Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

साताको शेयर बजार, चार अर्ब माथिको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ बराबरको शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक १६. ८६ बिन्दुले बढेको छ ।

साताको पहिलो दिन एक हजार ३०२.६१ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन एक हजार ३१९.४७ बिन्दुमा पुग्यो । साताभर कूल १७४ कम्पनीको एक करोड ३६ लाख ६३ हजार २७१ कित्ता शेयर कारोवार भए ।

सरकारले आगामी आर्थिक वर्षको बजेट यसै साता सार्वजनिक ग¥यो । बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन अर्थात् मङ्गलबार आठ अङ्कले बढेको बजार बजेट आएको दिन र त्यसको भोलिपल्ट अर्थात् बिहीबार भने सामान्य अङ्कले मात्रै वृद्धि भयो ।

नेपाल स्टक एक्सचेञ्जका अनसार साताको पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । सो दिन कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको थियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको थियो । रु एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा त्यस दिन कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर रु ६२ करोड ६२ लाख एक हजार ६६६ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको दोस्रो सदन अर्थात् सोमबार शेयर बजारमा झिनो अङ्कले सुधार आयो । कारोवार मापक नेप्से परिसूचक ०.३४ बिन्दुले बढेर एक हजार ३०२.९६ अङ्कमा पुग्यो । नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रह्यो । कूल १७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता शेयर रु ५१ करोड ९५ लाख ५६ हजार ७९३ मूल्यमा खरीद बिक्री भए । 

यस्तै साताको तेस्रो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । उक्त दिन  कारोवार मापक नेप्से परिसूचक २।५३ बिन्दुले बढेर एक हजार ३०५.४९ अङ्कमा पग्यो ।  स्टकका अनुसार कूल १६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता शेयर रु ७५ करोड ६८ लाख ९१ हजार ६१३ मूल्यमा खरीद बिक्री भए । 

बुधबार शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ८.३९ अङ्कले बढ्यो । कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर रु ९० करोड आठ लाख पाँच हजार ९६० मूल्यमा खरीद बिक्री भए ।

साताको अन्तिम दिन अर्थात् बिहीबार रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लाग्यो । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव मात्रै प¥यो ।

सो दिन कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलव ४७ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको थियो । सो दिन कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोवार भए ।

यस साता स्टकमा विभिन्न तीन कम्पनीका शेयर सूचीकृत भए । त्यसमा गुराँस लघुवित्त वित्तीय संस्थाको सात लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भयो । यस्तै विजय लघुवित्त वित्तीय संस्थाको एक लाख ७७ हजार १०० कित्ता शेयर लाभांश र रिलायन्स फाइनान्सको तीन लाख एक हजार २७४ कित्ता शेयर लाभांश सूचीकृत भएको स्टकले जनाएको छ ।

कारोवारका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । प्रभु बैंक शीर्ष स्थानमा रहदा शिवम् सिमेन्ट, नेपाल बैंक, माथिल्लो तामाकोशी, जनता बैंक, एनसिसि बैंक, मेघा बैंक, सिभिल बैंक, ज्योति विकास बैंक र कृषि विकास बैंकको शेयर क्रमशः बढी कारोवार भए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies