Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कर्मचारीको कमजोर समन्वयका मारमा सर्वसाधारण

खबरडबली संवाददाता

सोलुखुम्बु । कोरोना सङ्क्रमणको गतिलाई रोक्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएसँगै नागरिकको जनजीवन कष्टकर बनेको छ । यो समयमा अतिआवश्यक कामका लागि आवतजावत गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको सवारी सञ्चालन अनुमति अनिवार्य गरिएको छ ।

गृह मन्त्रालयले प्रदेश एक र दुईको सवारी सञ्चालन अनुमति दिने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा भक्तपुर प्रशासलाई दिएको छ ।

यस्तै वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ र लुम्बिनी तथा कर्णाली प्रदेशका जिल्लाहरुको सिफारिसको आधारमा ललितपुर जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति दिने व्यवस्था गरेको छ । यसले गर्दा विभिन्न जिल्लाबाट अतिआवश्यक कामको लागि उपत्यका जाने नागरिकलाई भने असहज भएको गुनासो बढेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट पठाइएको सवारी सिफारिसको भक्तपुर प्रशासन कार्यालयबाट समयमा नै जवाफ नदिने हुँदा समस्या भएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाको भनाइ छ ।

जिल्लाबाट अतिआवश्यक कार्यको लागि आएको निवेदनअनुसार सवारी सञ्चालन अनुमतिका लागि सिफारिस गरिए पनि भक्तपुरबाट अनुमति नआउँदा समस्या भएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीको भिसा आएपछि सोलु दूधकुण्ड नगरपालिका–५ वडा कार्यालयको सिफारिसका आधारमा आइतबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा निवेदन दिएपनि दुई दिनसम्म अनुमति नपाउँदा समस्या भएको स्थानीयवासी लाक्पा शेर्पाले गुनासो गरे । सोमबार अबेरसम्म पनि प्रशासन कार्यालयबाट अनुमति नपाएपछि वडाकै सिफारिसको आधारमा काठमाडौँ हिंडे पनि पत्ताले बाट फर्कनुपर्ने उनको भनाइ छ ।

सवारी सञ्चालन अनुमति बिना उपत्यका हिडेका करीब पाँच वटा गाडीलाई सोलुखुम्बु र ओखलढुङ्गाको सिमाना पत्तालेबाट फिर्ता गरिएको यहाँका प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीले बताए । भक्तपुरबाट सवारी पास नपठाउने र यात्रुले पनि स्थानीय तहको मात्रै सिफारिस बोकेर हिंड्दा समस्या भएको उनको भनाइ छ ।

महाकुलुङ गाउँपालिका तथा सोलु दूधकुण्ड नगरपालिकाको विभिन्न वडाबाट सिफारिस लिएर सोमबार काठमाडौँका लागि छुटेका चार वटा जीप पत्तालेबाट फिर्काएको सोलुखुम्बु प्रहरीले जनाएको छ । दुई जिल्ला प्रशासन कार्यालयका कर्मचारीबीचको समन्वय अभाव हुँदा सर्वसाधारण नागरिकले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट पठाइएको सिफारिसअनुसारको अनुमति लिनको लागि तेस्रो व्यक्तिले पहल गर्नुपर्ने बाध्यता रहेको मिडिया ब्रोडकास्टका सञ्चालक डीबी श्रेष्ठले बताए । उनका अनुसार भक्तपुर र सोलुखुम्बु जिल्ला प्रशासनका कर्मचारीबीचको समन्वय कमजोर हुँदा उपत्यका जाने नागरिकले बढी सास्ती खेप्नुपरेको छ ।

यही असार ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँको सवारी पास लिएर सञ्चारको टावर मर्मत गर्नको लागि सोलुखुम्बु आउनुभएका श्रेष्ठको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा निवेदन दिएको भएपनि तीन दिन बितिसक्दा समेत अनुमति नपाएको श्रेष्ठले गुनासो गरे । अघिल्लो वर्ष पनि उपत्यकाबाटै सवारी अनुमति आउने भएपनि खासै असहजताको महशुस नभएको यातायात व्यवसायी दावा शेर्पाले बताए ।

सल्लेरीबाट काठमाडौँ जानको लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा शुक्रबार वडा कार्यालयको सिफारिसमा पेश भएको निवेदनको जवाफ नआएपछि पुनः आइतबार अर्को सिफारिस गरिएको सवारी चालक प्रज्ज्वल मगरले बताए ।

एफएमको टावर निर्माणको लागि आएको टोली फर्कनको लागि निवेदन दिएको भएपनि जवाफ नआएपछि पुनः सोही एफएमको निवेदनसहित आइतबार अर्को निवेदन पेश गरिएको उनको भनाइ छ । दुई निकायबीच समन्वय नहुँदा यस्ता समस्याहरु अन्य जिल्लामा पनि भएको पाइएको छ । रासस 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाली, बारा र सुनसरीबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । कैलाली, बारा र सुनसरीबाट प्रहरीले अवैध लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ...

दुवई पुर्याई मानवबेचबिखन गरेको आरोपमा पक्राउ

काठमाडौं । दुवई पुर्या ई मानवबेचबिखन गरेको आरोपमा  एकजना पक्राउ परेका छन् । क्यानडा पठाईदिन्छु भनि दुवई पुर्यानई मानवबेचबिखन गरेको आरोपमा बारा सिम्रौन...

अढाई वर्षकी बालिकालाई बेचबिखन गर्ने कार्यमा संलग्न महिला पक्राउ

काठमाडौं । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको आरोपमा ललितपुर गोदावरी नगरपालिका १३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर...

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

पाेखरा । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेक...

होटलमा आगलागी हुँदा तीन महिलासहित ६ जनाको मृत्यु

काठमाडौं । बिहारको पटनाको गोलबर कोतवाली थाना क्षेत्रको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आज भएकाउे आगलागीमा उनीहरूको मृत्यु भएको हो ।  ...

डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित ७ जना पक्राउ

काठमाडौं । प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमा...

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्दा चाँदी कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा तोलामा १ हजार ४ सय रुपैयाँले सुनकाे मूल्य बढेकाे हाे । नेपाल सुनचाँदी व्य...

चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण

चितवन ।  चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण...

महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै

महोत्तरी । अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ । गत बुधबारको आगलागीले घर गुमाएका परिवारलाई ...

छैटौँ सातामा ‘महजात्रा’ : ५१ औँ दिनतर्फ लम्किदै

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies