Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

टिमुरको तेल अब विदेशमा पनि

सल्यान। सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ । उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिए । गएको वर्ष ६०० किलो टिमुरको तेल प्रशोधन गरिएकामा यस वर्ष भने तेलको माग बढेपछि झण्डै एक हजार १०० किलोसम्म तेल प्रशोधन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । “गएको वर्षभन्दा यस वर्ष टिमुरको तेलको मूल्य पनि बढेको छ, यस वर्ष टिमुरको तेल प्रतिकिलो रु १७ हजारका दरले ४०० किलो काठमाडौँ पठाइसकेका छौँ”, सञ्चालक न्यौपानेले भने । “उद्योग शुरु गर्दा आम्दानी गर्न सकिँदैन की भन्ने चिन्ता भए पनि विगत तीन वर्षमा राम्रो आम्दानी भएको र अहिले जिल्लाभित्रका टिमुर उत्पादन हुने क्षेत्रबाट टिमुर सङ्कलन गरी प्रशोधन गरिरहेका छौँ, उद्योगलाई धान्न सक्ने टिमुरको उत्पादन जिल्लामै हुने भएकाले पनि सजिलो भएको छ”, उनले भने । उक्त उद्योगमा सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकाबाट टिमुर आउने गरेको छ । उद्योग सञ्चालन गर्न जिल्ला वन कार्यालयले आर्थिक सहयोगका साथै टिमुर ग्रेडिङ गर्ने उपकरण उपलब्ध गराएको, प्रधानमन्त्री कृषि कार्यक्रम परियोजनाले मसला उद्योगका लागि सहयोग गरेको र घरेलु व्यवसाय सञ्चालन गर्न सबैबाट सहयोग पाइएकाले काममा सहज भएको उनले बताए । एक क्विन्टल टिमुरबाट चार किलो तेल उत्पादन हुने न्यौपानेको भनाइ थियो । यहाँ उत्पादन गरिएको टिमुरको तेल काठमाडौँमा व्यापारीसम्म पठाउने गरिएको र व्यापारीले फ्रान्सलगायतका विभिन्न देशमा तेल पठाउने गरेको अर्का उद्योग सञ्चालक तथा सल्यान उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर चलाउनेले बताउ । “प्रशोधित टिमुर र टिमुरको तेल हामीले चौधरी ग्रुपलाई बेच्ने गरेका छौँ, चौधरी ग्रुपले नै तेल विदेश पैठारी गर्ने र आफूले समेत उपयोग गर्ने गरेको छ”, अध्यक्ष चलाउनेले भने । सल्यानका वनगाड कुपिण्डे नगरपालिकाको ९ र १२ छत्रेश्वरी गाउँपालिकाको १, २ र ४ र बागचौर नगरपालिकाको ७, ८ र १२ वडामा व्यावसायिक रुपमा टिमुर उत्पादन भइरहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies