Khabar Dabali Logo
  October 14, Mon

नेकपाले तोक्यो महानगरमा अध्यक्ष–सचिव (सूचीसहित)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरका छ वटै महानगरमा पार्टी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले महानगर कमिटीको अध्यक्ष र सचिव तोकेको हो ।

बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार ललितपुर महानगरको अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्यलाई चयन गरिएको छ । यसैगरी पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा तोकिएको छ ।

यस्तै, वीरगंज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा विश्वम्बर शर्मा चयन हुनुभएको छ । बैठकले विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिवमा हेम कार्कीलाई तोकेको छ । बैठकमा केन्द्रीय आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, प्रवाश कमिटी र बिभागलाई पुर्णता दिने एजेण्डा रहेको भएपनि अर्काे बैठकका लागि सारिएको छ ।

आवश्यक छलफलपछि अन्तिम प्रस्ताव ल्याएर टुंग्याउन अर्काे बैठकका लागि सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । ‘बाँकी सांगठानिक कामहरू छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउँछ,’ प्रवक्ता श्रेष्ठको भनाई थियो ।

अशोज ४ गते, २०७६ - १९:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषधसहित तीन युवक पक्राउ

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई...   

दुर्घटनामा दुईको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा...   

तीन करोडको विप्रेषण भित्रियो

म्याग्दी । रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दशैँ तिहारलाई लक्षित गरी जिल्लामा...   
सीमा नाका बन्द हुँदा समस्या

सीमा नाका बन्द हुँदा समस्या

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या...   
सडक परियोजनाका लागि २३ करोड डलर दिन अफ्रिकी बैंकको स्वीकृति

सडक परियोजनाका लागि २३ करोड डलर दिन अफ्रिकी बैंकको स्वीकृति

नैरोबी । अफ्रिकी विकास बैंकले केन्याको मुख्य राष्ट्रिय राजमार्ग निर्माणका लागि २३ अर्ब सिलिङ ९करिब...   

म्याग्दीबाट पच्चीस हजार भेडाच्याङ्ग्रा निकासी

म्याग्दी । दशैँलाई लक्षित गरी मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु,...   

सुर्खेतमा पाँच हजार भन्दामाथि अवैध घरेलु मदिरा नष्ट

सुर्खेत । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय...   

प्रहरी निरीक्षकमाथि चोरीको आरोप

धनुषा । धनुषामा एक प्रहरी निरीक्षकमाथि चोरी गरेको आरोप लागेको छ । धनुषाको मिथिला नगरपालिकास्थित इलाका...   

ग्लोबल आइएमईले लाभांश दिने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५।५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको...   

कालीकाेटमा डोजर पल्टिँदा एकको मृत्यु

मान्म । जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top