ - तर त्यो छोटो समयमै अपेक्षा गरेभन्दा निकै सफलतापूर्वक मञ्चन भइसकेको छ । अब सारा आँखा दुई पार्टीको सम्भावित पार्टी एकतातिर केन्द्रित छ, जुन स्वाभाविक पनि छ, किनभने यी दुई पार्टी मिल्दा चीन र भियतनामपछि एसियाकै तेस्रो ठूलो सत्तारूढ कम्युनिस्ट पार्टी बन्न पुग्छ । अझ यो पार्टी एकता साकार भएमा संसदीय चुनावमा मतदानको बाटोबाट यति ठूलो र संसदीय सिट हासिल गरेको एसियाकै सबभन्दा ठूलो पार्टी यही हुने हुन्छ । तर यक्षप्रश्न के छ भने के यो एकता सफलतापूर्वक सम्पन्न होला त ? के यी दुई पार्टी एकीकृत हुने बलिया सैद्धान्तिक/व्यावहारिक आधारहरू छन् ? पार्टी एकताका चुनौती र अड्चनचाहिं के छन् ? सिद्धान्त, संस्कृति र समग्र राजनीतिका सम्बन्धमा सघन छलफल गरेर यी दुई पार्टीको एकता हुन लागेको देखिंँदैन । यो एकतामा सिद्धान्तलाई ज्यादै कम र पद र सत्ताको अंकगणितलाई ज्यादा हेरिएको छ । तथापि स्वस्फूर्त र अघोषित रूपमा नै सही, यी दुई दलको पार्टी एकताका निम्ति मूर्त आधारहरू भने प्रशस्त मात्रामा देखिन्छन् । एकताका लागि मुख्य आधार पहिलो- दुवैले आफूलाई ‘कम्युनिस्ट पार्टी’ भन्छन्, व्यवहारमा भने दुवैले संसदीय चरित्र, सुधारवाद र व्यवहारवाद उदांगो रूपमा अँगालेका छन् । दोस्रो- दुवैको साझा घोषित मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद छ, परन्तु दिनदिनैको राजनीतिक मैदानमा यी दुई पार्टीको सैद्धान्तिक/राजनीतिक मिलनविन्दु समाजवादी लोकतन्त्र भएको देखिन्छ । उनीहरूको महाधिवेशनबाट पारित भएका दस्तावेज, दुवै मिलेर निर्माण गरेको नेपालको नयाँ संविधान र हालै जारी साझा चुनावी घोषणापत्रको अध्ययन गर्दा तात्कालिक र दीर्घकालीन राजनीतिका रूपमा दुवैले लोककल्याणकारी राज्य, समानुपातिक समावेशिता, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन र संसदीय लोकतन्त्रसहितको समाजवादलाई पथप्रदर्शक सिद्धान्त बनाएको भेटिन्छ । दुवै नेपाललाई पुँजीवादी मुलुक ठान्छन् र अबको क्रान्ति समाजवादी क्रान्ति हो भन्ने साझा धारणा राख्छन् । तेस्रो- सांगठनिक सिद्धान्तको हकमा दुवैले लेनिनवादको वकालत गर्छन् तर यथार्थमा दुवैले अगुवा दस्ताजन्य कार्यकर्तामा आधारित लेनिनवादी सांगठनिक सिद्धान्तलाई ‘बाईबाई’ गरिसकेको भेटिन्छ । बदलामा दुवैले जनआधारित, केवल संसदीय चुनावी विजयकेन्द्रित सांगठनिक सिद्धान्त अपनाएका छन्, जसलाई संसदीय चरित्रको व्यवहारवादी सांगठनिक सिद्धान्त भन्न सकिन्छ । यसअन्तर्गत कुनै पनि मूल्यमा यो चुनावदेखि ऊ चुनावसम्मको जित नै उनीहरू दुवैको मुख्य ध्येय/ध्याउन्न र प्राथमिकता हुनगएको छ । यहीअनुरूप दुवैको पार्टी सदस्य वा नेता हुन अब श्रमिक वर्ग गरिब र मध्यम किसान वा उत्पीडित समुदायका मानिस हुनुपर्दैन । सम्भ्रान्त वर्ग, ठूलो पुँजीपति वर्ग वा प्रतिक्रियावादी खेमाका जुनसुकै वर्गका मानिससमेत, देशकै सबैभन्दा धनाढ्य अर्बपति वा कुख्यात ‘डन’ पृष्ठभूमिका मानिसहरूसमेत दुवैको पार्टी संगठनमा वा संसदीय चुनावी उम्मेदवारमा स्वागतयोग्य भइरहेका छन् । चौथो- समाजवादी संस्कृतिको दुवैले वकालत गर्छन् परन्तु यथार्थको धरातलमा उदांगो रूपमा दुवैले विकृत पुँजीवादी व्यक्तिवादी संस्कृति अपनाएका छन् । त्यागी, सेवाभाव भएका, समाजकेन्द्री नेता/कार्यकर्ता दुवैतिर नभएका होइन्न् तर अवसरवादीहरूको महासागरमा उनीहरू सानो टापुजस्तोभएका छन् । पाँचौं- दुवै दलको शीर्ष नेतृत्व तहमा, पहिलो, दोस्रो र तेस्रो तहको नेतृत्वमा समेत, पार्टी एकताका लागि काफी तत्परता भेटिन्छ । केपी ओली र प्रचण्ड दुवै पार्टी एकताका लागि व्यग्र देखिएका छन् र संगठन अहिले पनि उनीहरूको मजबुत पकडमा देखिन्छ । यस प्रकार दुवै दलको अघोषित राजनीतिक दर्शन, सिद्धान्त, दीर्घकालीन र तत्कालीक राजनीति, संस्कृति र सांगठनिक सिद्धान्तमा, ध्येय र ध्याउन्नमा एक हदसम्म समानता देखिन्छ । यही समानताका कारण यी दुईथरी दलबीच पार्टी एकता निकट भविष्यमा सम्भव देखिन्छ । आपसमा गहन छलफल नगरे पनि दर्शन र सिद्धान्त उस्तै, तत्कालीन र दीर्घकालीन राजनीति उस्तै, ध्येय र प्राथमिकता उस्तै, संस्कृति र सांगठनिक सिद्धान्त उस्तै भएपछि ती अलग–अलग दलका रूपमा रहिरहनुभन्दा आपसमा मिलेर एउटा पार्टी बनाउनु धेरै राम्रो र स्वागतयोग्य कुरा हो । जे भए पनि यी दुई समाजवादको रामनामी वस्त्र अहिले पनि पहिरिरहेका वामपन्थी दल त हुन् नै । पार्टी एकताका लागि पहिलो ठूलो अड्चन र चुनौती- यी दुई दलले बोकेको मदन भण्डारीपथ र प्रचण्डपथ, बहुदलीय जनवाद र माओवाद नाम गरेको दुई अलग–अलग विचारका ‘ब्रान्ड’ हरूलाई पहिचानको समस्या नहुने गरी कसरी समायोजन गर्ने भन्नेमा हुने देखिन्छ । एउटाको पृष्ठभूमिमा सशस्त्र संघर्षलाई दुत्कारेर बहुदलीय संसदीय लोकतन्त्रमा हेलिएको चौथाइ शताब्दी लामो राजनीतिक पहिचानको इतिहास छ । अर्कोसित १५ हजारभन्दा ज्यादा नेपालीको बलिदान निहित रहेको एक दशक लामो सशस्त्र संघर्षको पृष्ठभूमि छ । यी परस्पर अन्तरविरोधी विचार र बाटाहरू एकले अर्कोको निन्दा नगरीकन कसरी एकीकृत होलान् ? विगतको इतिहासलाई बहसको विषयका रूपमा थाँती राख्दै, मदन भण्डारीपथ र प्रचण्डपथ अनि बहुदलीय जनवाद र माओवादलाई इतिहासको महत्त्वपूर्ण वैचारिक सम्पत्ति र विरासतको रूपमा स्विकारेर वर्तमान तथा भविष्यका लागि नयाँ समाजवादी बाटो तय गर्न सके मात्र यी दुईको एकता प्रक्रिया अघि जान सम्भव हुने देखिन्छ । दोस्रो ठूलो अड्चन र चुनौती- नेताहरूको पदको व्यवस्थापन र संगठनहरूको एकीकरणमा हुनजाने देखिन्छ, किनभने दुवै पदाकांक्षी नेताहरू धेरै भएका दलहरू हुन्् । एकता भएपछि कैयन् नेताको छँदा–खाँदाको पद, अवसर र मर्यादाक्रम खोसिने/खुम्चिने निश्चितप्राय: छ । यसले प्रत्येक दलमा सानो–ठूलो विग्रह वा विद्रोह नै पैदा हुन सक्छ । यी चुनौतीलाई सम्बोधन गरेर पार्टी एकता गर्नु फलामको च्युरा चपाउनुसरह हुनेछ । पार्टी एकताका लागि हरेकले जुनसुकै अवसर, मर्यादा र पदको त्याग गर्न सकेमा, चाकडी नगरे पनि हरेक योग्य र सक्षम व्यक्तिले निश्चित रूपमा पारदर्शी ढंगले प्रणालीगत रूपमा नै अवसर पाउने थिति बसाल्न सकिएमा तथा एक व्यक्ति एक पद/एक अवसरको प्रणाली स्थापित गरेर अहिलेकै स्थितिमा पनि धेरैभन्दा धेरै पद/अवसर सिर्जना गर्न सकिएमा नै केही हदसम्म यो चुनौतीलाई चिर्न सम्भव हुने देखिन्छ । तेस्रो ठूलो चुनौती र अड्चन- अनपेक्षित वाम एकताबाट तिल्मिलाएको राष्ट्रिय र अन्तर्राष्ट्रिय पुँजीवादी खेमाबाट यो एकतालाई फुटाउन सुरु भएको षड्यन्त्र र चालबाजी हो । यस क्रममा प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री पदको चारो फ्याँक्ने काम भई नै सकेको छ । अरू ठूला प्रलोभन र चालहरू क्रमबद्ध रूपमा मञ्चन हुने निश्चितप्राय: छ । के यी लोभलालच र षड्यन्त्रलाई चिर्न पदाकांक्षी अगुवाहरू समर्थ होलान् त ? चौथो ठूलो चुनौती र अड्चन- मधेसी मुद्दामा र पाखा परेका समुदायको पहिचान, समानता र समावेशिताको सवालमा एमाले नेपाली कांग्रेसभन्दा पनि कट्टरपन्थी र पश्चगामी देखिन्छ । तर अब हुने संसद्मा सबभन्दा अगाडि संविधान संशोधनकै मुद्दा आउने निश्चितप्राय: छ । यो मुद्दाले संसद्मा पुन: कम्पन ल्याउँदा यी दुई विपरीत सोच राख्ने दलहरू कति र कसरी एकताबद्ध भइरहलान् ? जुन हतारोमा यो एकता गरिँदै छ, त्यसले देखाउँछ कि यसमा सैद्धान्तिक, सांस्कृतिक र वैचारिक छलफल ज्यादै कम गरिँदै छ । सम्भावित एकताको सबभन्दा कमजोर पक्ष नै यही देखिन्छ । खालि चुनाव जित्ने र सरकार निर्धक्कसित पाँच वर्ष टिक्ने ढंगको ठूलो पार्टी कसरी बनाउने ? माथि र तल नेतृत्वदायी मानिसहरूका बीचमा पदीय व्यवस्थापन कसरी गर्ने ? पार्टी संगठनदेखि जनवर्गीय संगठनहरूको एकताको व्यवस्थापन कसरी गर्ने ? यिनै सांगठनिक विषयले मात्र छलफलमा अत्यधिक ज्यादा स्थान लिएको देखिन्छ । परन्तु यही औधि हतारो र हचुवामा हुनलागेको पार्टी एकताले यसलाई छोटो आयुको बनाउन सक्ने प्रवल सम्भावना छ । विगतको भूलबाट पाठ लिएर समाजवादसित आम जनता र श्रमिक समुदायको सशक्तीकरण, स्वतन्त्रता र समावेशिता–सहभागिताजन्य लोकतन्त्रलाई कसरी जोड्ने ? दुवै दलमा बढ्दै गएको विकृत पुँजीवादी व्यक्तिवादी संस्कृति र भ्रष्टाचार खत्तम गर्न निरन्तर वैचारिक र सांस्कृतिक आन्दोलन कसरी चलाउने ? बीसौं र एक्काइसौं शताब्दीको विज्ञानका पछिल्ला आविष्कारहरूका आधारमा समाजवादी सिद्धान्त र दर्शनमा नल्याई नहुने परिष्कार र हेरफेर के हुन् ? अहिले विज्ञान र प्रविधिको युगमा समाजवादी क्रान्तिसम्बन्धी सोचमा र समाजवादी सांगठनिक सिद्धान्तमा ल्याउनुपर्ने परिमार्जन के हुन् ? आदि ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies