Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सञ्चार क्षेत्रबाट आएका सुझावका आधारमा बिद्येयकलाई प्रेसमैत्री बनाउन सरकार तयार

काठमाडाैं । मिडिया काउन्सिल बिद्येयकलाई सञ्चार क्षेत्रबाट आएको सुझावका आधारमा समृद्ध र प्रेसमैत्री बनाउन सरकार तयार रहेको जनाएकाे छ । मिडिया काउन्सिल बिद्येयकको बिषयलाई लिएर प्रेस संगठन नेपालको ज्ञापनपत्र बुझेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सबैको सुझावका आधारमा बिद्येयकलाई समृद्ध बनाउने बताए ।

‘सरकारले असल नियतले बिद्येयक ल्याएको हो, यसलाई सुझावको आधारमा समृद्ध बनाउँछौं, फिर्ता भने हुन्न,’ मन्त्री बाँस्कोटाले भने । उनले काम गर्दा केही त्रुटी हुने भन्दै बैरीको ब्यवहार नगर्न आग्रह गरे । ‘काम गर्दै जाँदा एउटा, दुईटा शब्द पर्यो होला, त्रुटी भए होला, संसद छ, सच्याउने ठाउँ छ, सच्चिन्छ, सरकारको नियत पनि गलत छैन, त्यसैले मिडियाका साथीहरुले एकदमै बैरी जस्तो ब्यवहार गर्नुभएन, बैरीजस्तो ठान्नुभएन,’ सञ्चार जगतसँग मन्त्री बाँस्कोटाको भनाई थियो ।

‘मिडिया काउन्सिल बिद्येयकको बिषयमा जति पनि बहशहरु भएका छन, त्यसले यो बिद्येयकलाई समृद्ध बनाउन सहयोग पुगेको छ, प्रेस संगठनले जुन मागसहितको ज्ञापनपत्र बुझाएको छ, यसलाई बिधि र प्रक्रियाबाट समाविष्ट गरी बिद्येयकलाई समृद्ध बनाउन सरकार लाग्नेछ,’ सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले भने । उनले बिद्येयक ल्याउँदा कँही त्रुटी भएको भए सच्याउने बाटो रहेको भन्दै सरकारले प्रेस स्वतन्त्रता हनन हुने गरी कुनै पनि कानून नबनाउने प्रष्ट पारे ।

यस्तो छ प्रेस संगठनको ज्ञापनपत्र

माननीय मन्त्रीज्यू
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सिंहदरबार, काठमाडौं

विषय ः ज्ञापनपत्र ।
महोदय,
नेपालको संविधानले पूर्ण स्वतन्त्रतासहित विचार र अभिव्यक्ति स्वतन्त्रतालाई आधारभूत मान्यताका रुपमा स्वीकार र संस्थागत गरेको छ । जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रले व्यवस्था गरेको यस आधारभूत मान्यताको रक्षा र प्रबद्र्धन गर्नु हामी सबैको कर्तव्य र दायित्व हो भन्नेमा दुई मत छैन । आमसञ्चार क्षेत्रमा गर्नुपर्ने समग्र कामका साथै सरकारले हालै संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ का सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस विधेयकमा राखिएको जरिवानासहितका कतिपय प्रावधानका कारण आमपत्रकारहरु गम्भीर बनेका छन् । यसर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस स्वतन्त्रतालाई साँचो अर्थमा सुनिश्चित गर्ने गरी श्रमजीवी पत्रकार, साना लगानीका मिडिया एवं सञ्चारकर्मीहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरेर आर्थिक रुपमा आत्मनिर्भर बनाउन गरेका काम र चालेका सकारात्मक कदमहरु यस विवादले गर्दा ओझेलमा परेको आभास हामीलाई भएको छ ।

संविधान मूल कानुन रहेको सन्दर्भमा नयाँ ऐन, कानुन र नियमहरुको तर्जुमा र कार्यान्वयन गर्दा कहींकतै जटिलता नआउने गरी आवश्यक प्रबन्ध मिलाउनु पर्दछ । कतिपय बिषयमा समस्या आएमा सच्याउनका लागि समेत बाटो खुल्ला रहने लोकतान्त्रिक प्रक्रिया भएकाले समग्र सञ्चार क्षेत्रमा निम्न बमोजिम कार्य गर्न र मिडिया काउन्सिल विधेयकमा सुधार गर्न माननीय मन्त्रीज्यू समक्ष ज्ञापनपत्र प्रस्तुत गर्दछौँः

१.आमसञ्चार क्षेत्रमा अविलम्ब गर्नुपर्ने कार्यहरु

क.नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलका लागि विज्ञापनरहित प्रशारण (क्लिन फिड) नीतिको व्यवस्था तत्काल लागू गरियोस ।

ख. सबै सञ्चारमाध्यमको विकासका लागि समानुपातिक विज्ञापन नीति अबिलम्ब लागू गरियोस ।

ग. समानुपातिक विज्ञापन प्रणाली लागू नहुँदासम्म हाल सूचना तथा प्रसारण विभागबाट वितरण गरिदैं आएको लोककल्याणकारी विज्ञापनमा कम्तीमा २५ प्रतिशत रकम बृद्धि गरियोस ।

घ.अनलाइन मिडियालाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था तत्काल थालनी गरियोस । अनलाइन मिडियाहरुको नवीकरणमा कायम रहेका विद्यमान झञ्झटपूर्ण अवस्थालाई तत्कालै सहज बनाइयोस ।

ङ.श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक कार्यान्वयनको ग्यारेन्टी गर्न नियुक्तिपत्र र बैंक खातामा नै पारिश्रमिक भुक्तानीको ब्यवस्था गरियोस । सम्बन्धित सञ्चार संस्थाको पत्र, नियुक्ति पत्र र बैंक खातामा पारिश्रमिक जम्मा भएको कागजका आधारमा प्रेस पास पाउने व्यवस्थालाई सहज बनाइयोस ।

च. दुई करोडसम्म वार्षिक कारोबार हुने र सात जनासम्म सञ्चारकर्मीहरु कार्यरत रहेका मिडियामा न्यूनतम पारिश्रमिकको विषयमा आपसी समझदारीमा हुने व्यवस्था गरियोस ।

छ. कुनै पनि देशमा विदेशीलाई मतदान र अभिव्यक्ति स्वतन्त्रताको सुविधा नहुने भएकाले सञ्चार क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष विदेशी लगानीमा बन्देज लगाइयोस ।

ज. एउटै सञ्चारगृहले सबै प्रकारका सञ्चारमाध्यम (छापा, रेडियो, टीभी, अनलाइन) मा एकल आधिपत्य कायम गर्न नपाइने व्यवस्था गरियोस । कुनै एक प्रकारका मिडियामा शतप्रतिशत लगानी रहेमा अन्यमा १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने गरी क्रस होल्डिङबारे स्पष्ट व्यवस्था गरियोस ।

झ. देशका विभिन्न राष्ट्रिय भाषा, संस्कृति र सभ्यताको सम्बद्र्धनका लागि विशेष जागरणमूलक योजना तर्जुमा र कार्यान्वयन गरियोस ।

ञ. सरकारी सञ्चार माध्यमहरुमध्ये रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण सेवा (पब्लिक सर्भिस ब्रोडकास्टिङ) मा रुपान्तरण गरियोस । गोरखापत्र र राससलाई अझै व्यावसायिक, स्वायत्त र प्रतिस्पर्धात्मक बनाइयोस ।

ट. नक्कली समाचार (फेक न्युज), प्रायोजित समाचार (पेड न्युज), गालीगलौज, चरित्रहत्या र सार्वजनिक शिष्टाचारविपरितका समाचारको प्रकाशन र प्रशारणमा नियन्त्रण गरी सञ्चारमाध्यमहरु व्यावसायिक र विश्वसनीय बन्ने वातावरण सुनिश्चित गरियोस ।

ठ. जेष्ठ पत्रकारहरुको जीविकोपार्जनलाई सहज बनाउन कार्यक्रम ल्याइयोस ।

ड. सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनहरुको निर्माण गर्ने सिलसिलामा यस क्षेत्रका सरोकारवालाहरुसँग राय, परामर्श र छलफल गरी स्वतन्त्र र प्रेसमैत्री कानुन निर्माण गरियोस ।

२.प्रस्तावित मिडिया काउन्सिल विधेयकमा गरिनुपर्ने सुधार

क. स्वनियमलाई सुनिश्चित र स्पष्ट पार्ने गरी बुँदा नम्बर ६ को प्रस्ताव गरिएको छ । यसलाई कार्यान्वयन गरियोस । आमसञ्चार माध्यमहरुलाई स्वनियमनमा अघि बढ्न उचित प्रोत्साहित गर्ने गरी संयन्त्रगत प्रबन्ध गरियोस ।

ख. मिडिया काउन्सिललाई आमसञ्चार क्षेत्रमा क्रियाशील स्वायत्त, स्वतन्त्र र स्वशासित निकायका रुपमा स्थापित गरियोस ।
ग. विधेयकको बुँदा १८ मा रहेको ‘…२५ हजारदेखि दश लाख रुपियाँसम्म जरिवाना गर्नसक्ने’ र क्षतिपूर्ति भराउने सम्बन्धी ब्यवस्था हटाइयोस । र, उक्त स्थानमा काउन्सिलले उजुरीकर्ता र सञ्चारमाध्यमबीच मध्यस्थता र मेलमिलापको पहल गर्ने ब्यवस्था गरियोस् । यदि त्यसो गरेर विवाद समाधान भएन भने असहमत पक्ष उच्च अदालतमा पुनरावेदनमा जानसक्ने र त्यसको सुनुवाई उच्च अदालतबाट हुने व्यवस्था गरियोस ।

घ. नियुक्तिको लागि योग्यताअन्तर्गत बुँदा ८ मा अध्यक्षको हकमा १५ वर्षको अनुभव तथा सदस्यको १० वर्षे अनुभव कायम गरियोस ।

ङ. बुँदा नं ९ मा अध्यक्षमा नियुक्ति भएपछि मिडियाको सम्पादक, प्रकाशक वा व्यवस्थापक कायम नरहने व्यवस्था गरियोस् ।

च. २८ मा काउन्सिललाई निर्देशन दिनसक्ने प्रस्ताव रहेकोमा मन्त्रालयले आवश्यक समन्वय गर्ने व्यवस्था मिलाइयोस ।

महेश्वर दाहाल, संयोजक

गणेश बस्नेत सहसंयोजक 

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies