Khabar Dabali Logo
  January 19, Sun

टी–२० सिरिजको विजेता न्युजिल्यान्ड

एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्ध तीन खेलको टी–२० क्रिकेट सिरिज न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले एक खेल अगावै सिरिज जितेको हो ।

मंगलबार राति भएको दोस्रो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई चार विकेटले हरायो । यससँगै न्युजिल्यान्डले सिरिज २–० ले जित्यो । पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई पाँच विकेटले हराएको थियो ।

श्रीलंकाले दिएको एक सय ६२ रनको लक्ष्य न्युजिल्यान्डले १९।४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । न्युजिल्याण्डको जितमा कोलिन डी ग्रान्डहोम र टम ब्रुसले अर्धशतकीय इनिङ्स खेले । ग्रान्डहोमले ५९ र ब्रुसले ५३ रन बनाए ।

श्रीलंकाका अकिला धनन्जयले तीन विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो ।

श्रीलंकाका लागि निरोसन डिक्वेलाले सर्वाधिक ३९ रन बनाए । अभिस्का फर्नान्डोले ३७, कुशल मेन्डीसले २६ र सेहन जयसूर्याले २० रन बनाए । न्युजिल्यान्डका सेथ रेन्सले तीन विकेट लिए ।

टिम साउथी र स्कोटले दुई दुई विकेट लिएका थिए ।

भदौ १८ गते, २०७६ - ०८:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेब्यु खेलमा नै हालान्डको ह्याट्रिक

डेब्यु खेलमा नै हालान्डको ह्याट्रिक

एजेन्सी । आफ्नो डेब्यु खेलमा नै अर्लिङ ब्राउट हालान्डले ह्याट्रिक गरेपछि बोरुसिया डर्टमन्डले ३–१...   

घाँस झार्ने क्रममा रुखबाट लडेर वडासचिवको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट...   

महिनावारी हुँदा घरको बाटो हिँडेको भन्दै छिमेकी पुरुषबाट कुटिए दुई महिला

कञ्चनपुर । सरकारले महिला हिंसा र कुसंस्कार अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ...   
उम्लिएको दूधले नुहाएर भुइँया महाराजकाे पूजा

उम्लिएको दूधले नुहाएर भुइँया महाराजकाे पूजा

जनकपुरधाम । १२ वर्षीय राजा माझी र १४ वर्षीय शिवनन्दन माझी चुलोमाथि माटोको तौलामा उम्लिरहेको दूध अम्खोराले...   

बजारमा विषादीयुक्त खाद्यान्न नल्याउन सरकारलाई आदेश

काठमाडौं । विषादी प्रयोग गरिएका खाद्यान्न प्रयोग गरिने समयभन्दा अघि बजारमा आउन नदिन अनुसन्धान गरी...   

काठमाडौँ–हेटौँडा जोड्ने भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

काठमाडौं । काठमाडौँ–हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न...   

भारतमा आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै

काठमाडौं । अन्तरराष्ट्रिय मुद्राकोष(आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको...   

निजगढ विमानस्थलका लागि ज्युरिख एयरपोर्टसँग मागियो आशयपत्र

काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलमा रुख कटानको काम रोक्न...   
जेठ १५ देखि गणतन्त्र स्मारक आगामी खुला गरिँदै

जेठ १५ देखि गणतन्त्र स्मारक आगामी खुला गरिँदै

काठमाडौं । आउँदो गणतन्त्र दिवसको दिन अर्थात २०७७ जेठ १५ गतेदेखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक...   
महानगरपालिकाले सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन हटाउदै

महानगरपालिकाले सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन हटाउदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन, पर्चा, पम्प्लेटलगायत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top