Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उनका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रिकरण गर्न आ–आफ्ना तहबाट भइरहेका प्रयासबारे कुराकानी हुने भएको छ । मध्यपूर्वको सुरक्षार्थ वार्सामा भइरहेको सम्मेलनका अवसरमा पोम्पेओ र काङले भएको कुराकानीमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रिकरण गर्ने सन्दर्भमा प्योङयाङसँगका छलफलबारे एक आपसबाट भएका प्रयास उल्लेख गरेका थिए । अमेरिकी विदेश विभागका अनुसार उनीहरूले अमेरिका–दक्षिण कोरिया र जापानबीच त्रिपक्षीय सहकार्यका लागि प्रतिवद्धता प्रकट गरेका छन् । अमेरिकी समाचार संस्था सीबीएससँगको अन्तवार्तामा विदेशमन्त्री पोम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ उनबीच भियतनामको हनोइमा फेब्रुअरीको अन्त्यमा हुने दोस्रो शिखर सम्मेलनको तयारीबारे छलफलका लागि यसै हप्ताको अन्त्यसम्म अमेरिकाले एसियामा एउटा कार्यदल पठाउने सहमति भएको बताए । विदेशमन्त्री पोम्पेओले भने, –“अब आणविक निशस्त्रिकरणका लागि काम शुरू गर्ने समय भएको छ र आशा छ यो शिखर सम्मेलनले यसलाई सम्पन्न गर्नेछ ।” उत्तर कोरिया मामिला अमेरिकी विशेष प्रतिनिधि स्टेफन बेइगनले गत हप्ता प्योङयाङको तीन दिन लामो भेट उत्तरकोरियाली समकक्षी किम ह्योक चोलसँग गत बर्षको जुनमा सिङ्गापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचभएको पहिलो शिखर सम्मेलनले तय गरेको मार्गचित्र अनुसार नयाँ वार्तालाई अघि बढाउने प्रतिवद्धता व्यक्त भएको थियो । बेइगनले जनवरी ३१मा अमेरिकी पक्षले वार्ताको तयारीका लागि छलफल गर्नेमा जोड दिँदै उत्तर कोरियाको आणविक निशस्त्रिकरण हुनुपूर्व अमेरिकाद्वारा प्योङयाङमाथि लगाएको प्रतिबन्ध फुकुवा नहुने बताएका थिए । दोस्रो शिखर सम्मेलन पहिले बेइगन र किमह्याक चोलबीच तयारीका लागि पुनः भेट्ने सहमति भएको थियो । यसै सहमति अनुसार अमेरिकी टोली एशिया आउने विदेशमन्त्री पोम्पेओको भनाइ आएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies