Khabar Dabali Logo
  July 5, Sun

धान नकाट्न कृषि ज्ञान केन्द्रको आग्रह

चितवन । जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले बारी खाली गर्न थालेका छन् । धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकाले कृषकले धान काटेर बारी खाली गर्न लागेका हुन् ।कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बाला नलागेको धानको क्षतिपूर्ति मूल्याङ्कनका लागि अप्ठ्यारो हुने भएकाले केही दिन धान नकाट्न आग्रह गरिएको बताएको हो । कतिपय स्थानमा बाला निस्कन थालेको र कतिपय ठाउँमा बाला निस्कने चरणमा रहेको उनले जानकारी दिए । यो जातको धानको डिएनए परीक्षण भइरहेकाले यसका लागि अझै एक साता कुर्नुपर्ने उनले भने ।

तिहार अगाडि परीक्षणको नतिजा आउने अनुमान गरिएको छ । त्यसलगत्तै कृषि तथा पशुपक्षी मन्त्रालयले क्षतिपूर्ति मूल्याङ्कन समिति बनाउने आश्वासन दिएको जनाइएको छ । समिति बनेर मूल्याङ्कन गरेपछि धान काट्दा क्षतिपूर्ति मूल्याङ्कन गर्न सहज हुने प्रमुख ढकालको भनाइ थियो ।पूर्वी चितवनका कृषकले धान काट्न शुरु गरेका छन् । बीउ बिक्री गर्नेहरुले फरक जातको धानको बिउ बिक्री गरेको हुनसक्ने भन्दै शुरुमा दर्ता गर्दा ल्याइएको गरिमाको बीउ र हाल रोपिएको बीउको डिएनए परीक्षण भइरहेको छ ।

धान ढिला पाक्ने भएपछि उत्पादन घट्ने र यसपछिको बालीमा पनि असर पुग्ने उक्त केन्द्रका प्रमुख ढकालको भनाइ थियो । धानपछि तरकारी खेतीका साथै गहुँ, राजमा र तोरी लगाउने गरिन्छ । ती सबै बालीमा पनि असर पर्ने भएको छ । सरकारले प्रतिवेदन पाइसकेकाले डिएनएको प्रतिवेदन आएसँगै बीउ बिक्री गर्ने कम्पनीलाई के–कस्तो कारवाही हुने भन्ने विषयमा टुङ्गो लाग्ने उहाँले बताउनुभयो । वर्णशङ्कर गरिमा जात १३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा उक्त धान पाक्न १६० दिन हाराहारी लाग्ने देखिएको छ । दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भित्र्याएको उक्त जातको बिउ लगाएका देशका सबै स्थानमा यही समस्या देखिएको छ । जिल्लामा करीब ९५० बिघामा यो धान लगाइएको अनुमान गरिएको र यसबाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् । स्थानीय तहले उक्त धानको तथ्याङ्क सङ्कलन गरी केन्द्रमा पठाउन शुरु गरेका छन् । विसं २०७२ मा सूचीकृत भएको गरिमा भारतीय उत्पादन भएको र यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल फुलिसक्नुपर्छ ।

जिल्लामा गरिमा, गोरखनाथ र युएस ३१२ जातका आयातित वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् । गत वर्ष वर्षेधान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षेधान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।

कात्तिक ३ गते, २०७६ - १३:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । आइतबार सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन । आज सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार...   
शनिबार विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च, कति लाख सङ्क्रमित थपिए ?

शनिबार विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च, कति लाख सङ्क्रमित थपिए ?

जेनेभा । विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन...   

कोरोना भाइरस महामारी : अब थप सतर्कता अपनाउने समय आयो

काठमाडौं । पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा आम नागरिकमा यसको डर...   

कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीलाई प्रमाणपत्र

काठमाडौँ । कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । यस वर्ष पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले...   

ओली र प्रचण्डबीच निर्णायक छलफल शुरु, दुबै तर्फका दुई–दुईजना सहयोगी नेता सहभागी

काठमाडौं । सत्तारुढ दलभित्रको आन्तरिक कहल साम्य पार्ने प्रयासस्वरुप आइतबार दुई पक्षबीच वार्ता हुन...   

ह्वात्तै बढ्दै छ सुदूरपश्चिममा कोरोना सङ्क्रमित, एक हप्तामा थप एक हजार ३९३ सङ्क्रमित

धनगडी । सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।...   

प्रचण्डसहित खनाल र नेपाल पुगे राष्ट्रपतिलाई भेट्न, गौतम र श्रेष्ठ पनि शितलनिवासमै

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल शितलनिवास...   

भारी बर्षाको कारण झोलुङ्गे पुलमाथि नदी बग्न थाल्यो, आवतजावतमा समस्या

बाजुरा । अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल...   

बाँदर धपाउन गाउँपालिकाद्वारा ९० थान बन्दुक वितरण

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको...   

विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्प खोज्दै प्रशासन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टिनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top