Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

शिक्षाका ती दिन...

काठमाडौँ। साहित्यकार तथा अनुसन्धानकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘शिक्षाका ती दिन’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राणाकालीन, पञ्चायत, बहुलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दाका शिक्षा प्रणालीलाई सूक्ष्मरूपमा विश्लेषण गरिएको छ । साथै ती व्यवस्थामा शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न अहम् नेतृत्व गर्नुहुने शैक्षिक व्यक्तित्वका जीवनका विविध पाटालाई पुस्तकले समेटेको छ । एक सय पाँच शीर्षकको करीब २४० पृष्ठको पुस्तकभित्र लेखकले आफूले अध्ययन तथा अध्यापन गरेका तनहुँ जिल्लाका विद्यालयका इतिहासलाई संस्मरणात्मकरूपमा समावेश गरेका छन् । एकदशकसम्म तनहुँका तत्कालीन मनोहर प्रावि, चन्द्रावती माध्यामिक विद्यालय र कालिका माविमा अध्यापनमा बिताउनुभएका सर्जक पौडेलले आफ्नो पुस्तकभित्र ‘जीवनका लागि शिक्षा कति महत्वपूर्ण छ’ भन्ने कुरालाई स्मरणात्मकरूपमा सूक्ष्मले व्याख्यासमेत गरेका छन् । पूर्वशिक्षामन्त्री एवं वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले आज पुस्तक सार्वजनिक गर्दै विगत र वर्तमानमा शिक्षाको अवस्था र गुणस्तर कस्तो थियो भन्ने कुरालाई पुस्तकले गहनरूपमा व्याख्या गरेको टिप्पणी गरे । उनले भने “पूर्वीय ज्ञानको भण्डारलाई जीवन्त राख्न शिक्षा प्रणालीमा सुधारको खाँचो छ ।” लेखकले यसअघि नेपाल रेडक्रस सोसाइटीमा काम गर्दाका अनुभव समेटिएर लेखिएको पुस्तक ‘रेडक्रसकर्मी’ सार्वजनिक गरेका थिए । पुस्तकमाथि प्राज्ञ नमूना शर्मा, साहित्यकार तीर्थराज वन्त र रमेश पौडेलले पुस्तकले इतिहासदेखि वर्तमानसम्मका शिक्षा अवस्थाका बारेमा पठनीयरूपमा पस्कन सफल भएको बताए । पुस्तक प्रकाशन संस्था हेड्स नेपालका अध्यक्ष ईश्वरचन्द्र बानियाँ, महासचिव रामकृष्ण धरेल, संस्थापक प्रतापराज वन्त तथा केन्द्रीय सदस्य दीव्यराज पौडेलले स्मरणात्मक लेखनमा गहन विषयलाई पुस्तकले समेटेको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies