Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

गुणस्तर सुधार्दै टेलिकम

बागलुङ। धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ । पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय बन्दै गएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । कार्यालयले जिएसएम मोबाइल, सिडिएमए, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ । पछिल्लो अवधिमा सेवा विस्तार र गुणस्तरमा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए । उनका अनुसार धौलागिरिका एक सय २० ठाउँमा मोबाइल र इन्टरनेट सेवाका लागि जिएसएम बिटिएस टावर सञ्चालित छन् । गत दुई वर्षमा मात्र ४४ नयाँ टावर बनेका थिए । “यो वर्ष मात्रै दश नयाँ टावर चले”, इञ्जिनीयर शर्माले भने, “पुराना अस्थायी संरचनामा बनेका टावरको पनि स्तरवृद्धि भइरहेको छ ।” अहिले अस्थायी प्रकृतिले चलेका १५ वटा टावरको स्थायी संरचना बनाउने काम भइरहेको छ । अर्को चरणमा थप १२ वटा टावरको स्तर सुधार गरिनेछ । स्थायी संरचना बन्दा टावर हाल भएका भन्दा अग्लो हुने र त्यसले सेवाको पहुँच बढाउने जनाइएको छ । मुस्ताङको कोरला, म्याग्दीको बरङ्जा, बागलुङको अमरभूमि, छिस्ती र खुङ्गामा नयाँ टावर निर्माणाधीन छन् । थ्रिजी सेवाको लागि बागलुङको बुर्तिबाङ, म्याग्दीको सिङ्गा तातोपानी र पोखरेबगरमा पनि जिएसएम बिटिएस टावर निर्माणको लागि अध्ययन भइरहेको छ । “धौलागिरिभरि मोबाइल सेवा विस्तार हुँदैछ”, इञ्जिनीयर शर्माले भने, “इन्टरनेटको पनि सेवा र गुणस्तर बढ्दै गएको छ ।” बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हाल ८१ ठाउँमा थ्रिजी सेवा छ । आगामी चैतभित्र बढाएर ९१ ठाउँमा थ्रिजी सेवा पु¥याउने लक्ष्य कार्यालयको छ । छिट्टै फोरजी सञ्चालनको तयारी पनि अघि बढ्ने जनाइएको छ । आउँदो दशैँसम्ममा धौलागिरिका मुख्य बजार क्षेत्रमा फोरजी सेवा शुरु हुनेछ । गाउँ÷गाउँमा जिएसएम मोबाइल पुगेपछि इन्टरनेट डाटा खपत पनि उल्लेख्यरूपमा बढेको छ । दुई वर्षअघिसम्म प्रतिदिन जम्मा ६६ जिबी खपत हुने गरेकामा अहिले बढेर दुई हजार ४०० जिबी पुगेको छ । ल्याण्डलाइन टेलिफोन सेवा पनि विस्तार हुँदै गएको कार्यालयका अर्का इञ्जिनीयर अमृत नेपालले बताए । धौलागिरिका १६ ठाउँमा ल्याण्डलाइन सेवा र २५ ठाउँमा सिडिएमए सेवा पुगेको छ । “सेवा विस्तार नै हाम्रो मुख्य लक्ष्य हो”, इञ्जिनीयर नेपालले भने, “सेवाका बारेमा आउने गुनासाको तत्काल सम्बोधन हुन्छ ।” जिएसएम मोबाइल पुगेपछि सिडिएमएका प्रयोगकर्ता भने घट्दै गएको पाइएको छ ।  गुणस्तरीय डाटा र भ्वाइस सेवाका लागि तामाको तार हटाएर फाइबर प्रविधिसमेत राख्न शुरु गरिएको छ । आउँदो चैतभित्र बागलुङ बजारका सबै घरमा फाइबर विस्तार हुने कार्यालयले जनाएको छ । बागलुङपछि म्याग्दीको बेनी र पर्वतको कुश्मा बजारमा फाइबर पु¥याउने लक्ष्य छ । टेलिकमले म्याग्दीको गुर्जा बाहेक धौलागिरिका अन्य ठाउँमा रहेका ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याएको छ । ‘माइक्रोवेभ रेडियो लिङ्क’ प्रविधिले भ्वाइस र डाटाको गुणस्तरमा सुधार आउने जनाइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies