Khabar Dabali Logo
  February 24, Mon

‘भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो भएकाे बताएका छन् । परिवर्तनका सकारात्मक संकेत देखिन थालेको र भ्रष्टाचार भए पनि पहिले जस्तो नभएको मन्त्री ज्ञवालीको दाबी छ ।

वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, ‘राजनीति खराबै खराब, चिकित्सक रोगीबाट पैसा मात्रै धुत्छन्, कर्मचारी सबै घुस्याहा नै हुन भन्ने पार्न खोजिँदैछ ।’

मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको बताए । अग्रगति र पश्चगतिको संघर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उनले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताए ।

समाजमा भएका खराबी विरुद्ध लड्ने सामर्थ्य सरकारसँग रहेको उनले बताए । वेल्जियममा सङ्घीयता कार्यान्वयन गर्न ११ वर्ष लागेको स्मरण गर्दै उनले भने, भूकम्प, नाकाबन्दी, चुनावलगायत कयौं अफ्ठ्यारोलाई पार गर्दै नेपालले ७।५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुशी हुनुपर्ने होइन ?’

‘कर्मचारी आएर लौन एक दिन भन्सार जान पाएको छैन, मालपोत जान पाएको होइन भनेर नेताहरुलाई तनाव दिन्थे तर आज भन्सार र मालपोतमा मलाइ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ,’ उनले अघि भने, यसको अर्थ त्यहाँका प्वाल बन्द हुन थालेछ । यो त सत्य हो नि ।’

भदौ ७ गते, २०७६ - २०:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँस्कोटा टेप प्रकरण प्रधानमन्त्रीकै संरक्षणमा भएको छ : नेता महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुल बाँस्कोटाको...   

पार्टी एकता विरोधी तत्वहरुको सपना कहिल्यै पुरा हुँदैन : संयोजक दिपशीखा

झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक...   
सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई...   

एमसीसी अध्ययन कार्यदललाई परराष्ट्रमन्त्री ज्ञवालीको चुनौति : कार्यदलको म्याण्डेट अध्ययन गर्ने मात्र हो

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विवादास्पद अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज...   
सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियाल तीनवर्षे कार्यकाल...   

यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री डा।बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले...   
आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानलाई आवश्यकता र औचित्यका आधारमा...   
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको...   
मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

बारा । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो...   

ललितानिवास प्रकरणः गोप्य फाइल खोतल्दै सिआइबी

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएसँगै केन्द्रीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top