Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भारतले सैन्य कारबाही गरे पाकिस्तान चुप नलाग्ने, प्रतिकार गर्ने

पाकिस्तानले भारतबाट आफूविरुद्ध सैन्य कारबाही भए प्रतिकार गर्ने चेतावनी दिएको छ।  गत हप्ता भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा ४६ सुरक्षाकर्मीको मृत्यु भएपछि भारतले पाकिस्तानलाई सो घटना गराएको आरोप लगाउँदै कारबाही गर्ने धम्की दिँदै आएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले टेलिभिजन सम्बोधनमार्फत् भारतलाई कश्मीर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएका छन्। पाकिस्तानी भूमिबाट सञ्चालित लडाकु सङ्गठन जैश-‍‍ए-मोहम्मदले सो घटना आफूले गराएको दाबी गरेको छ। सो घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। सन् १९४७ मा विभाजन भएदेखि नै दुई देशले कश्मीर आफू अधीनस्थ हुनुपर्ने दाबी गर्दै आएका छन्। कश्मीर विवादकै कारण उनीहरूबीच दुइटा युद्ध भइसकेका छन्।  आफ्नो सम्बोधनमा उनले कश्मीर आक्रमणबारे प्रतिक्रिया दिँदै \"भारतले पाकिस्तानलाई विनाप्रमाण दोष लगाउन छोड्नुपर्ने\" भन्दै भारतीय पक्षलाई पाकिस्तान संलग्न भएको प्रमाण आफूसँग भए देखाउन चुनौती दिएका छन्। उनले भने, \"यदि तपाईँ पाकिस्तानमा कुनै किसिमको आक्रमण गर्नेबारे सोच्दै हुनुहुन्छ भने पाकिस्तानले प्रतिकार गर्नेबारे सोच्ने मात्र हैन, पाकिस्तानले प्रतिकार नै गर्नेछ।\" तर उनले वार्ताबाट कश्मीरसँग सम्बन्धित विवादको समाधान गर्न सकिन विश्वास व्यक्त गरे। दिल्लीले भारत प्रशासित कश्मीरमा पृथक्तावादी लडाकुहरूलाई पाकिस्तानले सघाउने गरेको आरोप लगाउने गरेको छ। आफ्नो सरकार कश्मीर घटनाको अनुसन्धानमा सहकार्य गर्न तयार रहेको भन्दै गत वर्ष प्रधानमन्त्री बनेका खानले पाकिस्तानले आफैँ स्थायित्वतिर उन्मुख भएका बेला त्यस्तो आक्रमणबाट के पाउँछ र भनेर प्रश्न गरेका थिए। साउदी युवराज मोहम्मद बिन सलमानको भ्रमणका कारण आफूले पहिला सम्बोधन गर्न नपाएको उनले बताए। कश्मीरमा आत्मघाती आक्रमण गर्ने व्यक्ति स्थानीय युवक भएको बताइएको छ। सम्वाददाताहरूका अनुसार केही वर्षयता धेरै कश्मीरी युवाहरू लडाकु सङ्गठनमा प्रवेश गरेका छन्। सोमवार भएको भिडन्तमा भारतीय सुरक्षाकर्मीले तीन सन्दिग्ध लडाकुलाई मारिदिएका थिए। सो घटनामा चार सैनिक, एक प्रहरी र एक गैरसैनिकको पनि मृत्यु भएको थियो।भारतीय पक्षले भिडन्तमा मारिएका एक लडाकु पुलवामामा बिहीवार भएको आक्रमणका प्रमुख योजनाकार भएको दाबी गरेको छ।

I am saying this clearly, this is a new Pakistan...and it is in our interest not to allow anyone from Pakistan to go outside and carry out attacks, or to allow anyone from the outside to come to Pakistan and carry out attacks.

- PM Imran Khan #PMIKTheStatesman pic.twitter.com/uVoBeBjiJA — Prime Minister\'s Office, Pakistan (@PakPMO) February 19, 2019
कश्मीरको केही भूभाग पाकिस्तान र केही भारतको अधीनमा छ। बिहीवारको घटना सो क्षेत्रमा भारतीय फौजलाई लक्षित सबैभन्दा ठूलो आक्रमण हो। अहिलेसम्म भारतले आर्थिक र कूटनीतिक माध्यमबाट पाकिस्तानलाई आक्रमण गरेको छ। भारतले पाकिस्तानको व्यापारिक हैसियत रद्द गर्दै पाकिस्तानसँगको भन्सार दरमा दुई सय प्रतिशतले वृद्धि गरिदिएको छ। दुवै देशले आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएका छन्।बिहीवारको घटनापछि भारतमा पाकिस्तानविरोधी प्रदर्शनहरू भएका छन्। क्रुद्ध भिडले कश्मीरी विद्यार्थी र व्यापारीहरूलाई निसाना बनाएको भन्दै विवरणहरू प्रकाशित भएका छन्। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies