Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

गोरखाका चार गाउँपालिका जडीबुटीको पकेट क्षेत्र घोषणा

गोरखा। गोरखाका चार गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएकोे छ ।
गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको पकेट क्षेत्र घोषणा गरेको हो ।

जिल्लाको उच्च हिमाली भेकमा जडीबुटी खेतीको राम्रो सम्भावना रहेकाले तिनको विस्तार र प्रशोधन गर्ने उद्देश्यले पकेट क्षेत्र छनोट गरिएको उक्त कार्यालयका प्रमुख इमनाथ पौड्यालले जानकारी दिए । ‘‘छनोट भएका गाउँपालिकामा जडीबुटीको व्यावसायिक खेतीको राम्रो सम्भावना देखिएको छ,’’ उनले बताए, “पकेट क्षेत्र घोषणा भएका ठाउँमा कार्यालयले विशेष कार्यक्रम गर्ने तयारी गरिरहेकोे छ ।”

कार्यालयले अजिरकोट र धार्चे गाउँपालिको सबै क्षेत्र र बारपाक सुलीकोट र आरुघाट गाउँपालिकाका वडा नं १ देखि ४ सम्मका वडालाई पकेट क्षेत्रमा समेटेको छ । ‘‘जडीबुटी खेतीबाट कत्तिको आम्दानी हुन्छ, भन्ने कुराको जानकारी त्यस क्षेत्रका किसानलाई दिनु आवश्यक छ, उनले भने, “अनि मात्र व्यावसायिक खेतीको विकास शुरु हुन्छ ।” त्यस क्षेत्रमा उत्पादन हुनसक्ने थप जडीबुटीे पहिचान गरी तिनको प्रबद्र्धनका लागि समेत पकेट क्षेत्र घोषणा गरेपछि सजिलो हुने प्रमुख पौडेलको भनाइ थियो ।

उनले ती स्थानमा चिराइतो, सतुस, कुड्की, बनलसुन टीमुर, काउलो, दालचिनी, रिठ्ठा, सुनगाभालगात जडिबुटीहरु प्रसस्तै उत्पादन हुने भएकाले तिनको संरक्षण, सङ्कलन, प्रशोधन र बिक्री गर्न सके जिल्लाकै आर्थिक सुधारमा जडीबुटीले ठूलो योगदान पु¥याउने बताए । जिल्लाको उच्च हिमाली भेकमा पाँचऔले, यार्सागुम्बा जस्ता बहुमूल्य र दुर्लभ जडीबुटी समेत पाइन्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies