Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बुद्धको मूर्ति चोरेर तीन वर्षदेखि फरार भएका धावा थापालाई पक्राउ

डोल्पा । डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उक्त घटनामा संलग्न थापा फरार भई काठमाडौँमा लुकिछिपी बस्दै आए पनि केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश विष्टले जानकारी दिए । विभिन्न तथ्यका आधारमा थापाको पनि संलग्नता रहेको पुष्टि भएर जिल्ला अदालत डोल्पाले २०७५ साल असार १ गते गरेको फैसलाअनुसार रु एक लाख जरिवाना तीन वर्ष कैदको सजाय सुनाइए पछि उनी फरार रहेका थिए । उनी दुई वर्ष अगाडि डोल्पो बुद्ध गाउँपालिका धोमा पर्ने गाकर गुम्बा र मेखिम गुम्बाबाट हराएको तीन थान मूर्ति र एक थान बुद्धधर्मालम्बीको मन्त्र भएको सयौँ वर्ष पुरानो मूर्तिमा संलग्नता भएको आरोपमा पक्राउ परेका हुन् । धावालाई आइतबारनै जिल्ला अदालतमा पेश गरी जेल चलान गरी अनुसन्धान जारी राख्ने प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न सोनाम ढाक्पा गुरुङ र धावा गुरुङलाई दुई वर्षअघिनै प्रहरीले पक्राउ गरेको थियो । मूर्ति चोरी भएको केही दिनभित्रै पक्राउ परेका सोनाम ढाक्पा र धावाले अदालतको फैसलाअनुसार कैद भुक्तान गरिसकेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । उनीहरुबाट प्रयोग भएको तीन नाल पेस्तोल, २३ राउण्डगोली, तीन थान खोका र चोरी भएको दुई थान मूर्तिसहित बरामद गरिएको थियो । उपल्लो डोल्पालीको आस्थाको धरोहरको रुपमा रहेका विभिन्न बौद्ध गुम्बामा चोरी गरेको आरोपमा एक महीनायता मात्रै छ व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । –

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies