Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सरकारले अविवाहित एकल महिलालाई भत्ता दिने

डोटी । सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यक्रमलाई अगाडि बढाउने भएको छ । कम्तीमा पनि ५० वर्षसम्म बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको नगर प्रमुख मञ्जु मलासीले बताए ।

उनले भने, “कम्तीमा पनि ५० वर्षसम्म बिहे नगरेर एकल जीवनयापन गरिरहेका महिलाको वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक भत्ता दिइने योजना बनाएका छौँ, त्यस्ता महिलालाई भत्ता दिइने छौँ ।” बिहे नगरेर एकल बसेका महिलालाई उक्त कार्यक्रमले आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ ।

नगरपालिकाभित्र ५० वर्षसम्म बिहे नगरी बसेका एकल महिला के कति सङ्ख्यामा छन्, उनीहरुलाई परिचयपत्रको व्यवस्था कसरी गर्ने र सामाजिक सुरक्षा भत्ता कसरी प्रदान गर्ने भन्ने विषयमा विशेष कार्यविधि तयार गरिन लागेको नगरपालिका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिए ।

आगामी मङ्सिर महीनादेखि उक्त कार्यक्रम शुरुआत गर्ने गरी कार्यविधि तयार गरिने नगरपालिकाले योजना बनाएको छ । बिहे नगरी बसेका एकल महिलाका क्षेत्रमा दिपायल सिलगढी नगरपालिकाले यो नौलो कामको शुरुआत गर्न थालेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए । दिपायल सिलगढी नगरपालिकामा ५० वर्षसम्म बिहे नगरेर एकल जीवनयापन गरिरहेका थुप्रै महिला हुनसक्ने अनुमान गरिएको छ ।

घरमा नै सामाजिक सुरक्षा भत्ता

दिपायल सिलगढी नगरपालिका–२ को कार्यालयले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको घरैमा पुगेर सामाजिक सुरक्षा भत्ताबापतको रकम वितरण कार्यक्रम शुरु गरेको छ । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वडाभित्र रहेका अशक्त र बैंकसम्म जान नसक्ने अवस्थामा रहेका वृद्धवृद्धा, अपाङ्गता भएकालाई लक्षित गरी वडा कार्यालयले घरघरमै गएर वितरण गर्ने कार्य गरिएको वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए।

उनले भने, “हाम्रो वडामा भएका बैंकसम्म जान नसक्ने अशक्त, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई सहज होस् भनेर हामीले उहाँहरुको घरमै गएर सामाजिक सुरक्षा भत्ता दिने अभियान चलाएको छौँ, बैंकसम्म जान सक्नेको हकमा बैंक खातामै पैसा जम्मा हुनेछ ।”

एक वर्ष अगाडिबाट नै सामाजिक सुरक्षा भत्ताको लागि सम्बन्धित व्यक्तिको खाता दिपायल पिपल्लामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा खोलेको खातामा नै वडा कार्यालयले रकम उपलब्ध गराउने गरेकामा बैंकसम्म पुग्न नसक्नेका लागि घरैमा नै रकम उपलब्ध गराइएको वडा सचिव लालबहादुर कठायतले बताए ।

सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यमा राष्ट्रिय वाणिज्य बंैक दिपायल शाखाले पनि सहयोग गरिरहेको बैंकका कर्मचारी गणेशबहादुर विष्टले बताए । उनले भने “बैंकमा खाता खेलेका तर बैंकसम्म आउन नसक्ने अवस्था भएका व्यक्तिलाई घरैमा सामाजिक सुरक्षा भत्ता दिन हामीले पनि वडा कार्यालयलाई सहयोग गरिरहेका छौँ, घरैमा भत्ता पाएपछि नागरिक पनि खुशी भएका छन् ।”

वडा कार्यालयले घरैमा सामाजिक सुरक्षाबापतको भत्ता दिन थालेपछि सो वडाका अशक्त, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्ति निकै खुशी हुन थालेको दिपायल सिलगढी नगरपालिका–२ पुनेवाटाका स्थानीय डम्बर कठायतले बताए। उनले भने, “भत्ता लिन बैंकसम्म जान नसक्नेलाई वडा कार्यालयले घरैमा भत्ता दिन थालेको छ, घरैमा भत्ता पाउन थालेपछि नागरिक खुशी छन् ।”

डम्बर कठायतजस्तै वडामा रहेका अन्य वृद्धवृद्धालाई समेत अहिले भत्ता लिनमा सहज भएको छ । वडाका नागरिक र जनप्रतिनिधिबीचको सम्बन्धलाई सुमधुर र नजिक रहेर काम गर्ने मध्यमको रुपमा यस कार्यक्रमलाई लिइएको वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए ।

उनले थप भने, “घरैमा भत्ता दिने कार्यक्रमले बैंकसम्म जान नसक्नेलाई सहज त भयो नै, त्यसमा पनि वडाका नागरिक र जनप्रतिनिधिबीचको सम्बन्ध झन सुमधुर हँदै गएको छ ।” साथै वडालाई हरियाली र वातावरणीय सौन्दर्यता कायम गर्नको लागि ‘एक घर, एक फलफूल बिरुवा वितरण’ कार्यक्रमअन्तर्गत रहेर वडा कार्यालयले वडाभित्र करीब ७०० आँप र २०० लिच्चीका बिरुवासमेत वितरण गरिएको वडासचिव लालबहादुर कठायतले जानकारी दिए ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकाका वडामध्ये अशक्त, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर सामाजिक सुरक्षाबापतको रकम वितरणको अभियान चलाउने यो वडा कार्यालय पहिलो भएको वडाध्यक्ष खड्काको दाबी छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies