Khabar Dabali Logo
  August 7, Fri

नक्कली बाबुछोराको नागरिकता खारेज

जाजरकोट । जिल्ला प्रशासन कार्यालयलाई झुक्याउँदै नक्कली बाबुछोरा बनेर लिएको नागरिकता रद्द भएको छ। मंगलबार अन्नपुर्ण पोष्ट दैनिकमा ‘नक्कली बाबुछोरा बनेर नागरिकता’ शीर्षक समाचार प्रकाशन भएपछि नागरिकता रद्द गरिएको हो। नलगाड–२ का चंखे पुनलाई नक्कली बाबु बनाई कमल पुनको नाममा नागरिकता बनाइएको थियो।

आजको अन्न्पुर्ण पोष्ट दैनकिमा खबर छ नागरिकता ऐन र नियमावलीको दफा १२ बमोजिम झुटो विवरण पेश गरी कमलले लिएको नागरिकता रद्ध गरी कारवाहीका लागि प्रहरीलाई निर्देशन दिइएको छ। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नक्कली बाबुछोरा बनेर नागरिकता लिनेदिने दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस बिषयमा अनुसन्धान भइरहेको प्रजिअ बस्नेतले बताए। प्रहरीले संलग्नलाई किर्ते, नक्कली जालसाँझीमा समेत मुद्धा चलाउने तयारी गरेको छ।

दाङबाट आफन्त खोज्दै जाजरकोट आएका कमलले आफ्नो थर समेत थाहा नभएको बताए। सानै उमेरमा बुवाको मृत्यु भएको र आमाले समेत दोस्रो विवाह गरेपछि उनी बेवारीसे अवस्थामा जाजरकोट आइपुगेको बयानमा बताएका हुन्। नलगाडका चंखेको घरमा केही बर्ष बसेका उनले नागरिकता भए केही ब्यवसाय गर्न सजिलो हुने भन्दै नक्कली बाबुछोरा बनेर नागरिकता लिएको स्वीकार गरे।

चंखे पुन र कौशिला पुनका एकमात्र सन्तान छोरीको बिहे भइसकेको छ। कमलले धर्मपुत्रको रुपमा घरमा बसेर बुढेसकालको साहारा बन्ने भन्दै चंखेलाई नक्कली बाबु बनाएका थिए। नलगाड–२ का वडाध्यक्ष राकुमार जैसीले चंखे पुनलाई बाबु बनाएर कमललाई नागरिक दिलाउन सिफारिस गरेका थिए।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले १० महिनाअघि २०७५ असोज २६ गते कमललाई नेपाली नागरिकताको प्रमाणपत्र दिएका थिए। कमललाई प्रहरी हिरासतमै राखेर केही दिन अनुसन्धान गरिने र अन्य संलग्नलाई आवश्यकताका आधारमा बयानमा बोलाउने प्रहरीले जनाएको छ।

साउन २९ गते, २०७६ - ०६:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजदेखि सिरहाको मिर्चैयामा लकडाउन

सिरहा । सिरहाको मिर्चैया  नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ ।  नगरपालिकाको...   

कोरोना महामारी रोकथामका लागि सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुकको मुख्य प्रशासनिक कार्यालय...   

चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको...   

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशका थप ११ जनाका कोरोना (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र...   

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण...   
दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन

दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन

झापा । दलितसँग विवाह गरेको भन्दै इलामको माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विकले बुबाको अन्तिम...   

अर्थतन्त्र सामान्य हुन नौ महिना लाग्ने : नेपाल राष्ट्र बैंकको सर्भेक्षण

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन...   

कर्मचारी संक्रमित हुँदा सरकारी अड्डा धमाधम बन्द

काठमाडौं । कोरोना संक्रमण बढ्दै गर्दा सरकारी कार्यालयको सेवा प्रभावित हुन थालेको छ । सर्वाेच्च अदालतदेखि...   

देशभर कोरोना संक्रमण दर उच्च, उपत्यकामा झन् खतरा

काठमाडौं । लकडाउन खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । लकडाउन अघिसम्म दैनिक सयभन्दा कम संख्यामा...   

नेपालीको निःशुल्क उद्धार प्रक्रिया सुरु

काठमाडाैं। सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top