Khabar Dabali Logo
  December 16, Mon

प्यारासुट परीक्षण असफल भएपछि युरोपेली अन्तरिक्ष अभियानमा ढिलाइ

स्वीडेनमा भएको प्यारासुट परीक्षण असफल भएपछि युरोप र रुसको संयुक्त प्रयासमा मङ्गल ग्रहमा यान अवतरण गर्ने योजनाको मिति सर्न सक्ने देखिएको छ। प्यारासुटसम्बन्धी परीक्षणमा यो दोस्रो असफलता हो र एक्जोमार्स परियोजनाले थप असफलता बेहोरेमा अबको एक वर्षमा हुने भनिएको मङ्गल ग्रह तर्फको अन्तरिक्ष अभियान सफल नहुन पनि सक्छ।

सन् २०२० को जुलाईका लागि निर्धारित अन्तरिक्ष अभियानका ‌ निम्ति अबको परीक्षण महत्वपूर्ण हुनेछ। यो योजना अन्तर्गत मङ्गल ग्रहको सतहमा एउटा रुसी प्लाटफर्म र एक युरोपेली वाहन अवतरण गराउने उद्देश्य राखिएको छ।

स्वीडेनको किरुनामा गरिएको परीक्षणमा ३५ मिटर व्यास भएको एउटा मुख्य प्यारासुटको जाँच गर्न २९ किलोमिटर माथिबाट मंगलग्रहमा उतारिने वाहनहरूको संयुक्त तौलको प्रतिनिधित्व गर्ने नमुनालाई झारिएको थियो।

त्यो प्यारासुटको काम अन्तरिक्ष वाहनहरूलाई यानबाट मंगल ग्रहको सतहमा उतार्ने क्रममा तिनको गतिलाई कम गर्नु थियो, तर परीक्षणका क्रममा उक्त नमुना तौल तीब्र गतिमै जमिनमा ठोक्किन पुगेको छ।

र नमुना प्यारासुट पहिलो पटकको असफल परीक्षणमा जस्तै च्यातिएको थियो। “यो परीक्षण आठ दिन अगाडि गरिएको थियो त्यसैले अझै हामी अध्ययन गरिरहेका छौँ। हामीले समस्या राम्रोसँग बुझेका छौँ तर अब यो समाधान गर्न हामीसँग एउटा मात्रै मौका छ,” युरोपेली अन्तरिक्ष एजेन्सीका निको डेटमानले भने।

“हामीसँग आगामी नोभेम्बर र अर्को वर्ष फेब्रुअरीमा परीक्षण गर्न सकिने मौका छ। त्यो बेला परीक्षण सफल भयो भने हामी जुलाईमा प्रक्षेपण गर्न सक्छौँ।” उनले बीबीसीलाई भने: “तर यतिबेला हामी यो समस्या समाधान गर्न सक्ने कुरामा विश्वस्त छौँ।”

यदि एक्जोमार्सले सन् २०२० को मौका गुमाएमा अर्को मौका सन् २०२२ मा मात्रै आउने छ। मङ्गल ग्रहमा अन्तरिक्ष यान अवतरण गराउनका लागि आआफ्नै कक्षमा रही सूर्यको परिक्रमा गर्ने मङ्गल र पृथ्वी ग्रहबीचको दुरी अरू बेलाभन्दा सबैभन्दा कम हुनु पर्छ।

साउन ३० गते, २०७६ - ०३:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केन्द्रीय समिति बैठक बहिस्कार गरी काँग्रेस नेता पौडेल पाथीभराको दर्शनमा

ताप्लेजुङ । पार्टीभित्रको आन्तरिक विवाद बढिरहेका बेला काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवारसहित...   
फ्रान्समा शक्तिशाली आँधी : दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

फ्रान्समा शक्तिशाली आँधी : दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

एजेन्सी । फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण...   
भारतमा नागरिकता कानुन विरुद्धको आन्दोलनमा हिंसात्मक हुँदा ६ जनाको मृत्यु

भारतमा नागरिकता कानुन विरुद्धको आन्दोलनमा हिंसात्मक हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा...   

सिन्धुपाल्चोक बस दुर्घटना(अपडेट) : मृतक ६ जनाको सनाखत, ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौं । आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा भएको बस दुर्घटना परी...   

काँग्रेसमा चौधौँ महाधिवेशनको बहस : महाधिवेशनको मिति तोक्ने कि विभाग गठन गर्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता...   
आयुर्वेद स्वास्थ्य केन्द्रमा चरम बेथिति, कार्यलय नआएरै तबल बुझ्छन् कर्मचारी

आयुर्वेद स्वास्थ्य केन्द्रमा चरम बेथिति, कार्यलय नआएरै तबल बुझ्छन् कर्मचारी

महोत्तरी । सदरमुकाम जलेश्वरमा अवस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा चरम बेथिति भेटिएको छ । आयुर्वेद...   
अझै फुकेन देउवा–पौडेलपक्षबीच सहमतिको गाँठो, पौडेल समूहले  केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने

अझै फुकेन देउवा–पौडेलपक्षबीच सहमतिको गाँठो, पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने

काठमाडौं । काँग्रेस संस्थापन पक्षले १४ औं महाधिवेशनको कार्यतालिका पेस नगर्दासम्म केन्द्रीय कार्यसमिति...   
अतिरिक्त शुल्क समायोजन गर्ने चितवन मेडिकल कलेजको घोषणा

अतिरिक्त शुल्क समायोजन गर्ने चितवन मेडिकल कलेजको घोषणा

चितवन । चितवन मेडिकल कलेज (सिएसमसी)ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति...   

चिसोले जनजीवन प्रभावित, सञ्चार सम्पर्क बिच्छेद

बाजुरा । सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित...   
स्वर्ण पदक विजेता मन्देकाजीलाई  नगरपरिक्रमा सहित भक्तपुरले गर्यो उच्च सम्मान

स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित भक्तपुरले गर्यो उच्च सम्मान

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top