Khabar Dabali Logo
  June 2, Tue

कलिलैमा स्कुल पठाउँदा बालबालिकाको मस्तिष्कमा असर त हुँदैन ? थाहा पाउँनुहोस्

काठमाडौं । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ ।

सहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुवै कामकाजी त्यसैले कलिलै उमेरमा केटाकेटीलाई स्कुल पुर्‍याएर व्यस्त दैनिकी भ्याउनु उनीहरूको पनि वध्याता हो । सानै उमेरमा स्कुल पठाउँदा उनीहरूलाई धेरै शैक्षिक सामग्री प्रयोग गर्न दिइन्छ । धेरै कुरा सिकाइन्छ । त्यो भार उनीहरूको क्षमताले नधान्ने विज्ञको भनाइ छ ।

अमेरिकामा गरिएको ‘रिडिङ इन किन्डरगार्डेन लिटल टु गेन एन्ड मच टु लुज’ नामक रिपोर्टमा प्राध्यापक न्यान्सी कार्ससन–पेग र उहाँका सहकर्मीले बालबालिकालाई कलिलै उमेरमा पढाउनु खतरा हुने उल्लेख गर्नुभएको छ ।

बालरोग विशेषज्ञ रमेश मल्लले हामी विद्यालयको भन्दा आफ्ना नानीबाबुमा दोष देख्छौँ, यो गलत हो भन्नुभयो । बालविशेषज्ञ मल्ल भन्नुहुन्छ, ‘‘पढाइ सामग्रीमा राम्रो गर्न नसक्ने बालबालिकालाई पढाइमा सुस्त भएको भनिन्छ, यो भन्नु गलत हो, सबै बच्चामा छिटो सम्झन सक्ने क्षमता हुँदैन तर त्यो बच्चालाई सुस्त भन्न मिल्दैन ।’’

मनोचिकित्सक रिचा अमात्य भन्नुहुन्छ, ‘‘कक्षामा सबै बालबालिकाले एउटै रफ्तारमा सिक्नुपर्छ भन्ने मान्यतामा विद्यालय आधारित हुन्छ, यही कारण बालबालिका विभिन्न रोगको सिकार हुनपुग्छन् ।’’

अरूसँग बोल्न डराउने, विद्यालय जान हिच्किचाउने, खान मन नगर्ने, विद्यालय जानुप¥यो भने विभिन्न बहाना गर्नेजस्ता समस्या आउन सक्ने डा। अमात्यले प्रष्ट पार्नुभयो । यदि शिक्षकले भनेको कुरामा बालबालिकाले ध्यान दिइरहेका छैनन्, धेरै समय कल्पना गरिरहेका छन् वा आफ्नो सिटमा छटपटिएर बसिरहेका छन् भने उनीहरूलाई एकाग्र हुन नसक्ने विकार ‘एटेन्सन डेफिसिटर हाइपर एक्टिभिटी डिसअर्डर (एडीएचडी)’ हुन सक्ने जानकारी उहाँले दिनुभयो । यो समाचार यलु जोशीले गोरखापत्रमा लेखेकी छन् ।

जेठ ५ गते, २०७६ - ०९:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारको मृत्यु, ६३ लाख ७४ हजार संक्रमित

कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारको मृत्यु, ६३ लाख ७४ हजार संक्रमित

पेरिस। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु...   

मोदीलाई नारायणकाजी श्रेष्ठको आग्रह – पशुपतिनाथको आशीर्वाद लिएर पवित्र भूमिको एक इन्च भूमि पनि लिँदैनौ भनेर सच्चिनुस्

काठमाडौँ । नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र...   

कोरोना महामारीकै बेला फेरि इबोलाका रोगी देखिए, चार जनाको मृत्यु

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक...   
सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

काठमाडौं । सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने...   

फेरि अर्को चक्रवातः नेपालमा पर्नेछ यस्तो प्रभाव

काठमाडौं । नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून...   
नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

काठमाडौं । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित...   

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ गते

हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । प्रदेशसभाको बजेट अधिवेशन यही जेठ...   

क्वारेन्टाइनमा रहेकि २२ वर्षीया युवतीको मृत्यु

बैतडी । बैतडीमा क्वारेन्टाइनमा रहेकि एक युवतीको मृत्यु भएको छ । युवतीको पुर्चौडी नगरपालिका–४ भटनाको...   

सोती घटना प्रकरणः राष्ट्रिय मानवअधिकार आयोग शुरु गर्यो अनुसन्धान

रुकुम । रुकुम पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय...   

कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो

काठमाडौं । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top