Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सम्झनामा चीन भ्रमण

\"\"हामी चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणा र आयोजनामा नोभेम्वर २७ देखि डिसेम्वर ४ सम्म चीनका बिभिन्न प्रान्तमा तय भएको कार्यक्रममा सहभागी हुन नेकपा (माओवादी केन्द्र )बाट पार्टीका पोलिटव्यूरो सदस्य तथा विदेश विभागका सचिव कमरेड युवराज चौलागाईको नेतृत्वमा १२ सदस्यीय टोलि चीन तर्फ गएको थियो । चीन को बारे मा सुनियको र नेपाल संग सिमा जोडीयको छेत्र मात्र चीन देखेको मैले चीनका तीन प्रान्त घुमेपछि चीनबारे मेरो बुझाई १८० डीग्रीमा परिबर्तन भयो । हाम्रो भ्रमण पूर्व निर्धारित कार्यतालिका अनुसार युनान प्रान्तको खुन्मिङ शहरबाट सुरु भयो । हामीलाई विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका जिम्मेवार कमरेडहरु साओ ल्याङ र चेनले स्वागत गरे । पहिलो दिन राति अबेला पुगेको कारण खासै कार्यक्रम भएनन् दोस्रो दिन बिहानै देखि कार्यक्रम सुरु भय । हाम्रो पहिलो कार्यक्रम चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलिङ्ग विभागसंग सम्बन्धित थियो र हामी स्कुलिङ्गमा सहभागी भयौं । स्कुलिङ्ग विभागका प्रो. फुदे–सुले हामीलाई चिनियाँ कम्युनिष्ट पार्टीको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले भर्खरै सकिएको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औ महाधिवेशनको बारे र महाधिवेशनले गरेको राजनैतिक तथा बैचारिक निर्णय र महाधिवेशनको महत्वको बारेमा महत्वपूर्ण जानकारी दिनुभयो । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९६ वर्ष पुरा भएको र यसको १९ औ पटक महाधिवेशन भएको उहाँले बताउनुभयो । यो महाधिवेशन सम्म आइपुग्दा ३ वटा बिचारहरु देखा परेको उहाको भनाइ थियो , पहिलो माओ–बिचारधारा दास्रो दे–ङ्ग स्याओको सिद्धान्त र हाल आएर १९ औ महाधिवेशन ले तय गरेको सि.जिङ्ग पिङ्ग बिचारधारा । चिनियाँ समाजको अन्तरबिरोध फेरिएको बताउँदै प्रोफेसर फु–देसु ले भन्नुभयो अब चिनियाँ जनताहरु पुर्णरुपले सम्पन्न भइसकेकोले उनीहरु प्राकृतिक र पर्यावरणीय हिसाबले सुरक्षित जीवन जिउन चाहन्छन् । यसबारे हामीले उहाँलाई प्रश्न पनि सोधेका थियौ यसबारे अझ प्रस्ट पार्दै उहाँले भन्नुभयो, धेरै चिनियाँहरुलार्इ पहिले के खाने र के लगाउने भन्ने थियो । अभावको जीवन जिउन वाध्य थिए तर, अहिले सम्पन्न र सुखमय जीवन जीइरहेका छन् । चीनको अवको मुख्य उद्देश्य भनेको सन् २०३५ सम्ममा चिनियाँ विशेस्तायुक्त आधुनिक समाजवाद स्थापना गर्ने र विश्वमा चिनियाँ आधुनिक समाजबादको नयां रुप प्रस्तुत गर्ने रहेको उहाँले बताउँनुभयो । \"\"हाम्रो अर्को बैठक गरिबी निवारण सम्बधि थियो । चीनमा गरिबी निवारण कसरी भयो र चिनियाँ सरकारको नीति योजनाहरु कस्तो रहदै आएको छ भन्ने बारेमा छलफल भयो । हामीले युयान प्रान्तका गरिबी निवारण विभागका प्रमुख क.याउचे संगको छलफलमा सहभागी भयौं । उहाँले हामीलाई आफ्नो प्रान्तको बारेमा जानकारी गराउदै भन्नुभयो, \" चीनको सबै प्रान्तहरु मध्य युनान प्रान्त सबैभन्दा गरीब प्रान्त हो यहाँ ५ करोड जनसंख्या रहेको मा ८० लाख जनताहरु गरिबीको रेखा मुनि थिए र ४० बर्ष अगाडी चिनियाँ सरकारबाट सुधारको नीति लिएको थियो । तर कार्यान्वयन हुन सकेको थिएन । सि.जिङ्गपिङ्गको नेतृत्वपछि गरिबीको रेखा मुनि रहेका ८० लाख जनताहरु पछिल्लो ५ वर्षमा ३६ लाखमा सिमित भए भने आउने ३ बर्ष भित्र युनान प्रान्तमा पुर्ण रुपमा गरिबी निवारण हुनेछ ।” तपाइँहरु गरिबीको पहिचान कसरी गर्नु हुन्छ ? भनेर हामीले क.याउचेसँग जिज्ञासा राख्यौं । हाम्रो प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो, \"हामीले यसबारेमा सजिलो र लोकतान्त्रिक विधि बनाएका छौं, जसमा कुन गाउँमा कति गरिब छन् भने कुरा कसैले भनेर वा सिफारिस गरेर पहुँचको भरमा हुँदैन । यसबारे गाउँमा भोटिङ हुन्छ त्यसैको आधारमा गरिबको छनोट हुन छ र राज्यबाट पाउने सबै सुविधा उसले पाउँछ । जस्तो कि सुविधा सम्पन्न घर, शिक्षा, स्वास्थ, बेरोजगार भत्ताको समेत व्यवस्था गरि गरिबलाई जति सक्यो छिटो धनि बनाउने हो । उहाँले अगाडी भन्नुभयो \" जनताको जीवनस्तरको अध्ययन गर्ने, जनतासँग जोडिएको उत्पादन प्रणाली र स्रोतको पहिचान गरी योजना तर्जुमा गरी लागु गर्ने । मुख्य गरेर भौतिक पुर्वाधारको विकाससंगै कृषिलाई प्रबिधियुक्त बनाउने, मुख्य उत्पादन बस्तुको पहिचान गर्ने, उत्पादित वस्तुको बजार ब्यवस्थापन गर्ने । मुख्य उत्पादित वस्तुको रुपमा युनान प्रान्तमा चिया उत्पादनलाई अगाडी बढाईयो र उत्पादनको लागि अन्य प्रान्त बाट लगानी भित्राइयो । जसमा रोजगारी सृजना गर्ने काम भयो । आज युनान प्रान्तले चिया खेतीलाई उद्योगमा परिणत गरि त्यहाँको गरिबी निवारणको लागि महत्वपुर्ण योगदान पुयाई रहेको छ \'\' \"\"बेइजिङ्गमा हुने CPC IN DIALOGUE WITH WORLD POLITICAL PARTIES HIGH-LEVEL MEETING मा सहभागिताको लागि आमन्त्रित नेकपा (माओवादी केन्द्र) को प्रतिनिधि मण्डललाई स्वागत यबम भेटघाटको लागि चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका दक्षिण एसिया ब्युरो प्रमुख क.युआन जेनिबिङ्ग बेजिङ्गबाट युनान आउनुभयो । उहाँले हाम्रो सम्मानमा दिवा भोजको आयोजना समेत गर्नुभएको रहेछ । भोजकै क्रममा भएको अनौपचारिक कुराकानीमा हामीसँग उहाँले नेपालको जनयुद्ध ,जनमुक्ति सेना ,आधारइलाका आदिबारे जिज्ञासा राख्नुभएको थियो । उहाँ नेपाल धेरै पटक आइसक्नुभएको रहेछ । रोल्पाको बारेपनि उहाँले खुबै चासो राख्नुभयो । हाम्रो टोलिमा रोल्पाको पनि प्रतिनिधित्व थियो । साथीहरुले रोल्पाबारे धेरै कुराहरू बताउनुभयो । उहाँको रोल्पा पुग्ने धोको रहेछ हामीले निमत्रणा पनि गर्यौ । दिवा भोजपछि हाम्रो बिशेष वैठक रहेको थियो । उक्त वैठकमा हामीलाई स्वागत गर्दै क.युआन जेनिबिङ्गले भन्नुभयो,” चिनियाँ कम्युनिष्ट पार्टी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच विशेष सम्बन्ध रहेको छ । विश्वका कम्युनिष्ट पार्टीहरु मध्ये नेकपा माओवादी केन्द्रलाई चीनले पहिलो नम्बरमा राखेको छ ।” उहाँले सन् २०१० मा पहिलो पटक अध्यक्ष क.प्रचण्डलाई भेटेको त्यसैबेला देखी माओवादी केन्द्रसंग बिभिन्न खाले उच्चस्तरिय वार्ता तथा छलफल भएको र यसैको आधारमा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच मन र मुटुको सम्बन्ध रहेको बताउनु भयो । उहाँले भन्नुभयो, । हामी दुई देश बीचको कम्युनिष्ट पार्टी आउने दिनहरुमा राजनैतिक र बैचारिक रुपमा एकअर्काबाट सिक्दै र सिकाउँदै संयुक्त रुपमा अगाडी बढ्ने छौं ।” हालै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनमा बिभिन्न देश ,पार्टी र बिभिन्न संघ संस्थाहरुबाट १७ हजार बधाई तथा शुभकामना पत्रहरु सि.पि.सि लाइ आएको कुरा जानकारी गराउँदै क.युआनले भन्नुभयो \'\' सबै पत्रहरुमध्ये सबैभन्दा लामो र गहन पत्र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का क. प्रचण्डको पत्रलाई क.सि जिङ्गपिङ्गले महत्वपुर्ण पत्रको रुपमा लिएको र सबै पत्र मध्ये १ नम्बरमा अध्यक्ष प्रचण्डको पत्र रहेको छ । पत्रमा उल्लेखित माक्र्सबादी बिचार र अहिलेको बिश्व राजनितिक अन्तरबिरोध मानवीय सामाजिक अन्तरबिरोधहरुको बारेमा र आउने दिनहरुमा कम्युनिष्टहरुको कस्तो भुमिका हुनुपर्ने साथै समाजवादी आन्दोलनलाई कसरी अगाडी बढाउने, आगामी चुनौतीहरुलाई कसरी सामना गरेर जाने भन्ने बारेमा असाध्यै गहन, बौद्धिक र मार्मिक ढंगले पत्रमा उल्लेख गरिएको छ । हामी चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मात्रै सामाजिक अन्तरबिरोधको आ–आफ्नो पार्टीको दस्तावेजहरुमा उल्लेख गर्ने र छलफल चलाउने, अन्तरबिरोधहरुको सहि पहिचान गर्ने, माक्र्सबादको प्रयोग गर्ने पार्टी भएको हुनाले हामी दुई पार्टीबीच भाइचाराको सम्बन्ध रहेको छ ।\" हालै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औ महाधिवेशन बारे बताउनुहँदै उहाँले भन्नुभयो \" चीनलाई नयां युगमा प्रबेश गराउदै चिनियाँ जनतामा नयां उर्जा, आशा र विस्वास दिलाएको छ । यो महाधिवेशनले बिभिन्न खाले राजनितिक बैचारिक तथा सांगठानिक रुपमा महत्वपुर्ण निर्णयहरु गरेको छ । मुख्य गरेर सि जिङ्गपिङ्ग बिचारधारालाई स्थापित गराई लागु गराउने, सन् २०२० सम्म गरिबी हटाउने, सन २०३५ सम्ममा चिनियाँ विशेस्तायुक्त समाजवादको उच्चतम रुप लागु गरी सक्ने र विश्वलाई नै एउटा नयां मोडेल प्रस्तुत गर्ने । क.सि जिङ्गपिङ्गको नीति अनुसार सिङ्गो विश्वलाई नै संचारसँगै सडक सञ्जालसँग जोड्ने । उहाँले थप्नुभयो, \" तेसैले हामीले वान बेल्ट वान रुटको अवधारणा अघि सारेका हौं । क.प्रचण्ड नेतृत्व सरकारले वान बेल्ट वान रुटको संझौतामा हस्ताक्षर गरेकोले हामी नेपाल सरकार र माओवादी केन्द्रप्रति आभारी छौं । यो हस्ताक्षरले नेपाल र चीन बीचको सम्बृद्धिको ढोका खोल्ने छ नेपालको राजनीतिक परिवर्तनमा माओवादीले चलाएको १० बर्षिय जनयुद्ध र पछिल्लो चरणमा शान्ति प्रकृया तथा संबिधान निर्माणमा माओवादी केन्द्रले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।\'\' उहाँले अगाडी भन्नुभयो \" माओवादीबिना नेपालको राजनितिक परिर्वतन र अहिलेका राजनितिक उपलब्धीहरु सम्भब नभएको अबको नेपाली राजनितिक र सामाजिक विकासको जिम्मेवारी माओवादी केन्द्रको काँधमा आएको छ ।\'\' अन्तमा युआनले नेपाल र नेपाली जनताको प्रगति र बिकासको पक्षमा चिनिया कम्युनिष्ट पार्टी सधै प्रतिबद्ध रहिरहने बताउनुभयो । \"\"नेपालको तर्फबाट पार्टी पोलिटब्युरो सदस्य तथा विदेश विभागका सचिव कमरेड युवराज चौलागाईले यस्तो महत्वपूर्ण कार्यक्रममा हाम्रो पार्टीलाई निमन्त्रणा गरि कार्यक्रममा सहभागीताको अवसर दिएकोमा सी.पी.सी र क.युआनलाई धन्यवाद दिनुभयो । नेपालको भूमि कुनै पनि बाहाना र जुनकुनै समयमा पनि चीन बिरुद्ध प्रयोग हुन नदिने कुरामा माओवादी केन्द्र र नेपाल सरकार प्रतिबद्ध रहेको कुरा उहाँले बताउनुभयो । हामीले चीनका तीन प्रान्त घुम्ने मौका पायौं, युनानमा महत्वपूर्ण बैठक र घुमफिर भयो त्यहाँ हामीलाई आधुनिक कृषि फर्ममा पनि लगियो त्यहाँ पहिले कृषि कसरि गरिन्थ्यो भन्ने बारेमा संग्राहलय नै बनाएर राखेको पाइयो l चीनको मुख्य बिशेषता भनेकै जमिन व्यक्तिको नहुनु हो, सबै जमिन सरकारसँग छ व्यक्तिले चाह्यो भने भाडामा लिन सक्छ । फर्म भित्र पनि जग्गा भाडा लिएर किसानले खेती गरको पाइयो । हाम्रो भ्रमणमा धेरै जसो औपचारिक कार्यक्रमहरु नै भए । त्यसका अलावा हामीलाई ग्रेट वाल पनि लागियो । ग्रेट वाल साच्चिकै अदभुत लाग्यो l यो सँगै हामीलाई अर्को महत्वपूर्ण ठाउँ जहाँ माओले लालकिल्ला बनाएका थिए हेबाई प्रान्तको सिबाइपो लगियो त्यहाँ माओकालिन दस्तावेज, फोटाहरु, हातहतियार लगायतका सबै सामग्रीहरु निकै नै जतन गरि संग्राहलयमा राखिएको रहेछ l संग्राहलयबाट केहि मात्रको दुरीमा माओ लागायत पदाधिकारी बसेको घर, अफिस, बैठक हल, सुरुङ आदि सुरक्षित गरि राखिएको छ । त्यहाँ माओले प्रयोग गरेका कपडा, सिरक डसना समेत भावी पिढीलाई देखाउन निकै लगानी गरेर सुरछित तरिकाले राखिएको छ l माओको पिढीले अहिलेको नयाँ चीन बनाउन कति मिहिनेत गरेको थियो, पहिला कति अभाव र दुःख थियो भन्ने कुरा आहिलेका युवा पिढीलाई सिकायको पाइयो l हामी त्यहाँ पुग्दा धेरै विद्यार्थी थिए l त्यहाँ हामीले डमी माओसंग फोटो खिचायौं । \"\"हामी CPC IN DIALOGUE WITH WORLD POLITICAL PARTIES HIGH-LEVEL MEETING मा सहभागी भयौं । विश्व भरिका २०० राष्ट्रका छ सय पार्टीहरुबाट ७ सय भन्दा बढी प्रतिनिधीहरुको सहभागिता थियो । कार्यक्रमलाई बिभिन्न चरणमा विभाजन गरिएको थियो । उद्घाटन, समुहगत छलफल, छलफलको निष्कर्ष र समापन । समयलाई अति नै महत्व दिइयको थियो । उद्घाटन समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी का अध्यक्ष एबम रास्ट्पति सिजिंग पिंग ले सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा उहाँले विस्व भरका सबै देश र जनता मिलेर मानव जाति बस्न सक्ने र सम्पन जीवन जिउन सक्ने पृथ्वी बनाउन सबै मा आह्वान गर्नुभयो । अब सबैको ध्यान वातावरण संरक्षणको निमित्त हुनुपर्ने उहाँको जोड थियो l प्रत्येक राष्ट्रलाई आ–आफ्नो बिचार राख्न ५ मिनेटको समय दिइएको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट पार्टी पोलिटब्युरो सदस्य तथा विदेश विभागका सचिव युवराज चौलागाईले आफ्नो महत्वपुर्ण मन्तव्य प्रस्तुत गर्नुभयो । समग्रमा चीन भ्रमण उपलब्धिमुलक नै रह्यो । चिनियाहरु के सोच्छन र अब के गर्दै छन् भन्ने कुरा नजिकबाट बुझ्ने अवसर पायौं । यसै सन्दर्भमा सि.जिङ्गपिङ्गले भन्नु भएको, \" सुन र चादींको पहाड भन्दा जगंलयुक्त हरियो पहाड धेरै मुल्यमान हुन्छ र हामी संग हरियो पहाड भयो भने मात्र हाम्रो प्राकृतिक जिवन , सुरक्षित जिउन सक्छौ ।\" यहि सि.जिङ्गपिङ्गको बिचारलाई लिएर होला अहिले चीनको धेरै आधुनिक शहरहरुमा हरियाली गार्डेन र खोलानदिहरुलाई प्राकृतिक हिसावले संरक्षण गरेको पाइयो । केहि समय पहिला बेइजिङ धेरै प्रदुषित थियो । तर अहिले प्रदुसण देखिँदैन यो कसरि सम्भब भयो भन्ने हाम्रो जिज्ञासामा उनीहरुले ५ कारण बताए, जो हामीलाई पनि काम लाग्न सक्छ १) सहरको नजिकै Satalite सहर बनाई जनसंख्या नियन्त्रण गरि २) सम्भब भए सम्मका उद्योगलाई सार्ने सम्भब नभएकालाई केहि महिना चल्न नदिने ३ ) ठुल्ठुला रुख अन्यत्रबाट ल्यायर रोपी सहर लाई हरियाली बनाउने ४ ) प्रदुषण गराउने सवारीमा नियन्त्रण ( जस्तो पेट्रोल,डिसेल को ठाउँ मा बिजुली बाट चल्ने) ५) प्रदुषण नियन्त्रण गर्ने उच प्रबिधि को प्रयोग । यी ५ करण ले त्यहाँको प्रदुषण नियन्त्रणमा आयको कुरा उनीहरुले बताए साथै चिनियाहरु १००० कि.मि. भन्दा लामो यात्रा गर्नु पर्यो भने जहाजबाट र त्यो भन्दा कम को यात्रा गर्दा बुलेट रेलबाट यात्रा गर्दा रहेछन् ।    लेखक वाइसियल नेपाल का प्रचार बिभाग प्रमुख हुन् । फोटो फिचरमा चिन भ्रमण \"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies