Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डसँग सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका छन् । खेलकूद क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उक्त अवार्डका लागि घोराही इन्डष्ट्री प्रालिको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका हुन् ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले घोराही सिमेन्टका निर्देशक आदित्य साङ्घाई र टर्किसका नेपाल जनरल म्यानेजर अब्दुल्लाहसंँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतानुसार सगरमाथा सिमेन्टले अवार्डका लागि रु पाँच लाख उपलब्ध गराउने छ । त्यस्तै अर्को सम्झौतामा टर्किस एयरलाइन्सले वर्षको पुरुष र महिला विजेता खेलाडीलाई टर्किस एयरलाइन्सको सेवा भएको कुनै पनि गन्तव्यको रु पाँच लाख बराबरको दुई थान दुईतर्फी हवाई टिकट उपलब्ध गराउनेछ ।

त्यस्तै एयरलाइन्सले खेलकूद पत्रकार मञ्चका सदस्यलाई हवाई टिकटमा १० प्रतिशत छुटको व्यवस्था गर्नेछ । मञ्चले सिफारिश गरेको राष्ट्रिय खेलाडीलाई समेत हवाई टिकटमा १० प्रतिशत छुट दिनेछ । सम्झौता एक वर्षको छ ।

यही असार १७ गते हुने उक्त अवार्डबाट १० विधामा खेलाडी, प्रशिक्षक, खेलकर्मी र पत्रकारलाई सम्मान गरिनेछ जसमा पिपुल्स च्वाइस विधाको मनोनयन भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

त्यस्तै वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयन छिट्टै सार्वजनिक गरिने आयोजक मञ्चले जनाएको छ । स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, टिम अफ द इयर र पारा एथ्लिट अवार्ड भने अवार्ड कार्यक्रमकै दिन घोषणा हुनेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies