Khabar Dabali Logo
  July 17, Wed

अब स्थानीय तहमा दातृ निकायले काम गर्न नपाउने – मन्त्री पण्डित

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताए ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उहाँले भन्नुभयोनले भने, “दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तह क्षमता विकास कार्यक्रमसँग समन्वय गरेर मात्र काम गर्नुपर्दछ ।”

मन्त्री पण्डितले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको क्षमता बढाउनका लागि निरन्तर सरकारले काम गरिरहेको बताए । उनले सङ्घीयता कार्यान्वयनको चरणमा शुरु शुरुको बेलामा काममा अप्ठ्यारा भए पनि अहिले भने कानून र कर्मचारी पुगेकाले सजिलो भएको उल्लेख गरे ।

उनले स्थानीय तहले आफूसँग भएको अधिकार पर्याप्त प्रयोग नगर्दा अहिले काम नदेखिएको भन्दै अधिकार प्रयोग गरी परिमाण ल्याउने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठले यहाँका स्थानीय तह र विदेशका स्थानीय तहको सेवा सञ्चालनको अभ्यासबारे जानकारी गराउने उद्देश्यले सम्मेलन गरिएको जानकारी दिए ।

उनले सम्मेलनले स्थानीय तहको जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासका लागि भएको नीतिगत व्यवस्था, चुनौती र समाधानका उपायबारे समेत छलफल हुने बताए । सम्मेलनमा स्थानीय तहका क्षमता विकास, नीति नियम, चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरिने छ ।

सम्मेलनमा जापान, भारतबाट आएका स्थानीय तहका विज्ञले समेत आफ्नो अनुभव साटसाट गर्ने प्रतिष्ठानका व्यवस्थापक अधिकृत योगमाया सापकोटाले जानकारी दिए। सम्मेलनमा उपत्यकाका १०० जना जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको छ ।

असार ५ गते, २०७६ - १३:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाममा हतियारसहित २ जना पक्राउ

इलाम । इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...   

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, अझै यी स्थानहरुमा भारी बर्षाको संभावना

काठमाडौं। देशको पहाडी तथा तराईका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । फलस्वरुप देशका पहाडी...   

चितवनमा हात्तीको आक्रमणबाट घटनास्थलमै एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

हेटौंडाबाट फाखेल हुँदै काठमाडौँ जाने सडक अवरुद्ध

काठमाडौं । वर्षाको कारण हेटौंडाबाट फाखेल हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग अवरुद्ध भएको छ । वर्षाका...   

उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

सिरहा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त...   

वडासचिव कार्यालयमै मदिरामा पिएर लठ्ठ अवस्थामा भेटिएपछि…

काठमाडौं । कञ्चनपुरमा कार्यालयमै मदिरामा लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ...   
खुट्टा ढोग्न निहुरिएकी गर्भवती छोरीमाथि चक्कु प्रहार, शव फुटपाथमा भेटियो

खुट्टा ढोग्न निहुरिएकी गर्भवती छोरीमाथि चक्कु प्रहार, शव फुटपाथमा भेटियो

काठमाडौं। भारतको मुम्बईस्थित घाटकोपरक्षेत्रमा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको...   

बजारमा सुनको मुल्य कति छ ?

काठमाडौं । पछिल्लो केहि दिनदेखि सुनको मुल्य नेपाली बजारमा स्थिर रहेको छ । गत शुक्रबारदेखि सुनको मुल्यमा...   

मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले...   
अमेरिकी राष्ट्रपति ट्रम्प र चार महिला सांसदबीच आरोप प्रत्यारोप

अमेरिकी राष्ट्रपति ट्रम्प र चार महिला सांसदबीच आरोप प्रत्यारोप

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश फर्कन भनेका आप्रवासी मूलका चार महिला सांसदहरूले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top