Khabar Dabali Logo
  October 27, Tue

भान्जीको जालमा यसरी फसे सेनाका सहायक रथी

काठमाडाैं । कृषि विकास बैंक न्यूरोड शाखाकी सहायक टेलर नागार्जुन १ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन्। प्रहरीले अनुसन्धान थाल्यो। खुल्यो , घटनाको मुख्य योजनाकार उनै रहिछिन्। प्रहरीका लागि हिनामिना भएको रकम पनि खोज्नुपर्ने चुनौती थियो। प्रहरी अनुसन्धानमा लाग्यो। नेक्सस पहिल्याउँदै जाने क्रममा करिब ३३ लाख रूपैयाँ सेनाका सहायक रथी रमेश विष्टको बैंक खातामा भेटियो। प्रहरी चकित खायो। अब प्रहरीको अनुसन्धान सहायक रथी विष्ट र रेग्मीको सम्बन्धमा केन्द्रीत भयो ।

गज्जब साप्ताहिकमा खबर छ-अनुसन्धानबाट खुल्यो, रेग्मी सहायक रथी विष्टलाई ‘मामा’ साइनो लगाउँदो रहिछन्र विष्ट पनि रेग्मीलाई भान्जी भन्दा रहेछन्। तर उनीहरूबिचको यो साइनो बाहिर देखाउनलाई मात्र रहेछ। खासमा उनीहरू प्रेमी प्रेमिका रहेछन्। त्यसो हँदा उनीहरूबीच अन्तरंग सम्बन्ध रहेछ। सोही सम्बन्धका आधारमा रेग्मीले बैंकबाट हिनामिना गरेको मध्ये करिब ३३ लाख रूपैयाँ विष्टको बैंक खातामा हालिदिएकी रहिछन्।

प्रहरी उच्च स्रोत भन्छ- विष्ट र रेग्मीबीच प्रेमी प्रेमिकाको सम्बन्ध रहेको खुलेको छ। उनीहरूबीच सबैखाले सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको हो। यो उनीहरूको निजी मामिला हो। यसमा हाम्रो भन्नु केही छैन। हामीले त अपराधको पाटो मात्र हेर्ने हो। यसमा जर’साबको पनि संलग्नता रहेको देखिएको छ।’ सेनाको हिरासतमा रहेका विष्ट र प्रहरी हिरासतमा रहेकी रेग्मी दुबै विवाहित हुन्।

सैनिक कानुन अनुसार प्रहरीले सेनासँग सम्बन्धित ज्यान मुद्दा बाहेक घटना अनुसन्धान गर्न मिल्दैन। त्यसो हुँदा रकम हिनामिनामा मुछिएका सहायक रथी विष्टको घटना प्रहरीले सेनालाई अनुसन्धान गर्न भनि प्रमाणसहित सबै फाइल पठायो। सेनाले उक्त घटनामा छानबिन थालेको छ। यसका लागि विष्टलाई हिरासतमा लिइएको छ। छानबिन पछि दोषि देखिए सैनिक ऐनअनुसार कारबाही गरिने सेनाको भनाई छ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारी सहायक रथी विष्टमाथि इन्क्वायरी सुरू भइसकेको बताउँछन्। ‘कृषि विकास बैंकको रकम हिनामिनामा सहायक रथी विष्टको संलग्नता हुनसक्ने आधार फेला पर्‍यो, प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो।सोही आधारमा उहाँमाथि इन्क्वाइरी थालिएको हो।’

पुस २६ गते, २०७४ - ०७:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top