Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जोखिम बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने

पर्वत । पर्वत जिल्लामा बाढी र पहिरोको उच्च जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका व्यक्ति र बस्तीहरुलाई स्थानीय तहले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो । नदी किनारका बस्ती, पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दासम्म सधैँ जोखिममा रहने भएकाले जोखिम पहिचान भएका बस्ती र व्यक्तिलाई समेत स्थानान्तरण गर्न स्थानीय तहलाई जिम्मेवार बनाउने निर्णय भएको प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिए ।

गत वर्ष बाढी आएका कारण जलजला गाउँपालिकाका लस्ती, लुङ्गदीमा घर बगाउनाका साथै धेरै घर जोखिममा परेका थिए । कालीगण्डकी नदी, मोदीखोला, सेती खोला, रतीखोला लगायतका नदी र खोला किनारमा बनेका घर र बस्तीसमेत जोखिममा छन् । पर्वतका भङ्गरा, देउराली, धाइरिङ्ग, तिलहार, देउपुर, होस्राङ्गदी लगायतका बस्तीहरुमा गत वर्ष पनि पहिरोको चपेटामा परेका थिए । जथाभावी रुपमा खनिएका कारण धेरै घर र बस्ती जोखिममा छन् ।

सुकुम्वासी र जबर्जस्ती सार्वजनिक जमीन कब्जा गरेरसमेत घर बनाउने काम भएको छ । यस्ता घर र संरचना जुनसुकै बेला बाढीको चपेटामा पर्ने भएकाले स्थानान्तरण गर्न जरुरी रहेको प्रजिअ नेपालले बताए । \'सधैँभरी बाढी तथा पहिरोको जोखिममा रहेका बस्ती र संरचना नहटाएसम्म जोखिम सधैँ रहने भएकाले स्थानीय तहलाई जिम्मेवार बनाएर सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन जरुरी छ\', उनले भने, \'विपद् आउनुपूर्व नै सुरक्षित बनाउन सके जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर यस्तो निर्णय भएको हो ।\'

पर्वत जिल्लाको समग्र विपद् व्यवस्थापनका बारेमा बनाइएको उक्त विपद् प्रतिकार्य योजनामा सात वटा स्थानीय तहमा जोखिमयुक्त स्थानहरुको पहिचान र तत्काल घटना घट्दा चाहिने स्टक सामान सहयोगी निकाय लगायतको सूचनासहितको विवरण उल्लेख गरिएको छ ।

जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले स्थानीय पालिकाहरुले विपद्का बारेमा जिम्मेवार भई बैठकमा उपस्थित हनुपर्नेमा जोड दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies