Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

साताको शेयर बजार, एक अर्ब ५६ करोडको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता पनि शेयर कारोवार मापक नेप्से आरोलो लाग्ने क्रम जारी रह्यो । साताभर बजार ‘बियरिस टे«न्ड’ मा रहँदा लगानीकर्ताले नराम्ररी गुमाए । साताभरिमा नेप्से ३३।१९ अङ्कले घट्यो । बजार लगातार ओरालो लाग्दा लगानीकर्ताको सहभागिता पनि घट्यो ।

साताभर कूल १७३ कम्पनीको ६६ लाख ५५ हजार १६४ कित्ता शेयर रु एक अर्ब ५६ करोड तीन लाख ९९ हजार बराबरको कारोवार भयो । गत बिहीबार अर्थात् यही भदौ १९ गते नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१।.०७ विन्दुमा पुगेर बन्द भएको बजार साताको पहिलो दिन पनि घट्दो क्रममा नै शुरु भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । परिसूचक १२.६१ विन्दुले घटेर एक हजार १७८.४६ मा झ¥यो । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहन पुग्यो । कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो ।

सोमबार पनि बजारको अवस्था उस्तै रह्यो । त्यस दिन कूल १७३ कम्पनीको १४ लाख २८ हजार ८३८ कित्ता शेयर रु २९ करोड ९२ लाखमा कारोवार भयो ।

साताको तेस्रो दिन पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से २.२४ विन्दुले घटेर एक हजार १६६.६७ विन्दुमा झ¥यो । कूल १७२ कम्पनीको नौ लाख ९२ हजार १२२ कित्ता शेयर रु २३ करोड ७९ लाख ५९ हजार ६५३ मूल्यमा खरीद–बिक्री भए ।

बुधबार पनि बजार सम्हालिन सकेन । सो दिन नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३।२१ मा पुगेको छ । सो दिन कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोवार भयो ।

यस्तै साताको शुरुआतदेखि नै ओरालो लागेको धितोपत्र बजार अन्तिम दिन पनि पनि नेप्से दबाबमा प¥यो । सो दिन नेप्से परिसूचक ५.३३ अङ्कले घटेर एक हजार १५७.८८ पुग्यो । कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर रु ३७ करोड ६१ लाख ८४ हजार ४९१ मा खरीद–बिक्री भए ।

नेपाल स्टक एक्सचेन्जले यसै साता विभिन्न २१ वटा धितोपत्र व्यवसायीलाई मार्जिन कारोवारका लागि अनुमति प्रदान गरेको छ । मार्जिन कारोवार सुविधा लगानीकर्तालाई प्रदान गर्नका लागि ‘मार्जिन कारोवारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार उनीहरुलाई उक्त अनुमति दिइएको हो । मार्जिन कारोवारका लागि कर्जा प्रवाह गर्ने अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले दिने सुविधाले बजारमा सकारात्मक प्रभाव पर्ने स्टकको विश्वास छ । त्यस्तो सुविधाबाट धितोपत्र कारोवारमा विस्तार भई अर्थतन्त्र थप चलायमान हुने नेप्सेको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies