Khabar Dabali Logo
  January 17, Fri

आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् ।

बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताए ।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले भने ।

ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको पनि अध्यक्ष गौतमले बताए । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उनले बताए । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताए ।

“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उहाँले भन्नुभयो । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो । आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्र अस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

अशोज १९ गते, २०७६ - ०८:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यि हुन् दवाव दिने १७ भाई – ‘पुर्व माओवादीलाई सभामुख नदेउ’

यि हुन् दवाव दिने १७ भाई – ‘पुर्व माओवादीलाई सभामुख नदेउ’

काठमाडौं । विभन्नि एनजिओ र आइनजिओमा संलग्न हुँदै नेपालको द्वन्दलाई उचालिरहेका र डलरवादीको आरोप खेपीरहेकाहरुले...   

गायिका आस्था राउतविरुद्ध प्रहरी जवानद्वारा जाहेरी

काठमाडौं । आफुमाथि ड्युटीका क्रममा अभद्र व्यवहार भएको भन्दै गायिका आस्था राउतमाथि प्रहरी जवान रमिता...   
दुर्गा प्रसाईलाई पक्रन अदालतको आदेश, प्रसाई फरार

दुर्गा प्रसाईलाई पक्रन अदालतको आदेश, प्रसाई फरार

काठामाडौं । विवादमा आईरहन रुचाउने बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न अदालतले...   
परराष्ट्रमन्त्री ज्ञावलीले एमसिसिबारे गरे यस्तो खुलासा

परराष्ट्रमन्त्री ज्ञावलीले एमसिसिबारे गरे यस्तो खुलासा

बुटवल । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एमसीसी परियोजनाको सम्झौता तत्कालिन नेपाली काङ्ग्रेस...   
जागिर खाने हो ? प्रहरीको इन्सपेक्टर र असईमा खुल्यो भर्ना (हेर्नुहोस् बिज्ञापन)

जागिर खाने हो ? प्रहरीको इन्सपेक्टर र असईमा खुल्यो भर्ना (हेर्नुहोस् बिज्ञापन)

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको...   

पार्टीभित्र पूर्वमाओवादीहरूको अपमान भइरहेको छ: हरिबोल गजुरेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीले सभामुखका बारेमा निर्णय गरेपछि निर्वाचन प्रक्रिया सुरु गर्ने...   

उदार प्रवृतिका प्रचण्डले किन छाडेनन् सभामुखको दावेदारी ?

काठमाडौं । पुर्व सभामुख तथा आफ्ना विश्वासिला नेता कृष्णबहादुर महराले जति कमजोरी गरे त्यो भन्दा बढी...   

विप्लव समूहका युवा अध्यक्षलाई आगजनी मुद्दा

काठमाडौं । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय...   
एनसेल प्रिपेड ग्राहकका लागी खुशिको खबर – यस्तो आयो साप्ताहिक प्लान

एनसेल प्रिपेड ग्राहकका लागी खुशिको खबर – यस्तो आयो साप्ताहिक प्लान

काठमाडौं। एनसेलले प्रिपेड ग्राहकका लागि साप्ताहिक मेरो प्लान ल्याएको छ। योजना अन्तर्गत ग्राहकले...   

सभामुख आफैसँग राख्न ओलीका ३ रणनीतिमाथि प्रचण्डको ३ काउण्टर

काठमाडौं । सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त रहेको सभामुखबारे निर्णय गर्न नसक्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top