Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बिबिएल फाइनलः सन्दीप आबद्ध टीम मेलबर्न स्टार्स उपविजेता

नेपाली बलर सन्दीप लामिछाने सहभागी मेल्बर्न स्टार्स, अस्ट्रेलियाको चर्चित व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्याश लिगको उपविजेता बनेको छ। मेल्बर्न सहरका दुई क्लबबीच खेलिएको ुमेल्बर्न डर्बीु फाइनलमा मेल्बर्न स्टार्सलाई मेल्बर्न रेनिगेड्सले १३ रनले पराजित गरेको हो। फाइनलमा सन्दीपले विकेट लिन नसकेपनि उनको कसिलो बलिङले विपक्षी ब्याट्सम्यानहरूलाई केही बाँध्न मद्दत पुगेको थियो। चार ओभर बलिङ गर्ने क्रममा ४ रनको औसतमा उनले १६ रनमात्र दिए। समग्रमा उनले प्रतियोगिताभरि ११ विकेट लिन सफल भएका छन्। टस जितेर पहिलो बलिङ रोजेको मेल्बर्न स्टार्सले प्रतिद्वन्द्वीलाई १ सय ४५ रनमा रोकेको थियो। रेनिगेड्सलाई शुरुवातदेखि नै रोक्ने क्रममा स्टार्सका बलरहरू एडम जाम्पा र ज्याकसन बर्डले २र२ विकेट लिए। रेनिगेड्सलाई उकास्नका निम्ति टम कुपर र डानियल क्रिस्टियनको भूमिका महत्त्वपूर्ण रह्यो। छेटौं विकेटका लागि यो जोडीले ८५ रनको अविजित साझेदारी गरेपछि टोलीले योग्य स्कोर बनायो। सन्दीपको खेल हेर्न नेपाली कप्तान पारस खड्का पनि केही समय अघि अस्ट्रेलिया पुगेका थिए। जवाफी ब्याटिङमा मेल्बर्न स्टार्स सुरुदेखि नै हावी देखियो। तर अन्तिम समयमा एकपछि अर्को खेलाडीहरू आउट भएका कारण टोलीले अनपेक्षित हार बेहोर्नुपर्‍यो। बिग ब्याश लिगमा पहिलो पटक आवद्ध लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन सुरुदेखि नै प्रभावकारी देखिएको थियो। सिड्नी थन्डर्स विरुद्धको पहिलो खेलमा उनले २ विकेट लिए। त्यो प्रभाव कायम राख्दै दोस्रो खेलमा होबार्ट हरिकेन्स विरुद्ध ३ विकेट र तेस्रो खेलमा उनले सिड्नी सिक्सर्स विरुद्ध २ विकेट लिएका थिए। रमाइलो पक्ष के थियो भने उनले यी तीनवटै खेलमा विपक्षी कप्तानको विकेट लिएका थिए। त्यतिबेलासम्म प्रतियोगिताको सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा पहिलो पंक्तिमा उनी नै थिए। रेनिगेड्स विरुद्धको चौथो खेलमा भने सन्दीपले १ विकेटमात्र लिएका थिए। त्यसपछि बाँग्लादेश प्रिमियर लिग बीपीएल र नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका निम्ति सन्दीपले अस्ट्रेलिया छाडेका थिए। बीपीएलमा खासै उल्लेख्य प्रदर्शन नगरेपनि युएई भ्रमणमा नेपाललाई एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय उपाधि दिलाउने टोलीको महत्त्वपूर्ण सदस्य बनेर उनी फेरि बिग ब्याश लिगका बाँकी खेल खेल्न अस्ट्रेलिया फर्केका थिए। सन्दीपले फर्केर पनि आफ्नो राम्रो प्रदर्शन कायम राखे। मुख्यतस् सेमीफाइनल पुग्नका निम्ति सिड्नी सिक्सर्स विरुद्ध जित्नैपर्ने खेलमा उनले ३ विकेट लिए। त्यो पनि ३ रनको औसतमा कसिकसाउ बलिङ गर्दै। सेमीफाइनल र फाइनलमा भने उनले विकेट लिन सकेनन्। सन्दिपको अबको यात्रा कता ? बिग ब्याश लिगको यात्रा सकिएपछि सन्दीप अब पाकिस्तान सुपर लिग खेल्न जाँदैछन्। युएईमा हुने उक्त प्रतियोगितामा उनी लाहोर कलन्दर्सका तर्फबाट खेल्नेछन्। उक्त टोलीमा दक्षिण अफ्रिकाका चर्चित खेलाडी एबी डिभिलियर्स पनि छन्। त्यसपछि उनी भारतमा सुरु हुने इन्डियन प्रिमियर लिग आइपीएल खेल्न जानेछन्। दिल्ली क्यापिटल्स (त्यतिखेर दिल्ली डेरडेभिल नाम भएको) टोलीबाटै उनले गत वर्ष आफ्नो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गरेका थिए। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies