Khabar Dabali Logo
  April 25, Thu

मोदीलाई श्रीमतीको नाम लिएर तिखो हमला

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आन्ध्र प्रदेशको गुन्टुर राज्यका मुख्यमन्त्री चन्द्रबाबु नायडूलाई ‘लोकेशका पिता’ भनेर सम्बोधन गरेका थिए । यसको जवाफमा चन्द्रबाबु नायडूले मोदीलाई श्रीमतीको नाम लिएर तीखो हमला गरेका छन् ।

नायडूले मोदीलाई हमला गर्दै भने, ‘तपाईं आफ्नी श्रीमतीसँग अलग बस्नुहुन्छ । के परिवारको मूल्यप्रति तपाईंको कुनै सम्मान छ ?’ यति भन्दै गर्दा नायडूले आफ्नो परिवारलाई निकै माया गर्ने गरेको जानकारी पनि दिए ।

नायडूले भने, ‘प्रधानमन्त्रीको न त परिवार छ न नै कुनै छोरा । जब तपाईंले मलाई मेरो छोराको नाम लिएर हमला गर्नुभयो तब मैले तपाईंकी श्रीमतीबारे कुरा गरिरहेको छु । के मानिसहरुलाई थाहा छ, नरेन्द्र मोदीकी श्रीमती पनि छिन् । उनको नाम हो जसोदाबेन ।’

नायडूले यो कुरा विजयवाडाको एक जनसभामा सम्बोधित गर्दै भनेका हुन् ।

नायडूले मोदीमाथि देशलाई खाल्डोमा धकेलेको आरोप लगाएका थिए । आन्ध्र प्रदेशका मुख्यमन्त्रीले नोटबन्दीलाई एक पागलपूर्ण निर्णय बताएका थिए । यद्यपी, सुरुमा नायडूले यसको समर्थन गरेका थिए । त्यतिबेला उनी बीजेपीको नेतृत्व भएको गठबन्धन एनडीएको हिस्सा थिए ।

विजयवाडामा नायडूले भने, ‘तपाईंले एक हजारको नोट नष्ट गरिदिनुभयो र दुई हजारको नोट ल्याउनुभयो । के यसले भ्रष्टाचार निर्मुल होला ?’

मोदीको भ्रमण फ्लपः

नायडूले भने, ‘मोदीको आन्ध्र प्रदेशको भ्रमण पूर्ण रुपमा फ्लप भएको छ । बीजेपीले बुझ्नुपर्छ कि मानिसहरु –याली बहिष्कार गरेर आफ्नो रिस व्यक्त गरिरहेका छन् । तेलुगू भाषी जनता यसपटक धोका दिएका कारण बीजेपीलाई पाठ सिकाउनेछन् । प्रधानमन्त्री आफूलाई चिया बेच्ने मानिस भन्छन् तर उनको भाषा हेर्दा कसले उनलाई चिया बेच्ने भन्लान् ?’

नायडूका अनुसार प्रधानमन्त्रीले आफूलाई नीजि हमला गरेपछि आफूले पनि त्यसको जवाफ त्यसरी नै दिएको बताए । आन्ध्र प्रदेशका मुख्यमन्त्रीले भने, ‘म साधारणतया नीजि हमलाबाट बच्छु तर मोदीले मलाई यस्तो गर्न बाध्य बनाए । उनी तीन तलाक बिल ल्याएर सम्बन्धविच्छेद महिलाको मद्दत गर्ने कुरा गर्छन् तर उनकी श्रीमतीबारे कसैले प्रश्न सोधे उनले त्यसको केही जवाफ दिन सक्दैनन् ।’

मोदीले टीडीपीमा चन्द्रबाबु नायडूमाथि छोरा लोकेशलाई बढी महत्व दिएको आरोप लगाएका थिए । यसमा नायडूले भने, ‘मलाई लोकेशका पिता हुनुमा गर्व छ । मैले सधैं परिवारको मूल्यको समर्थन गरेको छु तर मोदीको त कुनै परिवार छैन त्यसकारण उनी यस्तो कुरा बुझ्न सक्दैनन् ।’

माघ २८ गते, २०७५ - ०८:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाइपलाइन र इन्धन भण्डारण परियोजनाका लागि ४१ अर्ब लाग्ने

काठमाडौँ । नेपाल आयल निगमले निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम तथा खाना पकाउने ग्यास (एलपिजी)...   

चार वर्षअघि भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन

काठमाडौँ । ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार...   

२०७२ सालको भूकम्पको सम्झना: सबै सम्पदा पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने

काठमाडौं। भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले क्षति...   

निल्नु न ओकल्नु चिनियाँ जहाजः एक वर्षमा ६० करोड ६१ लाख घाटा

काठमाडौँ । आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई...   

परकम्पनले ठूलो भूकम्पको जोखिम कम

काठमाडौं । चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको...   

बालुवाटार यसरी भयो व्यक्तिको

काठमाडौँ । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान...   

श्रीलंका बम विष्फोट आक्रमणमा एक अर्बपतिका तीन सन्तानको मृत्यु

एजेन्सी । श्रीलंकाको बम आक्रमणमा परेर एक अर्बपतिका तीन सन्तानको मृत्यु भएको छ । एन्डर होल्च पोभ्लसेन...   

वार्षिक व्यापार घाटा करिब ९ खर्ब

काठमाडौं । वैदेशिक व्यापारमा नेपालको सस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक...   
जसले गरे तीन करोड दान

जसले गरे तीन करोड दान

चितवन । मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित...   

कालाेपत्रे गरेकाे एका सातामै घाँस उम्रियाे, अख्तियारद्वारा अनुसन्धान सुरू

काठमाडाैं ।निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top