Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी चार नयाँ यौनरोगहरूबाट स्वास्थ्यकर्मीनै त्रसित, भविष्यमा गम्भीर खतरा बन्न सक्ने

सँधैभरी नयाँ नयाँ रोगहरू उत्पत्ति भइरहेका हुन्छन् र यौनरोगहरू अपवाद होइनन्। यहाँ चार त्यस्ता जीवाणु (ब्याक्टेरिया) बारे कुरा छन् जुन भविष्यमा जनस्वास्थ्यका लागि गम्भीर खतरा बन्न सक्छन्। १. नीसेरिया मेनिन्जाइटाइड्स निसेरिया मेनिन्जाइटाइड्सलाई मेनिन्गोकोकस पनि भनिन्छ। यसले कडा किसिमको मेनिन्जाइटिस बनाइदिन्छ। यसले मस्तिष्क र मेरुदण्ड बचाउने झिल्लीहरूमा आक्रमण गर्छ। यो मूत्रेन्द्रियहरूमा सङ्क्रण गर्ने रोगका रुपमा परिचित हुँदै गइरहेको छ। सन् १९७० मा गरिएको एउटा महत्वपूर्ण अध्ययनमा एउटा भाले चिम्पान्जीले आफ्नो यौनाङ्ग आफ्नै मुखले चलाउँदा कसरी उसको नाक र घाँटीबाट मूत्रमार्गमा सङ्क्रमण भयो भन्ने जानकारी थियो। [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"229690\"] लेखकहरूले भनेका छन्, \'यो प्राणीले बारम्बार स्वयं आफ्नो यौनाङ्ग चलाइरहन्छ।\' घातक निसेरिया मेनिन्जाइटाइड्स सर्ने प्रमुख माध्यम भनेको मुखमैथुन हो पाँचदेखि १० प्रतिशत वयस्कहरूको नाक र घाँटीमा नीसेरिया मेनिन्जाइटाइड्स भएको हुन्छ। अध्ययनहरूका अनुसार संक्रमितहरूले आफ्ना पार्टनरहरूलाई गहिरो चुम्बन या मुखमैथुनमार्फत रोग सार्छन्। अनुसन्धानकर्ताहरू अहिलेसम्म कसरी यो डरलाग्दो यौनजन्य सङ्क्रमण युरोप, क्यानडा र अमेरिकाका समलैंगिक र अन्य पुरुषहरूमा फैलियो भन्नेबारे निश्चित भइसकेका छैनन। तर एकजना हेटेरोसेक्सुअलसहित केही पुरुषहरूसँग गरिएको नीसेरिया मेनिन्जाइटाइडीससम्बन्धी अध्ययनले मुखमैथुनका कारण सङ्क्रमण सरेको देखाएको थियो। सन २०१५ मा विभिन्न अमेरिकी शहरहरूमा फैलिएको मूत्रमार्ग सङ्क्रमणको निसेरिया मेनिन्जाइटाइड्समा नजिकको बंशाणुगत समानता भएको निसेरिया गोनोरोहियासको ब्याक्टेरियासँग डीएनए म्युटेशन गरेर भएको थियो। यसरी बनेको ब्याक्टेरिया यौनसम्पर्कबाट सजिलै सर्छ। नीसेरिया मेनिन्जाइटाइड्सका पाँच प्रकारले विश्वका धेरै सङ्क्रमण गराएका छन्। सौभाग्यबस, दुईवटा खोपले सबै पाँच किसिमका रोगबाट रोकथाम गर्न केही सहयोग पुर्‍याउँछन्। २. माइकोप्लाज्मा जेनिट्यालियम माइकोप्लाज्मा जेनिट्यालिअम नामक जीवाणु महिला प्रजननका लागि खतरनाक हुन्छ माइकोप्लाज्मा जेनिट्यालिअम सबैभन्दा सूक्ष्म ब्याक्टेरियामध्ये हो तर यसको सङ्क्रमणको चिन्ता ठूलो हुँदै गइरहेको छ। [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"229691\"] सन् १९८० मा पत्ता लागेको यो ब्याक्टेरियाले एकदेखि दुई प्रतिशत मानिसहरूलाई सङ्क्रमण गर्छ। यो खासगरी किशोर उमेरमा धेरै देखिने गरेको छ। माइकोप्लाज्मा जेनिट्यालियम सङ्क्रमणमा धेरैजसो कुनै लक्षण देखिन्न। पुरुषमा मूत्रप्रणालीमा निरन्तर असजिलो हुने र महिलामा गोनोरोहीया रोगजस्तै लक्षण देखिन सक्छ। यसले महिलामा सङ्क्रमण गरेर महिलाका प्रजनन प्रणालीलाई असर पार्न सक्छ। बाँझोपन हुने, गर्भ खेर जाने, समयअगावै बच्चा जन्मिने या मृत बच्चा जन्मिने खतरा हुन्छ। कन्डोमको प्रयोगले यो सङ्क्रमणबाट बचाउन सक्छ तर एन्टिबायोटिक एजीथ्रोमाइसीन र डक्सीसाइक्लीनले भने काम गर्दैन जसले गर्दा स्वास्थ्यकर्मीहरू चिन्तित छन्। पब्लिक हेल्थ सियटल एण्ड किङ काउन्टी एचआइभीरएसटीडी कार्यक्रमका निर्देशक म्याथ्यु गोल्डेन भन्छन्, \'जति यो रोग औषधी प्रतिरोधी बन्छ, त्यति नै यो फैलँदै जान्छ।\' परीक्षणहरूले माइकोप्लाज्मा जेनिट्यालियमको सङ्क्रमण फैलिनबाट रोक्न सकिन्छ। तर पिसाब परीक्षण र भजाइनल स्वाबको परीक्षणहरू अमेरिकाका नियममा रहेका कठिनाइहरूका कारण विरलै गरिन्छ। ३. शीगेला फ्लेक्सनरी शीगेला फ्लेक्सनरीमा पेट दुख्ने र दिशामा रगत आउने समस्या हुन्छ शीगेलोसीस अथवा शीगेला डिसेन्ट्री मानिसको दिशासँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कबाट फैलिन्छ। [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"229692\"] यो सङ्क्रमणमा नराम्ररी पेट दुख्छ, रगत र मासी मिसिएको पखाला लाग्छ जसले ब्याक्टेरिया फैलिन मद्दत पुग्छ। साना बालबालिका र न्यून तथा मध्यम आय भएका देशका घुमन्तेहरूमा साधारणतया देखिने भएपनि अनुसन्धानकर्ताहरूले महिला र पुरुष दुबैसँग यौन सम्पर्क राख्ने पुरुषहरूमा यो रोग हुने गरेको गरेको पाएका छन्। एस फ्लेक्सनरी भन्ने ब्याक्टेरियाले मलद्वार(मुखमैथुन गर्दा संक्रमित गर्ने यो यौनरोगका कारण संसारभर पटक पटक महामारी फैलिएको वैज्ञानिकहरू विश्वास गर्छन्। न्यूयोर्कका डिपार्टमेन्ट अफ हेल्थ एन्ड मेन्टल हाइजिनका आयुक्त भन्छन्, \'यौनसम्पर्कका माध्यमबाट सर्ने रोगहरू एन्टिबायोटिक प्रतिरोधी बन्दै गइरहेका छन्।\' यो रोगको उपचारका लागि औषधीभन्दा पनि यसको पीडादायी तर केही समयमा निको हुने गुणको कारण सहनु ठिक हुने बताएका छन्। ४. लीम्फोग्र्यानुरोमा भेनेरम(एलजीभी) कन्डोमको प्रयोगले धेरै यौनरोगबाट बचाउ गर्छ \'वान मेडिकल क्लिनिकका डा। क्रिष्टोफर सिसेल भन्छन्, \'यो यौन सम्पर्कका माध्यमबाट सर्ने असाध्यै नराम्रो सङ्क्रमण हुन सक्छ।\' \"\"एलजीवीले शुरूमा यौनाङ्गमा फोका वा घाउ बनाउन सक्छ र त्यसपछि शरीरको लिम्फ्याटिक प्रणालीलाई असर पर्न सक्छ। मलद्वारमा सङ्क्रमण भएमा यो मलद्वारको रोगजस्तै लाग्न सक्छ, जसले फिस्टुलाजस्ता गम्भीर दीर्घकालीन समस्या उत्पन्न गर्न सक्छ। गएको दशकमा एलजीभी युरोप र उत्तरी अमेरिकामा बढ्दो देखिएको छ र यो समलिंगी वा अन्य पुरुषहरूमा अरू थुप्रै किसिमका रोग उत्पन्न गर्ने रोग भनेर चिनिन थालेको छ। यौन सम्पर्कका बेला कन्डोम लगाउने हो भने सङ्क्रमणको खतरा कम गर्न सक्छ। एलजीबीको उपचारका लागि तीन हप्ता एन्टीबायोटिक सेवन गर्नुपर्छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies