Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी महिला खेलाडि, जसले इतिहासमै पहिलो पटक आफू समलिङ्गी भएको घोषणा गरिन्

एजेन्सी । भारतकी तेज धाविका दुती चंद आफू समलैङ्गिक सम्बन्धमा रहेको खुला रूपमा बताउने पहिलो भारतीय खेलाडी भएकी छन्।

२३ वर्षीया खेलाडी चंदले आफ्नै गाउँकी एकजनासँग पाँच वर्षदेखि उक्त सम्बन्धमा रहेको बताएकी छन्।

सन् २०१८ मा भारतको सर्वोच्च अदालतले समलैङ्गिक यौन सम्बन्धलाई अपराध नमान्ने ऐतिहासिक फैसला गरेका कारण आफू आफ्नो यौनिकताबारे बोल्न प्रोत्साहित भएको उनले बताएकी छन्। तर आफ्नै परिवारका केही सदस्यले अझै उनको सो सम्बन्ध नस्वीकारेको उनले बताइन्।

\'मेरो गाउँ (चाका गोपालपुर) कै एकजना १९ वर्षीया युवतीसँग मेरो विगत पाँच वर्षदेखि सम्बन्ध रहेको छ,\' हाल हैदराबादमा प्रशिक्षणमा रहेकी उनले पत्रकारहरूलाई बताइन्।

\'मैले मेरो आत्मीय मित्र भेट्टाएकी छु। प्रेम गर्ने स्वतन्त्रताको म सधैँ पक्षधर हुँ। प्रेमभन्दा ठूलो कुनै भावना छैन,\' उनले भनिन्।

विस्तारै भारतमा व्यवहारहरू बदलिन थालेको भए पनि चंदले समाचार संस्था पिटिआइसँग कुरा गर्दै उनको परिवारका केही सदस्यले उनको निर्णय नस्वीकारेको भन्दै उनकी दिदीले उनलाई परिवारबाट निकालिदिने धम्की दिएको बताइन्।

\'मेरो दिदीलाई लाग्छ कि मेरी मित्रलाई केवल मेरो सम्पत्तिमा चासो छ। यो सम्बन्धका कारण उनले मलाई जेल पठाइदिने भनेकी छन्,\' चंदले भनिन्।

कुनै पनि विश्वव्यापि प्रतियोगिताको फाइनलमा पुग्ने चंद पहिलो भारतीय धावक हुन्। सन् २०१३ को विश्व युवा च्याम्पियनसीपमा उनी फाइनलमा पगेकी थिइन्।

सन् २०१४ मा उनलाई भारतीय एथलेटिक्स महासंघले हर्मोन परीक्षणमा विफल भएको भन्दै उनीमाथि प्रतिबन्ध लगाएको थियो। उनमा अस्वाभाविक रूपमा धेरै टेस्टोस्टेरोन हर्मोन पाइएको थियो।

टेस्टोस्टेरोन भनेको पुरुषको यौन विकासको लागि जिम्मेवार मानिने हर्मोन हो।

तर पछि चंदको कानुनी टोलीले सन् २०१५ को मार्च महिनामा महासंघको उक्त निर्णय विभेदपूर्ण तथा गलत रहेको पुष्टि गराउन सफल भएको थियो।

त्यसको लगत्तै सन् २०१६ को रियो ओलिम्पिक्समा उनी छानिएकी थिइन् र सन् २०१८ मा उनले एसियाली खेलकूदमा दुईवटा रजत पदक जितेकी थिइन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies