/  Mon, March 18, 2019

अब गर्भवतीलाई एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट

सिन्धुली। शिशु मृत्युदर कमी गर्न सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नं वडाले गर्भवती महिलालाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडाध्यक्ष गोविन्दबहादुर राउतको अध्यक्षतामा भएको वडा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

वडामा रहेका गर्भवतीलाई पनि प्रसूति गराउन स्वास्थ्य संस्थामा जान सहजता प्रदान गर्न यस्तो निर्णय गरिएको वडाध्यक्ष राउतले जानकारी दिए ।

चालु आर्थिक वर्षदेखि हालसम्म छ वटा नवजात शिशुको घरैमा सुत्केरी गराउँदा ज्यान गएपछि गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य संस्थामा एम्बुलेन्सबाट लैजाँदा ५० प्रतिशत छुट दिने निर्णय गरिएको उनले बताए।

कतिपयले घरमा नै प्रसूति गराउँदा नवजात शिशुमा समस्या नहुने तर आमामा विभिन्न समस्या भएको भन्दै स्वास्थ्य उपचारका लागि वडामा आर्थिक सहयोग माग्ने र आर्थिक सहयोगका लागि सिफारिस लिन आउने क्रम बढ्न थालेपछि वडाले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

पैंसठ्ठी प्रतिशतभन्दा बढी गर्भवतीले घरमा नै प्रसूति गराउने गरेको वडा अध्यक्ष राउतले बताए । पहिलो पटक वडाले गर्भवतीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको र यो प्रभावकारी भएमा विस्तारै थप गर्दै जान सकिने उहाँको भनाइ छ । घरमा नै प्रसूति गराउने महिलामा आङ खस्नेलगायतका विभिन्न रोग लाग्ने गरेको छ ।

गर्भवती महिलाले घरमा नै बसेर सुत्केरी गराउँदा आमा र बच्चा दुबैको ज्यान जोखिम भएको भन्दै सुरक्षित मातृत्वका लागि यस्तो निर्णय गरिएको र यस निर्णय माघ १ गतेदेखि कार्यान्वयन हुने उनको भनाइ छ ।  वडाले स्वास्थ्य संस्थाले प्रदान गर्ने जन्म प्रमाणपत्रका आधारमा बालबालिकाको जन्म दर्ता गर्ने र जन्म प्रमाणपत्र पेश नगरेमा जन्म दर्ता गराउन रु ५०० लाग्ने पनि वडाले निर्णय गरेको छ ।

पुस १५ गते, २०७५ - १५:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किमको हत्या आरोपी भियतनामी रिहा नहुने पुष्टि

किमको हत्या आरोपी भियतनामी रिहा नहुने पुष्टि

मलेसिया। उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा...   

बोइङ ७३७ उडान अमेरिकी आकाशमा उडान नगर्न ट्रम्पको आदेश

वासिङ्टन। संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान...   

उद्धारमा ढिलाइको कारण आमाको ज्यान बच्यो, शिशुको मृत्यु

हुम्ला। तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार...   

शेयर बजार पाँच अङ्कले बढ्यो

काठमाडौँ। शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से...   
दश तस्विरमा हेर्नुहोस्, पेरिस डाँडामा प्रचण्डले यसरी सम्झिए सहिदलाई

दश तस्विरमा हेर्नुहोस्, पेरिस डाँडामा प्रचण्डले यसरी सम्झिए सहिदलाई

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल,...   
फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम...   

विप्लवले मलाई एक नम्बरमा मार्ने निर्णय गरेछन् – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेत्र बिक्रम चन्द...   
प्रचण्डको नक्कल गरेर प्रचण्ड भैदैन, अरु बिकल्प खोन्नुस् – अध्यक्ष प्रचण्ड

प्रचण्डको नक्कल गरेर प्रचण्ड भैदैन, अरु बिकल्प खोन्नुस् – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विप्लव पार्टी समुहलाई...   
विप्लवलाई इंगित गर्दै नेता योगेश भट्टराईले भने – यस्ता क्रान्तिको आवश्यक छैन

विप्लवलाई इंगित गर्दै नेता योगेश भट्टराईले भने – यस्ता क्रान्तिको आवश्यक छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता योगेश भट्टराईले केहि मान्छेहरुले क्रान्तिको नाममा...   

जनकपुर–जयनगर रेल चलाउने तयारी

धनुषा। वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top