Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

व्यावसायिक मौरीपालनतर्फ आकर्षण

अमरगढी । परम्परागतरुपमा मौरी पालन गर्दै आएका डडेल्धुरा जिल्लाका किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । यहाँका करीब दुई हजार घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । मौरीपालनबाट आम्दानी बढ्न थालेपछि निजी लगानी बढ्दै गएको छ । आलिताल घरेलुका कर्णबहादुर बोहराले व्यक्तिगत लगानीमा ३२ घार मौरीमा व्यावसायिक मौरीपालन गर्न थालेका छन् । उनले एक लाख ८० हजार युवा लक्षित मौरीपालन र एक लाख व्यक्तिगत लगानी गरी मौरीपलनमा लागेको बताए । सोही ठाउँकै अमरबहादुर बोहराले समेत अनुदान र व्यक्तिगत लगानी गरी २५ घार मौरीपालन गर्न लागेको बताए । पहिलेदेखि नै मुडे घारमा दुई÷तीन घार मौरीपालन गर्दै आएका बोहराले युवा लक्षित अनुदान पाएपछि गाउँमै व्यावसायिक मौरीपालन गरिरहेको बताए । सरकाले दिएको अनुदानको सफल सदुपयोग गर्ने र उत्कृष्ट व्यवसायी बन्ने लक्ष्य रहेको समेत बोहराले बताए । जिल्लाको भित्री मधेश क्षेत्रसँग जोडिएको साविकको आलिताल गाविस मौरीपालनका लागि पकेट क्षेत्र बन्दै गएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जानएको छ । खासगरी नेपाल सरकारले युवा लक्षित मौरीपालन कार्यक्रमको कार्यान्वयन पछि कमै मिहेनतमा मनग्य आम्दानी हुने भएकाले मौरीपालनतिर युवा वर्गमा आकर्षण बढ्दै गएको छ । जिल्लामा झण्डै दुई हजार परिवारले मौरीपालन गर्दै आएका छन् । आलिताल क्षेत्रमा मात्र ५०० किसानले मौरीपालन गर्दै आएको तथ्याङ्क छ । मौरीका लागि प्रयाप्त चरन क्षेत्र भएका कारणले आलिताल गाउँपालिकामा मौरीपालन फस्टाउँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए । हरेक वर्ष युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि जिल्लाका अन्य गाउँमा पनि मौरी पालनतर्फ आकर्षण बढ्दै गएको छ । दलित महिला पनि मौरीपालनतिर सुदूरपश्चिमको केन्द्रविन्दु रहेको डडेल्धुरा जिल्लामा कूल जनसङ्ख्याको १४ प्रतिशत विभिन्न दलित समुदायको वसोवास रहेको छ । दैनिक ज्याला र मजदूरी गर्दै दिनचर्या बिताउँदै आएका दलित महिलामा नै मौरीपालनतिर आर्कषण बढ्दै गाएको छ । आलिताल गाउँपालिका जालटुडाकी पुनादेवी कामी अहिले व्यावसायिक मौरीपालनमा लागेकी छन् । उनको परिवार वर्षौदेखि आफूसँग भएको सीपमा गुजार गर्दै आएको थियो र त्यो पेशाबाट दैनिकी चल्न नसकेपछि आफूले मौरीपालन व्यवसाय रोजेको उनले बताइन् । व्यावसायिक मौरीपालन अँगालेकी उनले अहिले २० घारमा सेरेना जातको मौरी रहेका छन् । एक वर्षमा एक घारबाट पाँचदेखि सात केजीसम्म मह उत्पादन हुने गरेको उनको भनाइ छ । २० घारमा एक क्विन्टल मह उत्पादन गर्ने लक्ष्य लिएको उनले बताइन् । जिल्लामा वार्षिक ७२ टन मह उत्पादन हुँदै गरेको साविककोे जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याङ्क रहेको छ । डडेल्धुराबाट एक वर्षमा तीन करोड ६० लाखको मह बिक्री हुने गरेको छ । महसँगै वार्षिक रु ६७ लाख ९० हजारसम्मको मौरीका गोला समेतको घार बिक्री भइरहेको जिल्ला कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ अधिकृत दिलबहादुर विष्टले जानकारी दिए । डडेल्धुरा जिल्लामा आधुनिक १० हजार घार र पाँच हजार मुडे घारमा मौरीपालन भइरहेको साविको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याङ्क छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies