Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी हुन् महिलामा हुने पाँच प्राणघातक रोग

रोगले धनी/गरिब भन्दैन । सानो/ठूलो भन्दैन । महिला/पुरुष भन्दैन । हामी यस्तै मान्यता राख्छौं ।

तर, कतिपय रोग यस्ता हुन्छन् जो पुरुषलाई मात्र वा महिलालाई बढी असर गर्न सक्छ । जस्तो प्रोस्टेट क्यान्सर पुरुषलाई लाग्छ, स्तन क्यान्सर महिलालाई । भलै स्तन क्यान्सर पुरुषलाई पनि लाग्न सक्छ, तर दुलर्भ मात्रामा ।

पाठेघरको क्यान्सर वा प्रजन्न सम्बन्धी कुनैपनि समस्याले महिलालाई मात्र सताउने गर्छ ।

यसरी रोग पनि महिला वा पुरुषमध्ये एकलाई बढी सताउने किसिमका हुन्छन् । अतः यहाँ महिलालाई बढी सताउने रोगबारे चर्चा गरिएको छ । जस्तो कि मुटु रोग, स्तन क्यान्सर, ओस्टियोपोरोसिस, तनाव तथा अटो इम्युन डिजिज ।

१)मुटु रोग

आज मुटु सम्बन्धी रोगकै कारण कयौ महिलाहरुले अकालमा ज्यान गुमाउन पुगेका छन् । कयौ विकलांग हुन पुगेका छन् । मुटु सम्बन्धी रोगकै कारण कयौ महिला सिढी चढ्न, ओर्लन असर्मथ हुने, सास लिन कठिनाई हुने समस्या भोग्दै आएका छन् ।

मुटु सम्बन्धि रोगमा पनि कोलोनरी मुटु रोग सबैभन्दा घातक हो । त्यसबाहेक पनि यस्ता अन्य धेरै रोग छन्, जसले महिलाहरुको शरीरमा नकारात्मक प्रभाव पार्छ ।

२)स्तन क्यान्सर

स्तन क्यान्सर महिलाहरुमा हुने क्यान्सर मध्यको प्रमुख हो । नेपालमा करिब चार प्रतिशत पुरुषमा मात्र स्तन क्यान्सरको समस्या देखिएको छ । तर जनचेतनाको कमी तथा भयका कारण महिलाहरु महिलाहरु स्तन क्यान्सरको जाँचको लागि समयमै अस्पताल जाँदैनन् ।

जसले गर्दा उनीहरुमा स्तन क्यान्सरको जोखिम बढ्ने गर्छ । समयमै उपचार गरेको खण्डमा स्तन क्यान्सको उपचार सम्भव छ । यसको लागि समयमै स्तनको स्क्रिनिङ्ग जरुरी छ ।

३)ओस्टियोपोरोसिस

ओस्टियोपोरोसिस रोगले पनि मानिसहरुलाई बेलाबेलामा तर्साउने गर्छ । महिलाहरुमा चालीस वर्षको उमेर पछि ओस्टियोपोरोसिस रोग देखिन सुरु गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मु्टु रोग पश्चात्त ओस्टियोपोसिस विश्वकै ठूलो स्वास्थ्य समस्या हो । ओेस्टियोपोसिस भएमा हड्डी कमजोर भई भाँचिन सक्छ । यसले हड्डीलाई यति धेरै कमजोर बनाइदिन्छ कि साधारण चोटपटक लागेमा पनि हड्डी भाँचिने सम्भावना उच्च हुन्छ ।

ओस्टियोपोरोसिसले महिला र पुरुष दुवैलाई प्रभावित पार्न सक्छ । तर रजनोवृत्ति भएका महिलालाई ओस्टियोपोरोसिसको सम्भावना अत्याधिक हुने गर्छ ।

४)तनाव

पुरुषको तुलनामा महिलालाई तनावको समस्या अत्याधिक मात्रामा हुन्छ । प्रत्येक वर्ष करिब १२ करोड महिला तनावको शिकार हुन्छन् । हर्मोन सम्बन्धि बदलावका कारण पनि महिलाहरुमा तनाव उत्पन्न हुनसक्छ । त्यस्तै, सामाजिक र मानसिक कारणले पनि मानिसलाई तनाव हुनसक्छ ।

अत्याधिक तनाव भएमा मानिस अस्वस्थ हुन सक्छ । यसले मानिसको वृद्धिविकासमै अवरोध खडा गर्न सक्छ । त्यसैले, तनावलाई कसरी नियन्त्रित गर्ने भन्ने कुरा व्यक्तिमा निर्भर गर्छ ।

५)अटोइम्युन डिजिज

अटोइम्युन डिजिज त्यस्तो विरामी हो, जसले शरीरको इम्युन सिस्टमले शरीरलाई नै आक्रमण गरी शरीरका टिष्युलाई नष्ट पारिदिन्छ । अटोइम्युन डिजिज भएमा यसले लुपस, मल्टिपल स्केलेरोसिस, अमधुमेह लगायत अस्सी भन्दा बढी प्रकारका घातक समस्या निम्त्याउने गर्छ । भनिन्छ, ७५ प्रतिशत भन्दा बढी अटोइम्यून रोग महिलामा पाइने गर्छ ।

यद्यपी, यो रोगबारे अझै पनि धेरै महिला अनविज्ञ छन् । त्यसैले, यसको जोखिमबारे धेरैलाई जानकारी नहुनस सक्छ ।

किनकी यसको लक्षण खासै देखिदैन । यद्यपी, समयमै उपचार गरे यो रोगले निम्त्याउने अन्य रोगबाट सजिलै बच्न सकिन्छ । यदी तपाईंमा पनि यस्तै कुनै रोग देखिएको छ भने तुरुन्तै चिकित्सकसित परामर्श गर्न जरुरी छ । अन्यथा, यसले जटिल समस्या निम्त्याउन सक्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies