Khabar Dabali Logo
  September 21, Sat

गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’को भिडियो सार्वजनिक भएको छ । १६ वर्षदेखि अमेरिकामा बस्दै आएका उनले आमाको सम्झनामा यो गीत लेखेका हुन् ।

यसै वर्ष आमाको वार्षिकीका लागि नेपाल आएका बखत उनले गीत रेकर्ड गराएका थिए । ‘राजा, नेता र जनता हामी सबैका एउटा न एउटा पिढीले भारी बोकेको छ । दुःख र त्याग गरेको छ र त आजका राजा दरबारमा रहन सके । नेता महल बनाउन सके । जनता राम्रो घर र ठाउमा रहन सके’, गीतको अर्थ खुलाउँदै वसन्तले भने, ‘अहिले पनि धेरै जनता गीतको मर्म जस्तै जीवन जीउन बाध्य छन । हामी बालक र युवा हुँदासम्म हाम्रा बाबा र आमा दुःखै गर्थे । पछि बिस्तारै सुख आउदै थिए सुख भोग नगर्दा बिती गए ।

समन अधिकारीले निर्देशन गरेको भिडियोमा सरोज खनाल, सुनिता उप्रेती, विकास लामिछाने र आरती लामाको अभिनय छ । भिडियोमा शिवराम श्रेष्ठको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियोमा रश्मी सिंहको सहायक निर्देशन छ ।

रेडियोमा गीत सुनेर गाउन थालेका वसन्त संगीतको प्रारम्भमा रामेश र मन्जुलका गीत सुनेर गाउँदै हिँडे । उनले रामेश र अरिमका गीत धेरै सुने । मन्जुलसँग त गीत गाउनै हिडे । ललितपुरको इमाडोलमा जन्मिएका वसन्त हाल अमेरिकाको मेरिल्याण्डमा बस्छन् ।

भदौ ५ गते, २०७६ - १२:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक

काठमाडौं । छ वर्षअघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक पनि सहभागी भएका छन् । वाग्मती...   

साताको शेयर बजार, एक अर्ब ८९ कराडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र...   
नेकपा सचिवालयको बैठक सुरु, यस्ता छन् एजेन्डा

नेकपा सचिवालयको बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ। प्रधानमन्त्री...   

कपडा पेल्ने मेसिन पड्किँदा भारतीय नागरिकको घटनास्थलमै मृत्यु

ताप्लेजुङ । कपडा पेल्ने मेसिन पड्किँदा ताप्लेजुङमा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। सिरक...   

कानून पालना गराउन सरकार कठोर हुन्छ – मन्त्री ढकाल

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना गर्न र...   

शिक्षा प्रणालीमा सुधारको खाँचो – उपराष्ट्रपति पुन

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएको छ। नेपाल शिक्षक...   

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

अमेरिका । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको...   

चितवन मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज,...   

काङ्ग्रेस सभापति देउवाद्वारा प्रदर्शनी अवलोकन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी...   

संविधान जलाउन खोज्ने थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ

बाँके । संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top