Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एमाले-माअाेवादी नेतृत्व एकताकाे खाका तयार पार्दै

\"\"काठमाडौं । एकता प्रक्रियाका विषयमा गम्भीर भएका नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रले पछिल्लाे समय यसैमा खर्चने भएका छन् । अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्। आफूनिकट नेताहरूसँग एकताका विभिन्न खाकाबारे मंगलबार र बुधबार छलफल गरेका ओलीले शुक्रबार बिहान वरिष्ठ नेता माधव नेपालसँग एक्लै छलफल गरेका थिए। एकता प्रक्रियामा सबैलाई सहभागी गराउँदा जटिलता देखिने भएपछि माओवादी अध्यक्ष दाहाल र ओलीले मात्र छलफल गरी खाका बनाउने र त्यसमा दुवै पार्टीलाई सहमति गराउने रणनीति लिएका हुन्। ‘दुई नेताबीच गम्भीर छलफल गरेर एकताको खाका आउँछ,\' एमाले नेता शंकर पोखरेलले भने, ‘६ बुँदे सहमति गर्दा नै शीर्ष नेताले एकताको पहल गर्ने उल्लेख थियो।\' पार्टीको नेतृत्व र संरचनाबारे टुंगो लागेपछि मात्र एकतालाई तल्लो तहसम्म लैजाने नेताहरू बताउँछन्। ‘फुड पोइजन\' का कारण अस्वस्थ ओलीले एकताका अनेक खाकाबारे पार्टी नेताहरूसँग आन्तरिक छलफल तीव्र पारेका छन्। नियमित स्वास्थ्य जाँचका लागि पुस २६ गते बैंकक जान लागेका ओलीले त्यसअगावै एमाले नेताहरूको सुझावका आधारमा दाहालसँग पार्टी एकताका लागि लामो छलफल गर्ने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ। एमालेको तर्क : - सरकारको नेतृत्व ओलीले गर्ने। - ओली र दाहाल सहअध्यक्ष रहने, महाधिवेशनबाट नेतृत्व चयन गर्ने। माओवादी तर्क : - एकले सरकार र अर्कोले पार्टी नेतृत्व लिने - दुवै नेताको सम्मानजनक नेतृत्व स्थापित हुनुपर्ने। एमाले नेताहरूले सरकारको नेतृत्व ओलीले गर्ने भएकाले दाहाल र ओलीले पार्टीको संयुक्त नेतृत्व लिने गरी मोडालिटी तयार पार्न ओलीलाई सुझाएका छन्। माओवादी केन्द्रका नेता भने एकले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व लिने गरी सहमतिको खाका खोजिनुपर्ने बताउँछन्। ‘दुवै नेताको सम्मानजनक नेतृत्व स्थापित हुने गरी एकताको खाका बन्नुपर्छ,\' माओवादी केन्द्रका एक नेताले भने, ‘दुवै नेता खाका बनाउन लागेकाले सबैलाई स्वीकार्य हुने प्रस्ताव आउने विश्वास गरेका छौं।\'

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies