Khabar Dabali Logo
  August 25, Sun

रेमिट्यान्स्ले धानेकाे देश, कति भित्रियाे एक वर्षमा रेमिट्यान्स् ?

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको अवधिमा आठ खर्ब रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा सात खर्ब ९९ अर्ब दुई करोड रुपैयाँ विप्रेषण भित्रिएको उल्लेख छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ १६.६ प्रतिशतले वृद्धि भई नौ खर्ब पाँच अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०.१ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या सो अवधिमा ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८.२ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.६ प्रतिशतले घटेको थियो ।

साउन ३ गते, २०७६ - २१:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल प्रहरीमा ४ हजार भर्ना खुल्यो, कुन पदका लागि कति ? (सूचना सहित)

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। ३ हजार आठ सय ३१ जनाको दरखास्त माग...   

संविधान जारी गर्ने बेला कयौं अदृश्य दबाब झेल्नुपर्याेः पुर्व राष्ट्रपति यादव

काठमाडाैं । पुर्व राष्ट्रपति रामवरण यादवले पुर्व राष्ट्रपति यादवले संविधान जारी गर्ने समयमा कयौं...   
‘भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ’

‘भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन...   

‘बेटी बचाउ, बेटी पढाऔँ’ अभियानलाई उचाइमा पु-याउन मुख्य मन्त्रीकाे अाग्रह

बारा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई...   
सिन्धुलीमा खेलकुद रंगशालाकाे शिल्यान्यास

सिन्धुलीमा खेलकुद रंगशालाकाे शिल्यान्यास

सिन्धुली । नेकपा स्थायी कमिटि सदस्य तथा पूर्ब कृषिमन्त्री सिन्धुली जिल्ला प्रतिनिधिसभा क्षेत्र नं...   

रवि र अस्मिता कार्कीको मत बाझियाे

चितवन । न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको छ । उनीहरुले दिएको बयानमा...   

हिरासतबाटै रवीको अन्तर्वार्ता : प्रहरी प्रशासनमाथि रविको यस्ताे आक्रोश

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विगत ८ दिनयता प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी...   

हिरासतमा प्रहरी प्रमुखले भेटे रवी लामिछाने, अनुसन्धानमा सहयोग गर्न आग्रह

काठमाडौं । नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले हिरासतमा रहेका रवि लामिछानेलाई भेटेका छन् । शालिकराम...   

दूधको मूल्य चाँडै नै बढाउने तयारी गरेकाे छुः कृषि मन्त्री

हेटौंडा । सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाली बजारमा अझै दैनिक...   

विप्लव नेकपाद्वारा साेमबार चितवन बन्दकाे घाेषणा

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले साेमबार चितवन बन्दकाे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top