Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

फेरी नेपाल हिन्दू राज्य नै भएको हेर्ने योगीको ईच्छा

लखनऊ । भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन्। हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन्। ‘हिन्दु राज्य हुँदा नेपाललाई ठूलो फाइदा छ’, नेपाली पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सय करोडभन्दा बढी हिन्दू आबादी भएको भारतका बासिन्दा पनि यही चाहन्छन्।’

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - हिन्दू राज्य बनाउन सके विश्वमा नेपालले आफ्नो अस्तित्व अलग्गै बनाउन सक्ने उनको भनाइ छ। ‘नेपाललाई हिन्दू राज्य बनाउँदा यसको आफ्नै छुट्टै पहिचान बन्न सक्छ,’ उनले भने, ‘बेलायतले हामीलाई सेक्युलर ९धर्म निरपेक्ष० बनायो। बेलायतका प्रधानमन्त्री वा कुनै पनि पदाधिकारीले बाइबल छोएर शपथ लिन्छन्। तर त्यही सेक्युलारिज्ममा हामीलाई गीता छोएर शपथ खान दिइन्नँ।’ नेपालको सिमाना जोडिएको राज्यका मुख्यमन्त्री आदित्यनाथले हिन्दू राज्यको वकालत गर्दै आएका छन्।

भारतका बहुसंख्यक हिन्दू धर्मावलम्बी पशुपतिनाथ मन्दिर र मुक्तिनाथमाथि ठूलो आस्था राख्ने भन्दै नेपालले धार्मिक पर्यटनबाट ठूलो लाभ उठाउन सक्ने उनको भनाइ छ। ‘दक्षिण भारतका हिन्दू मुक्ति प्राप्त हुने विश्वासमा मुक्तिनाथ मन्दिर जान्छन्’, उनले भने, ‘हामीकहाँ पशुपतिनाथ मन्दिर जानैपर्ने धार्मिक मान्यता पनि छ।’ योगी आदित्यनाथको वास्तविक नाम अजय सिंह विष्ट हो। उत्तराखण्डका योगीले गढवाल युनिभर्सिटीबाट बीएससीसम्मको अध्ययन पूरा गरेका थिए। गोरखनाथ मन्दिरका महन्त अवैद्यनाथले उनलाई दीक्षा दिएर योगी बनाएका थिए।

अवैद्यनाथले सन् १९९८ मा राजनीतिबाट संन्यास लिएपछि आदित्यनाथलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए। सन् १९९८ को लोकसभा चुनावमा २६ वर्षको उमेरमा नै उनी सांसद बनेका थिए। उनी गोरखपुरबाट पाँचौ पटक सांसद बनेपछि मुख्यमन्त्री बनेका थिए। उनले हिन्दू युवा वाहिनी गठन गरेर धर्म परिवर्तनविरुद्ध अभियान नै थालेका थिए। उनी विवादित बयानका कारण पनि चर्चामा आइरहन्छन्। उनी मुख्यमन्त्री भएपछि गोरखपुरलगायत उत्तर प्रदेशका धेरै ऐतिहासिक स्थलका नाम फेरेका थिए। गोरखपुरको उर्दू बजार हिन्दी बजारमा र अलीनगरको नाम फेरिएर आर्यनगर बनाइएका थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies