Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ठेकेदारले काम नगर्दा मध्य भोटेकोशी समस्यामा

काठमाडौँ ।आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ ।

निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको प्रवद्र्धक संस्थाको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सो आयोजना निर्माण गरिरहेको छ ।

कूल १०२ मेगावाट क्षमताको सो आयोजनामा निर्माण व्यवसायीको लापरवाही भएको पाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले निष्कर्ष निकालेको छ ।

सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण ९इपिसी० ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर रहेको पाइएको छ । जसका कारण आयोजनाको निर्माण कहिले सकिने हो भन्नेमा अनिश्चित बनेको छ ।

आयोजनानै अन्योलमा पर्ने अवस्था देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिन पहिले आयोजनास्थलको निरीक्षण गरी निर्माण अवस्थाको बारेमा जानकारी लिएको हो । निर्माण व्यवसायीले काम नगरेपछि आयोजनास्थल हाल सुनसानजस्तै रहेको छ । आयोजनाको बाँधस्थल, सुरुङ र विद्युत्गृहको काम अलपत्र छ ।

“ठेकेदार कम्पनीलाई काममा सुधार गर्न निरन्तर निर्देशन दिँदै आएका छौँ, सुरुङ, विद्युत्गृह, बाँधलगायतका सबै क्षेत्रमा समानान्तर रुपमा काम गर्न कुनै समस्या छैन तर ठेकेदार कम्पनीले नगद प्रवाहको समस्या देखाउँदै काम गरिरहेको छैन”, उनले भने ।

ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार काममा सुधार गर्न निर्देशन दिए पनि कम्पनीले काममा तदारुकता देखाएको छैन । ठेकेदार कम्पनीको मुख्यालयबाट उच्च तहका अधिकारीलाई बोलाएर छलफल गरे पनि कुनै प्रगति भएको छैन । आयोजना अन्योलमा फस्दैमा गएपछि आगामी दिनमा के कसरी निकास खोज्ने भन्नेबारेमा उचित निर्णय लिनुपर्ने आवश्यकता देखिएको छ ।

आयोजनाको प्रवद्र्धक मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरणको दश प्रतिशत संस्थापक शेयर छ । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले नै आयोजना अगाडि बढाएका थिए ।

मध्य भोटेकोसीले गत २७ फेब्रुअरीमा ३० दिनको समय दिएर काममा सुधार गर्न पत्र दिएको थियो । त्यस अवधिमा काममा सुधार गर्न कम्पनीले कुनै चासो नदिएको मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले बताउनुभयो ।

“चीनबाट ठेकेदार कम्पनीका अधिकार प्राप्त अधिकारी पनि छलफलका लागि आए तर ठोस निर्णय हुन सकेको छैन”, प्रमुख कार्यकारी अधिकृत काफ्लेले भन्नुभयो, “निर्माणका लागि आवश्यक पर्ने उपकरण कसरी ल्याउने, नगद कहाँबाट जुटाउनेलगायतका विषयसहित आयोजना निर्माणको लिखित प्रतिबद्धता माग गरेका छौँ तर उसले दिन सकिरहेको छैन ।”

आयोजनामा ढिलाइ भइरहे प्रवद्र्धक कम्पनीले ठेक्का तोड्ने तयारी गरेको छ । सोबारेमा छिट्टै निर्णय हुने बताइएको छ । जुरे पहिरो, भूकम्प तथा त्यसपछिका बाढी, पहिरो, समयमा जग्गा उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले अपेक्षा गरेअनुसार काम गर्न नसक्दा आयोजनाको काममा ढिलाइ भएको हो ।

हालसम्म बाधस्थल खन्ने, मुख्य बाँध निर्माण गर्न नदी फर्काउनेलगायतका काम भएका छन् । कूल सात हजार १२६ मिटर लामो मुख्य सुरुङमध्ये चार हजार ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ । विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी ढलान गर्ने काम भइरहेको छ ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण ९इपिसी० मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको छ । इलेक्ट्रिक मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदाका बखत निर्माण अवधिको ब्याजबाहेक रु १२ अर्ब २८ करोड रहेको थियो । हाल यस आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु १४ अर्ब ८३ करोड ९२ लाख रहेको छ । निर्माणाधीन आयोजनाको शुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइने व्यवस्था मिलाइएको छ । कूल ५० प्रतिशत ऋणका लागि कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भएको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयरको स्वामित्व संस्थापक शेयरधनीमा छ । त्यसमा प्राधिकरणको दश प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको एक प्रतिशत, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावरको समान एक÷एक प्रतिशत शेयर रहेको छ ।

यस्तै ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दशमलव पाँच प्रतिशत, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीको दश प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत शेयर रहेको छ ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः आठ रुपैयाँ ४० पैसा र चार रुपैयाँ ८० पैसामा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक रु दुई अर्ब ९० करोड बराबरको आम्दानी हुनेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies