Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नेकपाको ‘इन्ट्रेस्टिङ’ एकता प्रक्रिया : कहीँ मन्त्री इन्चार्ज, कहीँ शून्य सइन्चार्ज

काठमाडौं । लामो समयको रस्साकस्सीपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला इन्चार्ज र सहइन्चार्जमा नेतृत्व टुंगिएको छ । आइतवार दिउँसो १ बजे शुरू भएर करीब साढे ३ बजेसम्म बसेको नेकपा सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको हो ।

असारमै टुंग्याउने भनिएको एकता प्रक्रिया नेताहरूको व्यस्तताका कारण लम्बिएको हो । कतिपय विषयहरूमा असहमति पनि रहे । जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाउन ठूलै गृहकार्य गर्नुपरेको नेकपाका एक सचिवालय सदस्यले बताए ।

आइतवार साँझ सचिवालय बैठक सकिएपछि सबैभन्दा पहिला निस्केका सचिवालय सदस्य वामदेव गौतमले महत्त्वपूर्ण विभागहरूमा पहिल्यै अनौपचारिक सहमति भएको बताए । सञ्चारकर्मीहरूसँग मंगलवार बस्ने बैठकले विभागहरूको टुंगो लगाउने जानकारी दिएका गौतमले आफू संगठन विभाग प्रमुख बन्ने घोषणा पनि गरे ।

‘आजको बैठकले विभागको नेतृत्व तोकेन रु’ भन्ने सञ्चारकर्मीको प्रश्नमा गौतमले भने, ‘विभाग मंगलबार टुंगो लाग्छ । तर संगठन विभाग प्रमुख मै हुँ ।’ गौतमको भनाइलाई आधार मान्ने हो भने विभागहरूमा अनौपचारिक सहमति जुटिसकेको पुष्टि हुन्छ ।

जिल्ला सचिवमा घटुवा भएका ४ नेतालाई इञ्चार्ज ‘पुरस्कार’ !

गत वैशाख १० गते जिल्लाको अध्यक्ष र सचिव तोकिएको थियो । भागवण्डा मिलाउने क्रममा तत्कालीन एमाले र माओवादीका जिल्ला अध्यक्षहरूलाई नै अध्यक्ष र सचिव बनाइएको थियो । त्यतिबेला भागबण्डामा ९ जना केन्द्रीय सदस्य सचिव बने । उनीहरूमध्ये अधिकांशले असन्तुष्टि जनाए । केहीले त पद नै अस्वीकार गरे ।

त्यतिबेला सचिव तोकिएका तर असन्तुष्ट बनेका जिल्ला सचिवहरूमध्ये ४ जना अहिले जिल्ला इन्चार्ज बनेका छन् । इन्चार्ज बनाइएपछि खाली रहेको सचिव पद के हुन्छ भन्ने विषयमा नेकपाले कुनै निर्णय गरेको छैन ।

पहिले सचिव तोकिएका प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराज जम्कट्टेल अहिले जिल्ला इञ्चार्ज बनेका छन् । यसरी सचिव बनेका तर असन्तुष्ट भएपछि आज इन्चार्जमा बढुवा बनेर आउनेहरूमा डाचाराम वाग्ले सर्लाही, युवराज भट्टराई रौतहट र जोगकुमार बर्बरिया यादव (श्रवण) धनुषा छन् ।

यसैगरी पहिले सचिव तोकिएका २ नेताले सह(इञ्चार्जको जिम्मेवारी पाएका छन् । दधिराम न्यौपानेलाई रुपन्देही र गोपी अछामीलाई मोरङमा सह(इञ्चार्ज तोकिएको हो । तर पहिले घटुवामा परेका काठमाडौंका हिमाल शर्मा, सिरहाका प्रमोद नारायण यादव र सिन्धुपाल्चोकका दावा तामाङको नाम भने आज सार्वजनिक भएको इन्चार्ज र सह(इन्चार्जको सूचीमा छैन ।

डडेल्धुराका इन्चार्ज खगराज भट्टको असन्तुष्टि !

आजको सूचीअनुसार डडेलधुरामा इन्चार्ज तोकिएका खगराज भट्टले जिल्ला इन्चार्ज अस्वीकार गरेका छन् । आफू असन्तुष्ट भएको भन्दै भट्टले प्रदेश इन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापालाई सन्देश पठाएर आफू इन्चार्ज हुन नसक्ने भनिसकेको दाबी गरेका हुन् । जुनियरको मातहत इन्चार्ज बस्नुभन्दा पार्टीको केन्द्रीय सदस्य नै त्याग्ने उनको जिकिर रहेको छ ।

भट्टले आफू २०६० सालदेखि केन्द्रीय सदस्य रहेर जिम्मेवारी पूरा गरेको दाबी सहित अहिले पहिलोपटक अपमानित महसुस गर्नुपरेको बताए । उनी जुनियर नेताहरूको मातहतमा इन्चार्ज भएर बस्न नसक्ने बताएका हुन् ।

कहीँ १० सह-इन्चार्ज, कहीँ शून्य !

आइतवारको सचिवालय बैठकले टुंगो लगाएको ७७ जिल्लामा कहीँ १० जना सम्म सह(इन्चार्ज छन् भने कहीँ एकजना पनि छैनन् । सार्वजनिक भएको सूचीमा १८ वटा जिल्लामा १ जना पनि सह(इन्चार्ज छैनन् । ताप्लेजुङ, ईलाम, धनकुटा, ओखलढुंगा, सप्तरी, नुवाकोट, काभ्रेपलान्चोक, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, नवलपरासी पश्चिम, गुल्मी, प्युठान, बर्दिया र दार्चुलामा सह(इन्चार्ज छैनन् ।

जिल्लासरहकै हैसियत पाएका महानगरपालिकाहरूमा पनि सह(इन्चार्ज तोकिएनन् । विराटनगर, वीरगंज, भरतपुर, ललितपुर, काठमाडौँ र पोखरा महानगरपालिकामा कुनै सह(इन्चार्ज तोकिएको छैन ।

तर लीला श्रेष्ठ इन्चार्ज तोकिएको सिराहामा अजयशंकर नायकसहित १० जना सह-इन्चार्ज छन् भने, धनुषामा ९ जना, काठमाडौँमा ९ जना र दाङमा पनि ९ जना नै सह-इन्चार्ज छन् ।

पार्टीभित्र शक्तिसन्तुलन मिलाउनका लागि यसो गरिएको एक सचिवालय सदस्यले बताए । अहिले सह-इन्चार्ज नतोकिएका जिल्ला र महानगरपालिकामा नयाँ सहमति अनुसार छिट्टै सह(इन्चार्ज टुंगो लगाउने उनको दाबी छ ।

महिला इन्चार्ज १० जनामात्र !

७७ जिल्ला र ६ महानगरपालिकाको इन्चार्ज तोकेको सत्तारूढ दल नेकपाले जम्मा १० जना महिलालाई समेटेको छ । इन्चार्जको रूपमा तेह्रथुममा जयन्ती राई, रसुवामा विमला सुवेदी, दोलखामा देवी खड्का, काठमाडौंमा सावित्रा भुषाल, स्याङ्जामा पद्मा अर्याल, बाग्लुङमा वलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी रहेका छन् भने भरतपुर महानगरपालिकाको इञ्चार्जमा रेणु दाहाल र ललितपुर महानगरपालिकाको इञ्चार्जमा सुशीला नेपाललाई छनोट गरेको छ ।

समावेशिताको मुद्दा आफ्नो प्रमुख मुद्दा भएको बताउने नेकपाले ८६ निकायको इन्चार्ज तोक्दा जम्मा १० जना मात्र महिलालाई समेट्नु अचम्मको विषय हुन सक्छ । यद्यपि नेकपाले जिल्ला सह-इन्चार्जमा भने २ दर्जन बढी महिलालाई समावेश गरेको छ ।

केन्द्रीय मन्त्री पनि जिल्ला इन्चार्ज !

नेकपामा केन्द्र सरकारमा मन्त्री भएकामध्ये २ जना जिल्ला इन्चार्ज तोकिएका छन् । केन्द्रीय सरकारमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा काभ्रे जिल्लाको इन्चार्ज भएका छन् । बास्कोटा इन्चार्ज भएको काभ्रेमा सह(इन्चार्ज तोकिएको छैन ।

त्यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई स्याङ्जा जिल्ला इञ्चार्जको जिम्मेवारीमा राखिएको छ । स्याङ्जामा सह(इन्चार्ज सीता सुन्दास भएकी छिन् । अर्याल लामो समयसम्म तत्कालीन एमालेबाट स्याङ्जा जिल्लाकी अध्यक्ष रहिसकेकी नेतृ हुन् ।

तत्कालीन माओवादीका काठमाडौँ इन्चार्ज सह-इन्चार्जमा पनि परेनन् !

तत्कालीन माओवादीका काठमाडौँ जिल्ला इन्चार्ज रहेका लेखनाथ न्यौपाने सह-इन्चार्जमा पनि अटाएनन् । काठमाडौँमा तत्कालीन एमालेकी सावित्रा भुसाल इन्चार्ज तोकिएकी छिन् भने सह(इन्चार्जमा अन्जना विशंखे, कुमार पौडेल, दिलिप महर्जन, नारायण सिलवाल, पार्वती थापा, वसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल र सुरेन्द्र मानन्धर तोकिएका छन् ।

९ जना सह-इन्चार्ज तोकिएपनि न्यौपाने परेका छैनन् । केही दिनअघि सम्म काठमाडौँ जिल्ला इन्चार्ज तोकिएकोमा बधाई खाएका न्यौपानेले अहिले नेतृत्वविभाजनमा आफूसँग कुनै सल्लाह नगरिएको गुनासो गरेका छन् । ‘पार्टीभित्र ९-१० जना केन्द्रीय कमिटीका नेताहरू जिल्लाका सह(इन्चार्ज हुनु भनेको नेताहरूलाई ‘डम्प’ गर्नु हो,’ उनले प्रतिक्रिया दिए । यसबाट आफू खुसी पनि नभएको र दुखी पनि नभएको न्यौपानेको प्रतिक्रिया छ ।

यो पनि पढ्नुहोस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies