Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चार स्वास्थ्य चौकीलाई सुत्केरी गराउँने औजार र उपकरण प्रदान

बेझाड । पूर्वखोला गाउँपालिका पाल्पाले चार वटा स्वास्थ्य चौकीलाई सुत्केरी गराउँदा आवश्यकपर्ने औजार तथा उपकरण प्रदान गरेको छ । गाउँपालिकाले वडा नं १ सिलुवा, वडा नं २ को जल्पा, वडा नं ५ वीरकोट र वडा नं ६ हेक्लाङको स्वास्थ्य चौकीलाई सक्सन मेसिन, इलेक्ट्रिक अक्सिजन मेसिन, डब्लरलगायतका औजार तथा उपकरण उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य उपसंयोजक मोहन ढकालले जानकारी दिए । उनले बाँकी रहेका वडा नं ३ को रिङनेरह र वडा नं ४ को देवीनगर स्वास्थ्य चौकीलाई पनि छिट्टै नै सुत्केरी गराउन आवश्यक पर्ने औजार र उपकरण उपलब्ध गराउने बताए । प्रतिसेट रु एक लाख २० हजार बढी मूल्यका ती उपकरण गाउँपालिकाले आफ्नै खर्चमा खरीद गरी स्वास्थ्य चौकीलाई प्रदान गरेको ढकालले बताए । गाउँपालिकाले संस्थागत सुत्केरी अभियानलाई थप मद्दत गर्न सुत्केरी हुँदा आवश्यक पर्ने औजार र उपकरण उपलब्ध गराएको बताइएको छ । ‘जिरो होम डेलिभरी’ अभियानलाई शतप्रतिशतमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको छ । गाउँपालिकाले शुरु गरेको संस्थागत सुत्केरी कार्यक्रम अहिले निकै प्रभावकारी बन्दै गएको छ । चालू आर्थिक वर्षको पछिल्लो विवरणअनुसार ९३ जना सुत्केरी भएकामा चार जनामात्रै घरमा सुत्केरी भएको पाइएको छ । गाउँपालिकाभित्र चालू आर्थिक वर्षमा ८९ जनाले स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएको तथ्याङ्क छ । गाउँपालिकाका वडा नं ३ रिङनेरह र वडा नं ४ को देवीनगर स्वास्थ्य चौकीमा शतप्रतिशत संस्थागत सुत्केरी भएको पाइएको छ । पूर्वखोला गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा ल्याउने जिल्लाकै पहिलो गाउँपालिका हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies