Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले नेता कार्यकर्ताको भेटघाटको अवसर मात्र जुराएको छैन, अन्य पार्टीसँग नेकपाको सम्बन्धलाई पनि सकारात्मक रूपमा परिभाषित गरेको छ ।

विक्रम सम्वत् २०४६ सालमा बहुदलको पुनर्स्थापनापछि तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले बडादशैंका अवसरमा चियापान कार्यक्रम शुरू गरेका थिए । चियापान एउटा फगत कार्यक्रम मात्र नभएर एउटा अन्तरपार्टी कूटनीतिको पनि हिस्सा रहीआएको छ ।

नेपालको राजनीतिमा बिपी कोइरालाले भारतबाट विसं २०३३ मा स्वदेश फर्केपछि एकता र मेलमिलापका लागि यस्तो चियापानको आरम्भ गरेका थिए । कोइरालाले चियापान समारोह आयोजना गरेपछि अन्य दलहरूले पनि चियापान कार्यक्रम आयोजना गरेर आफ्ना नेता कार्यकर्ता मात्र नभएर अन्य दलका नेताहरूलाई पनि निमन्त्रणा गर्ने चलन नेपाली राजनीतिमा चलीआएको छ ।

बुधवार आयोजित नेकपाको चियापान कार्यक्रममा विभिन्न दृश्यहरू देख्न पाइयो । देशभरिबाट कार्यकर्ताको जमघट भएको थियो । दशैँको कोजाग्रत पूर्णिमाको दिन प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान कार्यक्रमले पनि त्यस्तै प्रकारको राजनीतिक सन्देश दिएको थियो भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आजको चियापानले त्यसलाई निरन्तरता दिएको छ ।

\"\"

पढ्नुहोस् को नेताले के बोले ?

शीकै बारेमा प्रचण्डको सम्बोधन

नेकपाको चियापान समारोहमा उपस्थित नेताहरूले सम्बोधनका क्रममा राजनीतिक विषयलाई जोड दिएका थिए ।

कार्यक्रमको शुरुमै सम्बोधन गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल, भारत र चीनबीचको सुमधुर सम्बन्ध र आपसी सहयोगबाट नेपालले लाभ लिन सक्ने बताए । उनले भारतको सहयोगमा अमलेखगञ्जमा पेटोलियम पाइपलाइन स्थापना भएको स्मरण गर्दै हालै चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणका क्रममा दिएको बचन ऐतिहासिक भएको बताए ।

उनले चिनियाँ राष्ट्रपतिले नेपाललाई ल्यान्डलकबाट ल्याण्डलिंक मुलुक बनाउन दिएको बचन नेपाल र नेपालीका लागि महत्त्वपूर्ण रहेको बताए । उनले सीको नेपाल भ्रमणका धेरै आयाम रहेको बताउँदै दुई देशबिचको विश्वास र समझदारी ऐतिहासिक भएको बताए ।

उनले आफू प्रधानमन्त्री रहेका बेला भारत र चीन भ्रमणका क्रममा आफूले त्रिदेशीय सम्बन्धको बारेमा कुरा उठाएको बताउदै नेपालको हितका लागि यस्तो सम्बन्ध आवश्यक रहेको उल्लेख गरे । उनले राष्ट्रपति सी भारत भ्रमण हुँदै नेपालको राजकीय भ्रमणमा आउनु चीन र भारतबीच पनि सम्बन्ध राम्रो भएको बताउँदै यो नेपालको लागि महत्त्वपूर्ण रहेको बताए ।

देशमा केही भयो कि भएन भनेर बुढाबुढीलाई सोध्नुस – ओली

\"\"

अध्यक्ष प्रचण्डपछि सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भयो कि भएन भनेर बूढाबूढीलाई सोध्न आग्रह गरे । उनले देशमा केही भएन भनेर हल्ला चलाउनेहरूप्रति आक्रोश व्यक्त गर्ने क्रममा यस्तो भनेका हुन् ।

‘कसैले देशमा केही भएन भनेर हल्ला चलाएका छन्, केहीले केही भिन्नतै भएन भन्छन्’ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘मैले भन्ने गरेको छु, सम्भ्रान्तलाई केही फरक परेको छैन । जसको घर छ, गाडी छ, छोराछोरी विदेशमा पढ्छन्, तिनीहरूलाई केही फरक परेको छैन ।’ फरक परेको छ कि छैन भनेर बूढाबूढीलाई सोध्दा थाहा हुने जिकिर उनले गरे ।

‘बूढाबूढीलाई सोध्नुस् त जीवनमा फरक परेको छ कि छैन १ स्वास्थ्य बिमा छ, फरक परेको छ कि छैन १ हरेक नेपालीको बैंक खाता भनेका छौं, फरक परेको छ कि छैन १ हरेक नेपाली जलविद्युत्को शेयरधनी बन्ने परिस्थिति बनेको छ, फरक परेको छ कि छैन १’ प्रधानमन्त्री ओलीले थपे ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपालीुको नारालाई जनताले व्यवहारमै अनुभूत गर्ने गरी मूर्तरूप दिने अभियानमा सरकार रहेको दाबी गरे । ‘विकासको बाटो समाउन चाहेका छौं, समातेका छौं, नयाँ गतिका साथ देशलाई अघि बढाएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक नेपाली जनतालाई सुखी हुने हक छ, जनतालाई त्यो हक व्यवहारमै दिलाउने अभियानमा छौं ।’

उनले हल्लाको पछि नदौडिन अपिल समेत गरे । ‘मानिसहरू नेपाललाई हल्लैहल्लाको देश भन्छन् नि, थियो, अब हल्लाको पनि अर्थ छैन, हल्लाको पछि नदौडिन अपिल गर्दछु’ प्रधानमन्त्री ओलीले भने ।

जनताका लागि धेरै काम भएको ओलीको दाबी थियो । जस्तै बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत कामहरू सरकारले गरेको तर स्वार्थ राख्नेहरूले यस्ता कामहरू नदेख्ने ओलीको आरोप थियो ।

मन्त्रिमण्डल पुनर्गठन हुन सक्दैन – नेपाल

चियापान समारोहमा वरिष्ठ नेता माधवकुमार नेपालले उपनिर्वाचनअघि मन्त्रिमण्डल पुनर्गठन हुन नसक्ने दाबी गरे । सञ्चारकर्मीहरूको प्रश्नमा नेता नेपालले उपनिर्वाचन अघि मन्त्रिमण्डल गठन भए पार्टीलाई घाटा पुग्ने दाबी गरेका थिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले मन्त्रपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुने भएकाले पनि तत्काल मन्त्रिमण्डलमा फेरबदल नहुने बताएका छन् ।

मन्त्रिपरिषद पुनर्गठनको चर्चा चलिरहेका बेला पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले भने ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले गर्‍यो भने उपचुनाव प्रभावित हुन्छ ।’

मन्त्रिमण्डल पुनर्गठन हुन सक्छ – पोखरेल

चियापान समारोहमा नेता नेपालको दाबीविपरित स्कूल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने विचार व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले आफ्ना दलका नेताहरुसँग परामर्श गरेर मन्त्रिपरिषद पुनर्गठन गर्न सक्ने बताएका हुन् ।

‘मन्त्रीहरु परिवर्तन हुन सक्छन,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो, त्यसकारण यसमा अन्यथा टिप्पणी गर्नुपर्ने जरुरी छैन् ।’

उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको विश्वास पनि व्यक्त गरे ।

वामदेवलाई प्रश्न – प्रचण्ड कहिले प्रधानमन्त्री बन्छन् ?

नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताए । सञ्चारकर्मीहरूको प्रश्नमा गौतमले यसअघि आलोपालो गर्ने सहमति भएअनुसार नै प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका हुन् ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्वय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी भद्र सहमति भएको सार्वजनिक भएको थियो । सहमति कार्यान्वयनको विषयमा नेकपाभित्र अझै पनि विवाद देखिएको छ ।

विवादका बीच गौतमले आलोपालो सहमति कार्यान्वयन हुने दाबी गरे । यससँगै गौतमले आफू उपचुनावमा नउठ्ने पनि जानकारी दिएका छन् ।

रामचन्द्र पौडेलले मागे सभामुख र उपसभामुखमा एक पद

चियापान कार्यक्रममा आएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख वा उपसभामुखमध्ये एक पद कांग्रेसलाई चाहिने माग गरे ।

उनले भने, ‘नेकपाले सभामुख र उपसभामुखमध्ये एउटा छोड्नुपर्छ । विधिको शासन हुनुपर्छ ।’ नेता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताएका हुन् ।

पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता पनि व्यक्त गरे । उनले राजनीतिमा देखिएको नैतिक संकटलगायतका विकृति र विसंगतिलाई अन्त्य गर्न राजनीतिलाई सैद्धान्तिक बहसको बाटोबाट अघि बढाउनुपर्नेमा पनि जोड दिएका थिए ।

राजपाका नेता गायब !
चियापान समारोहमा राष्ट्रिय जनता पार्टी ९राजपा०का नेताहरू देखिएनन् । संविधान संशोधनको माग गर्दै आएका राजपाका नेताहरूको मागलाई नेकपाले वेवास्ता गरेपछि पछिल्लो समयमा दुवै दलबीच कटुता पैदा भएको छ ।

तपाईंहरूले नेकपाको चियापान किन बहिष्कार गर्नुभयो भन्ने प्रश्नमा राजपाका नेता महेन्द्र राय यादवले आफू जिल्लाबाहिर रहेको प्रतिक्रिया दिए । खबरडबलीसँग कुरा गर्दै यादवले भने, ‘काठमाडौँमा भएका नेताहरू उपस्थित हुनुपर्ने हो, तर किन जानुभएन भन्ने बारेमा मलाई केही थाहा छैन ।’

यादवले चियापान बहिष्कार गर्ने पार्टीको नीति नभएको प्रष्ट पारे पनि नेकपाको चियापानमा राजपाका कुनै पनि नेताहरू सहभागी नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उपस्थिति अपेक्षा भन्दा कम

चियापानमा करीब १ लाखको उपस्थिति हुने नेकपाले अनुमान गरेको थियो । तर अपेक्षाविपरित करीब २५ हजारको हाराहारीले मात्र चियाखाजा खाएको चियापान कार्यक्रमको क्याटरिङ व्यवस्थापक अर्पण क्याटरिङले बताएको छ ।

कार्यक्रममा सर्वसाधारण र भीआईपीका लागि छुट्टाछुट्टै चिया–खाजाको व्यवस्था थियो । सर्वसाधारणका लागि लड्डु, नमकिन, केरा र चियाको व्यवस्था थियो भने भीआईपीका लागि छुट्टै खाजाको व्यवस्था गरिएको थियो । चियापानका लागि नेकपाले करिब २ हजार भीआईपीलाई बोलाएको थियो ।

तर नेकपाले उपस्थित सबैले चियाखाजा खाएकै हुनुपर्ने नभएको बताएको छ । समारोहमा भेटिएका एक केन्द्रीय कमिटी सदस्यले भने, ‘उपस्थित सबैले चिया खाजा खाएकै हुनुपर्ने भन्ने छैन । कतिपय नखाइकन पनि फर्किनुभएको छ । कतिले चिया खाजा खाए भन्ने कुराले उपस्थितिमा कुनै असर पर्दैन ।’

उनले आफ्नो अनुमानमा ५० हजार भन्दा बढीको उपस्थिति भएको दाबी गरे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies