काठमाडाैं । मानव तस्करीको गम्भीर आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अन्ततः बर्खास्तीमा पर्ने निश्चित भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शेर्पालाई बर्खास्त गर्ने सहमति भइसकेको छ ।
आफ्नै चालक सोलुखुम्बुका वाङछु शेर्पाले लक्कीमाथि मानव तस्करी आरोप लगाएपछि विवादमा तानिएपछि उनलाई परराष्ट्र मन्त्रालयले केही दिनअघि स्पष्टीकरणका लागि काठमाण्डु बोलाएको थियो ।
शेर्पामाथि लागेको अभियोगबारे छानबिन गर्न मन्त्रालयले छानबिन समिति बनाएको छ । समितिलाई बयान दिनुअघि शेर्पासँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकरदास बैरागीले सोधपुछ गरेका छन् । स्रोतका अनुसार लक्कीले दिएको जवाफ मन्त्री र सचिवलाई चित्त बुझेको छैन् ।
पार्टीकै सिफारिसमा राजदूत भएकी शेर्पाले कूटनीतिक मर्यादाविपरीत मुलुकको अन्तर्राष्ट्रिय छविमै आँच आउने गतिविधि गरेको भन्दै प्रधानमन्त्री ओली र प्रचण्डले प्रक्रिया पुर्याएर हटाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई निर्देशन दिइसकेको बुझिएको छ । बालुवाटार उच्च श्रोतका अनुसार अबको एक/दुई दिनभित्रै शेर्पालाई बर्खास्त गर्ने तयारी भएको छ ।
लक्कीले चालकका रुपमा आफूसँगै अष्ट्रेलिया लगेकी वाङछु शेर्पाले दुईपटक गरी ३० लाख रुपैयाँ दिएको र उता गएपछि पनि चार वर्षसम्म महिनाको हजार डलर बुझाउने लिखित सहमति गरेको दाबी गरेका छन् । सहमतिअनुसार रकम बुझाउँदै आएको भए पनि वाङछुकी श्रीमती काठमाडाैंमा मानव तस्करी आरोपमा पक्राउ परेपछि उनले घटना बाहिर ल्याएका हुन् ।
र, यो पनि
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: