Khabar Dabali Logo
  October 21, Mon

चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प

चितवन । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प भएको छ । आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्न सरकारले भने चासो देखाएको छैन । कलेज सञ्चालक पनि मौन छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – चिकित्सा शिक्षा संघर्ष समितिका अभियन्ता एवं चितवन मेडिकल कलेजका एमबिबिएस विद्यार्थी प्रकाश चन्द ठकुरीले कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक हरिश्चन्द्र न्यौपाने वार्तामा समेत बस्न नचाहेको बताए । विषयबाट उम्किन उनी जिल्लाबाहिर रहेको विद्यार्थीको आरोप छ ।

एप्रोन लगाएका विद्यार्थी दिनहुँ कलेजको गेटमा जम्मा भएर विरोधका कार्यक्रम गर्दै आएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने वार्ताका लागि पहल गरिरहेको बताए । आफूले समन्वयको भूमिका खेलेको र छिट्टै कलेजका अध्यक्ष, विद्यार्थी र अभिभावकबीच छलफल गराउने उनले बताए ।

कलेजले अतिरिक्त १२ लाखसम्म रकम असुलेको विद्यार्थीको दाबी छ । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छात्रावास, फिल्ड भ्रमण, सूचना प्रविधि, पुस्तकालय, आन्तरिक परीक्षा शुल्कलगायत शीर्षकमा अतिरिक्त ६ लाख मात्रै लिएको बताए ।

अशोज ३ गते, २०७६ - ०८:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल चीन सडक जाेड्ने सडककाे तीन सातामा तीन किलोमिटर ट्र्याक खोलियाे

ताप्लेजुङ । तिब्बतको रिउ बजारमा मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङचुङगोलाबाट सुरु हुने...   

पार्टी मिलीसक्दा पनि मिलेनन् सांसद: दलका पदाधिकारी पूर्ववत् कार्यालयमै

काठमाडौं । संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन...   

ललिता निवास जग्गा प्रकरणकाे छानबिनमा गच्छदार पनि तानिए

काठमाडौं । ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत...   

आलमको त्रासले पिरोलिदैँ पिडित परिवार भन्छन्, ‘दोषी उम्के भने हामी बाँच्न पाउँदैनौँ’

रौतहट। १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका...   

फोहोरबाट उत्पादित बायोग्यास सिलिन्डरमै भरेर आपूर्ति

काठमाडौं । कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन...   

नागढुङ्गा–मुग्लिन सडक छ लेनसम्म विस्तार गरिदैँ

काठमाडौं । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने...   

प्रदेश सरकार आफैँ हेटौँडा-काठमाडौँ सुरुङमार्ग निर्माणलाई तीव्रता दिदैँ

काठमाडौं । हेटौंडा– बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने...   

स्थानिय तहकाे पारिश्रमिक: तलब नै नलिई कसरी चल्छ त जीविका ?

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा...   

नेकपाको नेता नै नभएको भन्दै सांसद पद राजीनामा दिएनन्

काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान...   

रौतहट बम बिस्फोट प्रकरण: घाइतेहरु प्रहरीको सम्पर्कमा, अनुसन्धानमा सहजता

काठमाडौं । २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top