Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

महानगरका ३३ वडामा डेङ्गु नियन्त्रण कार्ययोजना

कास्की। गण्डकी प्रदेश सरकारले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३ वटै वडामा मन्त्री तथा प्रदेशसभा सदस्यहरुलाई सहजकर्ताको जिम्मेवारी तोकेर नियन्त्रण कार्ययोजना निर्माण गरिएको छ । सामाजिक विकास मन्त्रालयले ‘घर परिवार र सम्पूर्ण समुदायको सहभागिता, डेङ्गुमुक्त गण्डकी प्रदेश हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित वडास्तरमा कार्ययोजना निर्माण गरेर नियन्त्रणको अभियान शुरु गरेको हो ।

प्रत्येक वडामा नियन्त्रण कार्ययोजना निर्माण गरेर विभिन्न सङ्घसंस्था, विद्यालय, स्वास्थ्य संस्था तथा वित्तीय संस्थाहरुको समेत सहकार्यमा खोज र नष्टको अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ । सरकारका मन्त्री, प्रदेशसभाका सदस्य सहजकर्ता तथा सम्बन्धित वडाका वडाध्यक्ष, स्वास्थ्यका प्राविधिक कर्मचारीले वडाका राजनीतिक दल, सङ्घसंस्था, आमा समूह, क्लबलगायतको सहभागितामा आफ्नो वडामा डेङ्गु नियन्त्रण कार्ययोजना निर्माण गरेर सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिने सामाजिक विकासमन्त्री नरदेवी पुनले बताए ।

लामुखट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग भएकाले वडास्तरमा सञ्चालन गरिने कार्यक्रममा हप्तामा दुई दिन सबै स्थानमा खोज र नष्ट गर्ने अभियान चलाउने, डेङ्गु नियन्त्रणका बारेमा सम्पूर्ण विद्यालयलाई जानकारी दिने, वडाभित्रका अनावश्यक टायरको व्यवस्थापन गर्ने र पानी जम्ने स्थानका खाल्डाखुल्डीहरु पुर्ने रहेको छ ।

त्यसैगरी कार्ययोजनामा लामखुट्टेका बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने, वर्कशप, ग्यारेज र फोहरमैला व्यवस्थापन गर्ने, टोल विकास संस्था र नागरिक समाजका व्यक्तिहरुलाई अभिमुखीकरण गर्ने, घर कार्यालय, विद्यालय, होटल तथा सङ्घसंस्थाहरुमा स्वतस्फूर्त रुपमा आफैँ खोज्ने र नष्ट गर्ने गरी जनपरिचालन गर्ने, असुरक्षित कन्टेनरहरुको व्यवस्थापना गर्ने तथा सञ्चारमाध्यमबाट डेङ्गु रोग नियन्त्रणसम्बन्धी सन्देश प्रकाशन गर्नेलगायत छन् ।

पर्यटकीय शहर पोखरामा डेङ्गुको सङ्क्रमण बढ्दै गएर पर्यटनलगायत समग्र क्षेत्रलाई प्रभावित पार्ने खतरा देखिएको तथा सरकार एक्लैले भन्दा पनि समुदायको सहकार्यबाट नियन्त्रण सम्भव हुने भएकाले सरकारले कार्ययोजना निर्माण गरेर नियन्त्रणको उपायहरु शुरु गरेको मन्त्री पुनको भनाइ छ ।

वडास्तरमा सञ्चालन गरिने कार्यक्रमहरुको कार्यान्वयनको अनुगमनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी तथा उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल रहेको समिति गठन गरिएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार जानकारीमा आएअनुसारको पछिल्लो तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा एक हजार ८५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । प्रदेशका प्रत्येक जिल्लाबाट हरेक दिन साँझ निर्देशनालयमा जानकारी गराउने व्यवस्था गरिएको बताउँदै निर्देशनालयका अधिकृत होग्रेथ भुर्तेलले जानकारीमा नआएको र सङ्क्रमित भएर घरमै उपचार गराइरहेकाहरुको सङ्ख्या योभन्दा बढी भएको हुन सक्ने बताए ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा एक हजार ८४४, स्याङ्जामा आठ र पर्वतमा एक जनामा डेङ्गु देखिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा–९ र ८ मा सबैभन्दा बढी प्रभावित बनेका छन् । वडा नं ९ मा ३२६ र ८ मा ३२५ जनामा सो रोग देखिएको बताइन्छ ।

डेङ्गुको सबैभन्दा बढी सङ्क्रमित रहेको वडा नं ८ मा सहजकर्ता रहेका प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले सबै पक्षको बृहत् भेला तथा छलफलबाट नियन्त्रणका योजनाहरु कार्यान्वयन गरिने बताए। स्थानीय जनप्रतिनिधि, स्वास्थ्यका प्राविधिक कर्मचारीको उपस्थितिमा पूर्वतयारी छलफलबाट राजनीतिक दल, सामाजिक सङ्घसंस्थालगायतको भेला गरेर एकीकृत रुपमा कार्ययोजना अघि बढाइने बताउँदै उनले भने, “डेङ्गु हाम्रो लागि अहिलेको विपत्ति हो । यसको नियन्त्रणका लागि सामूहिक र एकीकृत कार्ययोजना निर्माण गरेर अघि बढ्छौँ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies