Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भक्तपुरका भट्टराई खत्रीका युवाहरुलाई खली खुवाइयो

भक्तपुर। सामान्य आगोको राप खेप्न त साह्रै पिडा हुन्छ । आगोको भर्भराउदो भूग्रोमाथि नाच्दै उफ्रन को सक्छ ? तर केहि युवाहरु आगोको भुंग्रोमा नाँचे भन्दा तपाईहरुलाई आश्चर्य लाग्न सक्छ । तर राजधानी नजिक रहेको भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा ८ सिपाडोलस्थित बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रका २३ युवाहरुले यसरी नै आगोको भर्भराउदो भूग्रोमाथि नाचेर सबैलाई आश्चर्य चर्कित बनाएका छन् । यसरी नाचेको दृश्य हेर्न यस क्षेत्रका बासिन्दाहरुले नडराईकन हेरेका थिए ।

एक सय आठ भारी दाउराको भर्भराउदो भूग्रोमाथि एक दर्जन युवाहरुले नाचेर सबैलाई चकित तुल्याएका छन् । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा ८ सिपाडोलस्थित बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रहरुका परम्परादेखि आएको यो कामलाई खली खाने भन्दछन् । गाउँका सबै युवाहरुलाई एकै थलोमा जम्मा गरि महिनौ लगाएर तान्त्रिक बिधिबाट कामेका डाग्रेहरुलाई मात्रै भर्भराउँदो आगोमा नचाएर खली खुवाईने गरिन्छ ।

लडेर, डुबेर, डडेर, विषसेवन वा अकालमा ज्यान गुमाएका आत्माको चिर शान्ति र बाँकी जिवीत रहेका सन्ततीहरुको सुख र समृद्धिका लागि भन्दै खली खुवाईने गरेको स्थानीयहरु बताउँछन् । भर्भराउदो भूग्रोमाथि नाचेर खली खाई भट्टराई खत्रीका कुलायन पुजामा सहभागी बनेका कलिला डाग्रेहरुले आफूहरुलाई पहिले सुरुमा डर लागेपनि मज्जाले आगोमा नाच्न सकेको नयाँ धामी युवराज भट्टराई खत्री बताउँछन् ।

एक महिनादेखि पुजा र ध्यानमा बसेपछि साईत जुराएर खलीको लागि युवाहरुलाई तयार गरिन्छ । खली खुवाउने दिन बेलुका डाँग्रेहरुलाई तयार पारी १ सय ८ भारी दाउरा बालेर बनेको भुंग्रोमा नाच्न लगाइन्छ । नाच्दा सबै भुंग्रोलाई खरानीमा परिणत गर्नुपर्छ । खरानी नबन्दासम्म डाँग्रेहरु र गुरुहरु भुंग्रामा नाचिरहन्छन । जव खरानी हुन्छ अनि विभिन्न नाममा थापिएको देवि देवतालाई बली दिईन्छ । बली पश्चात डाँग्रेहरुलाई बत्ती खुवाईन्छ र खली खुवाउने कार्यक्रम समाप्त हुन्छ । मुलुकका बिरलै स्थानमा गरिने यो प्रचलन प्रति पढे लेखेका नागरिक पनि बिश्वास गर्न बाध्य छन् । आगोको भर्भराउदो भुग्रोमाथि नाच्न सक्ने डाड्ग्रेहरुको चर्तिकलाले सबैलाई बिश्वास गर्न करै लगाएको छ ।

उनीहरुले आगोको राप अर्थात कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रुपमा निभाएपछि वायू आएको मानिन्छ । वायु उर्ताने गुरु धर्मेन्द्र विष्टलेले यो परम्परा विगतदेखि नै चल्दै आएको बताए । उनले कुलभित्रका कोही ब्यक्तिले आत्महत्या वा अकालमा मृत्यु भएको खण्डमा कुलभित्र अशान्ति हुने र यसो गरेको खण्डमा कुलका सबैलाई शान्ति मिल्ने बताए ।

त्यस्तै सोही कुलका पुराना धामी कुमाल भट्टराई खत्रीले नयाँ बायु निकालेपछि गोत्रभित्रका परिवारका सदस्यतमा शान्ति मिल्ने भएकाले यस्तो गर्नुपरेको बताए । गोत्रभित्र धेरैलाई काम्ने, छोप्ने समस्या आएको र जुनसुकै उपचार गरेपनि निको नभएको कारण यो समस्या कुल रिसाएकै कारण भएकाले खली हालेर शान्ति मिल्ने भएकाले समेत खली परम्पराले निरन्तरता पाएको बताए ।
परम्परातको निरन्तरता र भावी पिडिलाई जानकारी दिने माध्यम समेत बनेको भन्दै उनले भने खली परम्पराले कुल गोत्रमा शान्तिको वातावरण बनाउनुका साथै सौहार्दता समेत काय गर्न मदत पुगेको बताए ।

आगोको भुग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण धामीहरुका लागि यो सम्भब रहेको अर्का धामी श्याम भट्टर्राइ खत्रीले बताए ।

२१ औं शताब्दीका मान्छे विज्ञानमा विश्वास गर्छन् । तर, कतिपय चलनले भने विज्ञानलाई नै चुनौती दिइरहेका छन् । जुन कुरा झट्ट सुन्दा र हेर्दा विश्वास गर्न गाह्रो पर्छ तर यथार्थमा समाजमा चलिरहेको छ । यसैमध्येको नेपाली समाजमा रहेको एउटा परम्परा खली खाने हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies