Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

रुकुमपूर्वमा स्याउखेती फस्टाउँदै

रुकुमपूर्व। केही वर्षअघिसम्म रहरले स्याउ लगाउने रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुकुमका तीर्थबहादुर पुन अहिले व्यावसायिक कृषक बनेका छन् । उनको बगैंचामा स्याउका करिब तीन सय ५० बिरुवा छन् । ढल्किँदो उमेरमा पनि उहाँलाई स्याउखेतीले उत्तिकै व्यस्त बनाएको छ ।

‘पहिले स्याउ लगाएर मात्र के गर्नु, बिक्री गर्ने ठाउँ हुन्थेन,’ उनले भने, “अहिले त ग्राहक घरमै आउँछन् ।” आफ्नै गाउँघरमा स्याउ फलाएर सफलता पाएपछि खुशी हुँदै उनले भने, “पहिले जुम्ला जाँदा रुखबाट स्याउ टिपेर खाएको थिए । अहिले त्यो अनुभव घरमै गर्न पाएको छु । ”

स्याउको एउटा बिरुवामा दुई सयभन्दा बढी स्याउका दाना फलेका छन् । गतवर्ष एउटै बोटमा सयभन्दा बढी स्याउको दाना फलेको उनले बताए । विसं २०६९ मा जुम्लाबाट व्यापारीले बेच्न ल्याएको ३३० वटा बिरुवा किनेर स्याउ खेती शुरु गरेको पुनले बताए ।

पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माका वासु बुढामगरको बगैंचामा पनि एक हजार स्याउका बिरुवा छन् । ती बिरुवा विगत चार वर्षदेखि फल दिन थालेको उनले बताए । एउटा बिरुवामा तीन सयदेखि पाँच सयसम्म स्याउका दाना लाग्ने गरेको बुढामगरको भनाइ छ ।

उनले भने, “पहिले पहिले जुम्ला तथा रोल्पाको विभिन्न ठाउँमा पुग्दा स्याउ फलेको देखेको र अहिले आफ्नै बगैंचामा फलेको स्याउ टिपेर खान पाउँदा निकै खुशी लागेकोे छ ।” “पहिले स्याउ कहाँ पाउँला जस्तो हुन्थ्यो तर, अहिले स्याउ कहाँ लगेर बिक्री गरौं जस्तो भइसक्यो”, उनले भने । गतवर्ष स्याउ ढुवानी नभएर कुहिएर गएकोसमेत उनले बताए ।

सडकलगायत पूर्वाधार र अन्य सुविधा पुगेसँगै रुकुमपूर्वमा पुन र बुढामगरजस्ता थुप्रै स्थानीयवासी स्याउसँग जोडिएका छन् । उनीहरूको आर्थिक हैसियत पनि माथि उठेको छ । प्रदेश सरकारले प्रोत्साहनको नीति लागू गरेपछि परम्परागत रूपमा थोरै स्याउ लगाउने किसान व्यावसायिक खेतीमा लागेका छन् । उत्पादन ह्वात्तै बढेको छ ।

रुकुम (पूर्व) को उच्च हिमाली क्षेत्रका विभिन्न ठाउँमा लगाएको स्याउमा अहिले राम्रो दाना लागेको छ । यतिबेला जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको पेल्मा, घुइँवाङ, रल्तिजाङ, हुकाम, मयाङ लगायतको क्षेत्र र भूमे गाउँपालिकाको लुकुम, गुणाम, काँक्री, कोर्जा लगायतको ठाउँमा लगाएको स्याउले राम्रो फल दिन थालेको छ ।

कृषि विज्ञका अनुसार स्याउ मध्यम चिसो र हिमाली भेगमा फल्ने गर्दछ । स्याउ खेतीको लागि मलिलो माटो आवश्यकपर्ने भएकोले त्यस्तो खालको माटो रुकुममा भएको किसान बताउँछन् । रुकुम पूर्वको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न ठाउँका नागरिकले जुम्ला, रोल्पाबाट स्याउका बिरुवा किनेर रोपेका छन् । पछिल्लो चरणमा भने स्थानीयस्तरमै स्याउका बिरुवा उत्पादन गर्न थालिएको छ ।

आगामी वर्षमा कलमी गरेर बिरुवा उत्पादन गर्ने सोचमा किसान छन् । परीक्षणकालमै स्याउका बोटले लटरम्म दाना दिन थालेपछि अब व्यावसायिक रुपमा खेती गर्न सकिने किसान बताउँछन् । परीक्षणका क्रममा किसानले प्राविधिकको सल्लाह सुझाव पाउन सकेका छैनन् ।

लगाएको दुई तीन वर्षमै अग्लो र त्यसबाट लटरम्म स्याउ फलेपछि किसान पनि उत्साहित छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँमा पहिलेदेखि नै स्याउखेती गर्दै आए पनि भूमे गाउँपालिकामा भने भर्खरै मात्रामा लगाइएको बताइएको छ । अहिले पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न क्षेत्रका मानिसले दुई सयदेखि एक हजारसम्म स्याउका बोट लगाएका छन् ।

जिल्लाको विभिन्न उच्च क्षेत्रमा व्यावसायिक रुपमा खेती गर्न सकिने भएपछि किसान उत्साहित भएका हुन्। यहाँ फलेको स्याउको स्वाद पनि हिमाली भेगको जस्तै रहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । विस्तारै स्याउ उत्पादन हुने क्षेत्रको पहिचान गरी गाउँपालिकाबाट किसानलाई सहयोग गर्ने उनको भनाइ छ ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश ठाउँमा स्याउ उत्पादन हुने भएपछि सहकारीमार्फत स्याउ उत्पादनलाई जोड दिने निर्णय गरेको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिए । यसैवर्ष पुथा उत्तरगङ्गा गाउँपालिकाको विभिन्न क्षेत्रमा कृषि सहकारीमार्फत २५ हजार स्याउका बिरुवा लगाउने तयारी भइरहेको सहकारीका अध्यक्ष जीताराज बुढाले बताए ।

अहिले स्याउको बोट लगाउनको लागि खाल्डो तयार पार्ने काम भइरहेको पनि उनले जानकारी दिए । गतवर्ष किसानले उत्पादन गरेको स्याउ कुहिएर गएकोले यसवर्ष भने किसानको दुःखलाई खेर जान नदिने गाउँपालिकाले जनाएको छ । यसवर्ष उत्पादित स्याउलाई ढुवानीको लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष घर्तीले बताए ।

बिरुवा उत्पादन, खेती गर्ने तरीका र यस क्षेत्रको भौगोलिक अध्ययनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने किसानको माग छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies